वसन्त थापा र लक्ष्मी मल्लको स्वरमा सजिएको गित “लोभी आँखा” सार्बजनिक भएको छ । कृष्ण केसीको लयमा तयार भएको उक्त गितमा वसन्त थापाले संगीत भरेका छन ।

चर्चित नायक पुष्प खड्का र शिल्पा पोखरेलको अभिनय रहेको यो गीत उत्कृष्ट बनेको छ । दर्शकहरुको मन कत्तिको जित्छ त्यो भने हेर्न बाकी नै छ । यो गीतमा शिव बिकले निर्देशन रहेको छ । भने अनिल केसिले निर्माण गरेका हुन । भिडियो तल हेर्नुहोस ।

 

 

* रेटको हल्ला वास्तविक हुँदैन- शिल्पा

दिन प्रतिदिन नेपाली कलाकारको पारिश्रमिक चुलिँदो छ । अभिनेता अनमोल केसीले ५० लाख र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले १० लाखसम्म लिएको चर्चा पछिल्लो समय चलचित्र क्षेत्रमा छ । यति धेरै पारिश्रमिक लिएको प्रमाण भने कही कतै भेटिन्न । न त यी कलाकारले राज्यलाई आयस्रोत अनुसार कर तिरेको रेकर्ड नै पाउन सकिन्छ ।

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहकोले एक चलचित्रमा १० लाख पारिश्रमिक लिएको चर्चा अझै सेलाएको छैन । पछिल्लो समय उदाएकी शाहको पारिश्रमिक १० लाख पुग्दा चलचित्र क्षेत्रमा राम्रो जमेकी अभिनेत्री शिल्पा पोखरेलेको रेट कति त ?

‘मेरो पारिश्रमिक यति । म यति लिन्छु । यो चलचित्रमा मैले यति लिएँ । भनेर भन्दै हिँड्न मलाई मन पनि पर्दैन’, प्रश्न राख्न नपाउँदै अभिनेत्री शिल्पाले उत्तर फर्काइन् ‘एकदम राम्रो मनपर्दो स्क्रिप्ट आयो भने लिइरहेको भन्दा तल झर्नुपर्ने हुन्छ ।’

अहिले बजारमा चलेको पारिश्रमिकको हल्ला अनावश्यक भएको शिल्पाले बताइन् । भनिन्, ‘रेटको हल्ला वास्तविक हुँदैन ।’ केही पहिले व्यावसायिक सफल चलचित्र ‘मङ्गलम्’ दिएकी शिल्पा अभिनित एक चलचित्र ‘वीरङ्गना’ २९ असारबाट प्रदर्शनमा आउँदैछ ।

अभिनेता पृथ्वीराज प्रसाईंका साथ ‘वीरङ्गना’मा आफ्नो रोमान्स रहेको बताएकी शिल्पाले चलचित्रका दुई हिरोमध्येका एक पृथ्वीराज भएको बताइन् । पृथ्वीसँग यो शिल्पाको तेस्रो चलचित्र हो । छविराज ओझाको लगानीमा बनेको ‘लज्जा’बाट चलचित्र अभिनयमा डेव्यु गरेकी शिल्पाले रातोपाटीसँगको करिब आधाघन्टाको कुराकानीमा निर्माता छविराज ओझासँगको सम्बन्धका विषयमा समेत बोलेकी थिइन् ।

मिडियाले आफ्नो चर्चा गर्दा सधैँ छविसँग जोडेका कारण आफ्नो नाम छविसँग जोडिएर आउने गरेको सो क्रममा उनले बताइन् । भनिन् ‘जसले जे विषयमा मसँग कुराकानी गर्दा पनि छविजीको नाम जोड्ने गर्दछन् । त्यसैले मेरो नाम छविसँग जोडिएर आउने गरेको हो ।’

छविसँग विवाहको सम्भावना छ कि छैन ?
‘यो भविष्यको कुरो हो । हुन पनि सक्छ नहुन पनि सक्छ’, शिल्पाको जवाफ रहेको थियो ।
अभिनेत्री रेखा बाहिरिने बित्तिकै छवि क्याम्पमा शिल्पा भित्रिएकी थिइन् । शिल्पा र छविबीचको सम्बन्धको चर्चा बेलाबेलामा गसिपको विषय पनि बन्दै आएको छ ।

‘लज्जा’पछि छविकै क्याम्पमा ‘हबलदार सुन्तली’, ‘किस्मत–२’ लगायत चलचित्र अभिनय गरेकी शिल्पाले केही पहिले प्रदर्शित चलचित्र ‘मङ्गलम्’ छविसँग बिलेर बनाएक थिइन् ।

शिल्पाले छविसँग विवाहको निर्णय गरेको केही मिडियाले यसआगडि पनि समाचार बनाएका थिए । ‘एक वर्षभित्रै हाम्रो विवाह हुन्छ । बुबाआमालाई बल्लबल्ल मनाएँ’’ उनले अन्तरवार्ता नै दिएकी थिइन् । तर अहिले विवाहको कुरो भविष्यले देखाउने अहिले यसै भन्न नसकिने उनले बताइन् ।

 

* महँगो पारिश्रमिक बुझ्ने अभिनेताको सूचीमा : पुष्प खड्का

नेपाली सिने जगत यतिबेला हलमा राम्रो फिल्म पनि नचलेर हरेक साता निर्माताहरु टाँट पल्टिरहेको अवस्थामा छ । ठूला स्टारका फिल्मले सजिलै लगानी सुरक्षित हुने विश्वासमा महँगो पारिश्रमिक तिरेर लिइएका कलाकारहरुको फिल्म समेत चलेका छैनन् । चलेका स्टारहरु पनि कन्टेन्टभन्दा पनि पैसामुखी भइरहेका छन् । डिमाण्ड गरेजति पारिश्रमिक पाए भने सकभर उनीहरु फिल्म उम्काउन चाहँदैनन् । यसले नेपाली फिल्म र कलाकारप्रति दर्शकको विश्वास विस्तारै विस्तापित हुँदै गएको छ ।

अहिले एउटा फिल्म बनाउन चलेको कलाकार लिए पारिश्रमिकमा मात्रै ७० देखि ८० लाखसम्म छुट्याउन पर्ने अवस्था छ । चलचित्र हलसम्म पुग्दा करिब २ करोड वा सोभन्दा माथिको बजेट पुग्न जान्छ । २ करोडमा बनेको फिल्मले हलबाट करिब ९ करोडमाथि कमाउनु पर्ने देखिन्छ । तर हातको औंलामा गनिने केही सीमित चलेका स्टारमा पनि आफ्नै बलबुतोले दर्शकको खल्तीबाट ९ करोड झार्न सक्ने सामथ्र्य भने छैन ।

तर, निर्माताहरु उनीहरुमाथि नै आँखा चिम्लिएर लगानी गर्न तयार छन् । २० देखि ५० लाखसम्म पारिश्रमिक माग्ने कलाकारले आफ्नै पारिश्रमिक पनि उठाउन सक्छन् वा सक्दैनन् भन्ने खोज्न किन आवश्यक ठान्दैनन् निमार्ताहरु र सोकारहरु ? यस सिने जगतमा जस्तो सजिलो गरि नाम र दाम कमाउने क्षेत्र अरु छैन । यसकारण पनि चाँडो प्रतिफल खोज्ने लोभमा नेपाली फिल्ममा लगानी गर्न ओहिरिने नयाँ फिल्ममेकरको बढ्दो चाप छ ।

विदेशी फिल्मले नेपालमा आफ्नो बजार बलियो बनाउँदै लागेको छ । नेपाली फिल्मले भने घरेलु बजारमा नै आफूलाई प्रभावशाली देखाउन सकिरहेको अवस्था भने छैन । यसले नेपाली फिल्मको भविष्य भयाबह देखिन्छ ।

करीब २ वर्ष अगाडि अभिनेता अनमोल केसीले फिल्म ’कृ’ मा २२ लाख पारिश्रमिक लिएपछि सिनेवृतमा ठूलै तरंग ल्याएको थियो । किनकि, यसअघि कुनै अभिनेताले यो पारिश्रमिक हात पार्न सकेका थिएनन् । यसको केही महिनामा अभिनेता प्रदीप खड्काले पनि फिल्म ’लिलिबिली’ मा २२ लाख पारिश्रमिक बुझेको निकै चर्चा परिचर्चा समेत भयो । यसपछि यी दुई अभिनेतामा पारिश्रमिकको मामलामा को नम्बर वान ? भन्ने लडाइँ यतिबेला देखिएको छ ।

चलचित्र ’मंगलम’ बाट आम दर्शकमाझ परिचित एक अनुहार हो पुष्प खड्का । उनले मंगलम भन्दा अघि दर्पण छाँयामा काम गरेता पनि त्यसले उनलाई खासै दर्शक माझ चिनाएका भने थिएनन् । उनले पनि महँगो पारिश्रमिक बुझ्ने अभिनेताको सूचीमा आफूलाई इन्ट्री गराउने छनक देखाएका छन् । एक फिल्ममा ३० लाख पारिश्रमिक मागेको खबर अहिले चर्चामा छ । यो कुरा उनी आफैंले स्वीकार गरेको समेत बताइएको छ ।

दार्जि्लिङका एक निर्देशकले अफर गरेको फिल्ममा उनलाई आफ्नो भूमिका मनपरेको छ । उनी निर्माण टिमले ३० लाख दिए काम गर्न राजी छन् । निर्माताले भने केही घटाउन आग्रह गरिरहेका छन् । हाल कोहलपुरमा फिल्म ’मारुनी’ को छायांकनमा उनी व्यस्त छन् । यसरी सिने जगत राम्रो चलचित्रले भन्दा पनि महंगा कलाकार निकै तातिएको छ । लोकसत्ता ।

भिडियो हेर्नुहोस ।