पशुजन्य पदार्थको उत्पादन बृद्धि गर्न आधुनिक घासँको उत्पादनमा ध्यान दिनुपर्ने हुन्छ । किनकी पछिल्लो समय तिव्र रुपमा वढिरहेको जनसंख्यासंगै उनीहरुले उपभोग गर्ने मासुजन्य पदार्थकालागि पनि पशुजन्य वस्तुको माग पनि उच्च हुदै गएको छ ।

घासँको मागअनुसार उत्पादन हुनै नसक्ने अवस्था छ । आधुनिक युगमा किसानहरुले व्यावसायिक पशुपालन गर्ने जमर्कों गरिरहेका वेला पशुपालन व्यावसायबाट फाईदा लिने हो भने पशुपालक कृषकले आधुनिक तथा उन्नत घाँस खेतीगर्न आवश्यक रहेको छ । यसकालागि कृषकहरुलाई उन्नत बीउ, औजार खेती प्रविधि लगाउतका विभिन्नकुराको अति आवश्यक हुन्छ ।

कृषकले घाँस सम्बन्धी पुस्तक, फर्म तथा जानकार व्यक्तिहरुसँग सल्लाह लिएर घाँस खेतीगर्ने तौर तरिकालाई बुझि व्यावसायिक घाँस खेती गर्नाले वजारमा पशुजन्य वस्तुवाट उत्पादित मागलाई पुरा गर्न सजिलैसँग सकिन्छ ।

घास खेती गर्दा ध्यान दिनुपर्ने कुराहरु
१ प्रायजसो वारीका कान्लाहरुमा खेती गर्ने चलन छैन तर जान्यो भने खेती गर्न नमिल्ने वारीका कान्लाहरुबाट पनि आम्दानी लिन सकिन्छ । स्थानीय डालीघाँसका रुख बिरुवाहरुबाट बाह्रै महिना किसानलाई चाहिने जति घाँस आउदैन । ठीकसँग बेलाबेलामा काटछाँट नगरेमा बालीनालीमा सेप लाग्छ । स्थानीय डालेघाँसको रुखहरु अग्लो राख्ने चलन भएको हुँदा घाँस काट्न रुख चढ्ने मान्छे रुखबाट खसेर अंगभंग हुने वा मर्न पनि सक्छ ।

२ .आफुलाई चाहिनेजति डालेघाँसतथा भूईघाँसका बोटबिरुवाहर आफ्नै घर छेउमा नर्सरी बनाएर उत्पादन गर्न सकिन्छ । खेती नगरिने कान्लाबाट फाइदा लिन पोषिलो डालेघाँस र भुईघाँस लगाउनु पर्दछ । कान्लाको डिलमा भूईघाँस लगाउनाले वस्तुहरुलाई घाँस पनि हुन्छ र खेती गरिने पाखो जग्गाबाट बर्षायाममा माटो बग्नबाट पनि रोकिन्छ । घाँस खेती गर्दा मिस्रित डालेघाँस लगाँउदा बढि उपयुक्त हुन्छ । वातावरणमा कार्वनको मात्रा घटाउन सहयोग पुग्दछ । जमिनको उर्वराशक्ति वृद्धि गरिरहन्छ ।
कान्लामा लगाएर फाईदा लिन सकिने पोसिलो भूईघाँसहरु ः
तराई र मध्य पहाडको लागिः एन. वी २१ नेपियर , वन्सो, स्टाइलो, मोलासेस आदि ।
उच्च पहाडको लागिः सेटारिया, क्लोभर (सेतो, रातो, हाइफा), लेस्पेडीजा र राईघाँस आदि ।

३ .घाँस रोपेको डिल मुनि कान्लामा दुईदुई हातको फरकमा जमिनमा जरा तलसम्म जाने, कोषा फल्ने, पोषिलो घाँसपात, स्याउला र बर्षभरी बारम्बार काट्न पाईने रुखहर धेरै अगिलन दिनु हुदैन ।
कान्लामा लगाएर फाइदा लिन सकिने पोषिलो डालेघाँसहरु
बेसीमा किराले नखाने जातको इपिल, क्यालियान्द्रा, गजुमा, भटमासे, रहरी, किम्बु , टाँकी बडहर इत्यादी ।
ठण्डा उच्च पहाडी भेगहरुमाः ठण्डा मन पराउने, कीराले नखाने जातको इपिल, दुधिलो गोगन इत्यादी । ं.

४.कान्ला निकै अग्लो छ भने बीच भागमा जात अनुसार दुई हात वा सो भन्दा बढी फरकमा अरु स्थानीय डालेघाँसहरु लगाउन सकिन्छ । जेठ असारमा पानी परिरहेको बेलामा वा बदली दिन पारी बेर्ना सार्नुपर्दछ । अरु हरियो घाँस नपाइने बेलामा घाँस काट्न पाइने र आफ्नो ठाँउमा हुने जातको बिरुवा छान्नु पर्छ । अन्दाजी एक मान्छे भन्दा अग्लो ( करिब २ मिटर ) कान्लामा डालेघाँस्को दुईवटा लाइन (लाम) बनाउन सकिन्छ । यसरी बिरुवा लगाउँदा पहिलो लाइनमा यानै डिलमुनी कोष फल्ने, मलिलो, ओग (सेप) नलाग्ने र जरा गह्रामा नफैलने प्रजाती प्रजाती लगाउनु पर्दछ भने दोस्रो लाइनमा कोषा नफाल्ने र पात फराकिलो हुने जातका डालेघाँस प्रजाती लगाउन सकिन्छ ।

पहिलो लाइनमा लगाउन उपयुक्त प्रजातीहरु
तराई र मध्य पहाडको लागिः इपिल, इपिल, भटमासे, रहरी र टाँकी आदि ।
उच्च पहाडको लागिः किराले नखाने इपिलका विभिन्न प्रजाती र अन्य कोशा फल्ने प्रजातीहरु

दोस्रो लाइनमा लगाउन उपयुक्त प्रजातीहरु
तराई र मध्य पहाडको लागिः काभ्रो, राईखनायो, कुटमिरो , गेडुलो, कोराइलो , ढैँचा , किम्बु आदि ।
उच्च पहाडको लागि उपयुक्त प्रजातीहरुः चुलेत्रो , राई खनायो , भाटेपिपल, निमारो आदि ।

५ .यस्तो तीन तहको रोपाईले कान्लाहरु पनि काममा आउने भएकोले कोषे डालेघाँस, अरु जातको डालेघाँस र भूईघाँस पनि पाईने भयो । केहि दाउरा पनि आयो र माटो बग्नबाट रोकथाम पनि हुने भयो ।
थाहा पाउनु पर्ने कुरा के छ भने भूईघाँस कम्तिमा ६ महिना र डालेघाँस एकदुई पुगेपछि मात्र काट्न योग्य हुन्छ । डालेघाँस बिरुवाको केही जातलाई अरु बढी समय पनि लाग्न सक्छ । उच्च पहाडी इलाकामा रुखहरु तराईमा भन्दा ढिलो बढ्छन् ।

६.इपिल इपिल रोपेको छ, भने वर्षभरी एकनास रुपलेृ घाँस पाउन विरुवालाई हाम्रो छातीको उचाई (३.५फुट) मा काट्नु पर्दछ । घाँस काट्ने बेलामा मोटामोटी एक चौथाई जति पात विरुवामै र रहन दिएमा घाँस छिटो पलाएर आउँछ । घाँस काट्ने विरुवालाई फुल्न दिन हुदैँन स्थानीय जातका डालेघाँसका विरुवाहरु निकै हााचो गरी फेदमै कटेमा विरुवा झागिंएर आउँछ र बालीमा पनि सेप लाग्दैन । एन .वी २१ र नेपियर जातको घाँस ठााउ हेरी प्रत्येक महिना काट्न सकिने हुन्छ । स्टाइलो, मोलासेस छ भने बीउ लाग्न दिनु हुदैन ।

७. यसरी वारीका कान्लाहरमा घाँस दिने विरुवाहरु लगाउँदा ४, ५ बर्षमा बढी पोषिलो घाँस पाउँछौ । वस्तुहरु मोटाघाटा हुन्छन् , साथै मासु, दुध र मल बढी पाउँछौ माटोको जगेर्ना हुन्छ , हाम्रो बालीको उब्जनी पनि बढी हुन्छ । हाम्रो गाँउघरको वातावरण सप्रिन्छ र हामी सबैको स्वास्थ्य पनि राम्रो हुन्छ । तपाई घाास खोज्न घर छोडेर टाढा वनमा जानुपर्ने हुँदैन । हाम्रो घर र गोठ वरीपरी बाँस, फलफुल र अन्य डालेघाँसका रुखहरु लगाएर अझ बढी उत्पादन लिन सकिन्छ ।