गायक प्रताप दास र गायिका भावना आचार्यको स्वरमा समावेश ‘मुलको पानी’ बोलको गीत दर्शकबाट राम्रै प्रतिक्रिया पायो । अहिले सम्म यो गित १ करोड भन्दा बढी पटक हेरिएको छ । दीपक शर्माको शब्द तथा संगीतमा तयार भएको यो लोकशैलीको गीतले दर्शकको मन पनि जितिरहेको छ । यो भिडियोमा मोडल पल शाहलाई देख्न सकिन्छ ।

पल शाहलाई मोडल निशा पुरीले साथ दिएकी छिन् । भिडियोमा देवेन्द्र पाण्डेको निर्देशन छ भने कोरियोग्राफी पनि उनकै छ । नेपाली फिल्ममा पनि अभिनय गरिरहेका पलले आधुनिक र लोकलयका गीतको म्यूजिक भिडियोमा पनि काम गरिरहेका छन् । प्रताप र भावनाको स्वरले दर्शकलाई बाँधेको छ ।

 

 

भिडियो हेर्नुहोस !