नेपाल आइडल सिजन २ का विजेता रवि ओडलाई जापानमा रहेका सुदुर पश्चिमेलीहरुको संगठन सुदुर पश्चिमेली समाज फुकुओका जापानले भव्य स्वागत तथा सम्मान गरेको छ । नेपाल आइडलको वर्ल्ड टुर अन्तर्गत पहिलो अन्तर्राष्ट्रिय कन्सर्टमा सहभागी हुन जापान पुगेका रविलाई सामाजको तर्फवाट सम्मान पत्र, मायाको चिनो गितार र नगद ३५००० जापानिज ऐन सहित सम्मान गरेको छ । ओडलाई स्वागत तथा सम्मान गर्ने अवसर पाउँदा आफुहरु निकै खुशी भएको सुदूरपश्चिमेली समाज फुकुओका जापानका अध्यक्ष मोहन सिंह मडैले बताए ।

सुदुरपश्मिमा जन्मर देशको लागि ठूलो योगदान दिएका व्यक्तिहरुलाई सम्झदै अध्यक्ष मडैले सुदुरपश्चिममा जन्मिएका दक्षिण एसियाकै पहिलो महिला मन्त्री द्वारिका देवी ठकुरानी तथा दशरथ चन्द्र, भीमसेन थापा, जयपृथ्वी बहादुर सिंह जस्ता व्यक्तित्वहरुको नाम स्मरण गर्दै रविको कला स्वर क्षमताले नेपाली सांगीतिक क्षेत्र निकै फराकिलो बनाउने आशा व्यक्त गरे ।

सुदूरपश्चिमबाट राम्रो सम्भावना बोकेर नेपाली सांगीतिक आकासमा उदाएका रविले आगामी दिनमा अझै सफलता हासिल गर्नेमा आयोजक सुदूरपश्चिमेली समाज फुकुओकाले विश्वास व्यक्त गरेको छ ।