माछापालन
पोखरी, ताल, तलैया, घोल, केज तथा धानखेतमा केही व्यवस्थापन प्रविधिहरू अपनाइ माछा पालन गर्न सकिन्छ । यस सम्बन्धी आवश्यक प्राविधिक जानकारी जिल्ला कृषि विकास कार्यालयहरू, मत्स्य विकास केन्द्रहरू, राष्ट्रिय प्राकृतिक तथा कृत्रिम जलासय मत्स्य बिकास कायक्रम, केन्द्रीय मत्स्य प्रयोगशाला र मत्स्य विकास निर्देशनालयबाट प्राप्त गर्न सकिन्छ । हालसम्मको अनुसन्धान तथा अध्ययन कार्यबाट नेपालमा १८५ जातका माछा पाइएको थाहा भएको छ तापनि हाल कृषकरब्यवसायीहरूले माछापालनमा प्रयोग गरिएका सात जातका विकासे माछाहरू मध्ये ३ स्वेदशी तथा ४ विदेशी जातका माछाहरू निम्नानुसार छन् ।
   क स्वदेशी माछाहरूः रहु, नैनी तथा भाकुर
   ख  विदेशी कार्प जातका माछाहरूः
  १) सिल्भर कार्प, विगहेड कार्प, ग्रास कार्प तथा कमन कार्प 
   २) अन्य विदेशी जातका माछाहरूः


   पुन्टियस, टिलापिया, पंगासीयस र रेन्बोट्राउट ।
  ग  सौन्र्दय माछा ९रीन माछा०का जातहरू र कोई कार्प विकासे जातका माछाका विशेषताहरूस्
१) न्यानो हावापानीमा छोटो समयमा छिटो बढ्ने ।
  २) रोगब्याधी कम लाग्ने तथा कम अक्सिजनमा पनि बाँच्न सक्ने ।
   ३) प्रर्याप्त मात्रामा पोथी माछाबाट बच्चा दिन सक्ने र चाँडै परिपक्व भई प्रजनन् कार्यमा प्रयोग हुन सक्ने ।
  ४) स्थानीय व्यक्तिहरूले रूचाउने ।
  ५) पोखरीमा उत्पादन हुने प्राकृतिक तथा कृत्रिम आहारा खाएर बाच्न सक्ने ।

माछा मार्ने तरिकामा प्रतिबन्ध गरीएका बुंदाहरू
    १) बिष्फोटक पर्दाथ प्रयोग गरेमा बिगो बमोजिमको क्षतिपूर्ती भराइ रु। ५०००्सम्म जरिवाना हुने छ्र
    २) विद्युतीय प्रक्रियाबाट माछा मारेमा बिगो बमोजिमको क्षतिपूर्ती भराइ रु। ५०००्सम्म जरिवाना हुने छ्र
    ३) बिषादि प्रयोग गरी माछा मारेमा बिगो बमोजिमको क्षतिपूर्ती भराइ रु। ५०००्सम्म जरिवाना हुने छ्र

पंगासीयस माछापालन प्रविधि
पंगासीयस माछा ९एबलनबकष्गक जथउयउजतजबष्गिक० ताजा पानीमा हुर्कने, छिटो बढ्ने र बढी तौलको हुने भएकोले यो माछाको उत्पादन महत्वपूर्ण रहेकोछ । अरु कार्प जातका माछालाई जस्तै पंगासीयस जातको माछालाई पनि पोखरीमा दाना आहारा खुवाएर पालन गर्न सकिन्छ । यो जातको माछा एक जातीय प्रविधिबाट पालन गर्ने गरिएको छ । यो माछा भियतनाम र इन्डोनेसियाको बिचमा पर्ने मेकन नदीको स्थानीय जाति हो । पंगासीयस माछाका अन्य प्रजातिहरू जस्तै क्गतअजष्, चष्खभच अबताष्कज र   द्यअअयगचतक अबताष्कज पनि पाल्ने गरिएको छ ।
 
   पंगासीयस माछापालन गर्दा निम्न  प्रविधिहरू अपनाएर गर्न सकिन्छ ।
    १। पानीको भरपर्दो स्रोत
    २। बाढी नआउने तथा चोरी नहुने ठाउँ
    ३। पोखरीको साईजः– सामान्यतया ५– ८ कठ्ठा
    ४। पोखरीको गहिराईस् – १।५ –२ मीटर
    ५। पानी सुकाउनेस् – माछा भुरा पोखरीमा छाड्नु अगाडि १ –३ हप्तासम्म पानी सुकाउने ।
    ६। चुनाको प्रयोगस् – ५०० – १००० किलो ग्राम र हेक्टर
    ७। भुरा छोडने दर स् – ५  गोटा प्रति वर्गमिटर
    ८। भुरा बाँच्ने दर स्– ८५५
    ९। पालन अवधिस् – ६ महिना
    १०। माछा बिक्री साइजस् – १ किलोग्राम ११।  ँऋच् स् – १।५ – १
 
    एक लिङ्घीय टिलापिया माछापालन प्रविधि
टिलापिया माछाको उत्पत्ति अफ्रिका र मध्यपूर्वमा भएको हो । टिलापिया माछाका प्रजातिहरू करिब ७० वटा रहेका छन् । ती मध्ये नौ प्रजातिका टिलापिया माछाहरूलाई पालन गर्ने गरिएको छ । जस मध्ये नाइल टिलापिया, मोजाम्बिक टिलापिया र ब्लु टिलापिया मुख्य रुपमा पालन गरिन्छ । टिलापिया माछापालन गर्दा निम्न  प्रविधिहरू अपनाएर गर्न सकिन्छ ।
   १। मल र साधारण प्रयोग विधि
    भुरा – ५०००–२०००० गोटा र हेक्टर
   उत्पादन – २००० – ८०००० किलोग्राम र हे
   २। दाना, मल र आपतकालिन एरेटर प्रयोग प्रविधि
   भुरा –  १०००० – ३०००० गोटा र हेक्टर
    उत्पादन – ५००० – १०००० किलोग्राम र हेक्टर
    ३। पूर्ण सन्तुलित दाना र एरेटर प्रयोग प्रविधि
     भुरा १०००० – ३०००० गोटा र हेक्टर
     उत्पादन – ८००० – १५००० किलोग्राम र हेक्टर
    ४। लगातार एरेटर र आंसिक पानी फेर्ने प्रविधि
    भुरा – ५०००० – १००००० गोटा ÷हेक्टर
    उत्पादन – २०००० – १००००० किलोग्राम र हेक्टर
    ५। बगीरहेको पानीमा टिलापिया पालन प्रविधि
    भुरा – ७०००० – २००००० गोटा ÷ हेक्टर
    उत्पादन – ७००००० – २०००००० किलोग्राम र हे
    ६। दाना खुवाएर पिँजडामा पालन प्रविधि
    भुरा – ६०० गोटा र घनमिटर
    उत्पादन – ५०–३०० किलोग्रामरघनमिटर

नेपालमा रेन्बो ट्राउट माछा 
 
   रेन्बो ट्राउट चिसो र सफा पानीमा हुर्कने ज्यादै मीठो विदेशी माछा हो । यो माछा १–२१ डि।से। सम्मको तापक्रममा जीवित रहन्छ । तर वृद्धिको लागि भने १५–१८ डि।से। पानीको तापक्रम र ७ मि।ग्रा र लिटर भन्दा बढी अक्सिजन चाहिन्छ । पानीको तापक्रम सरदर १० डि।से। भन्दा चिसो हुने स्थानमा यो माछा ढिलो बढ्छ र त्यस्तो स्थानमा व्यावसायिक रूपमा पाल्न फाइदाजनक हुँदैन । मांसाहारी भएतापनि यो माछालाई उच्च प्रोटिनयुक्त दाना खुवाएर पाल्न सकिन्छ । ट्राउनपालनको लागि पानीको पि।एच। ६।५ – ८।५ र अक्सिजन ८ मि।ग्रा। र लिटर रहेको पानीमा उपयुक्त मानिन्छ । ट्राउटमाछा दुई किसिमले पालन गरिन्छ ।
    क आंशिक प्रणाली
    ख पूर्ण प्रणाली
   पहिलो प्रणाली अन्तर्गत स–साना भुरालाई बजार बिक्री योग्य साइजसम्म हुर्काइन्छ भने दोस्रोमा प्रजनन्देखि लिएर ठूलो माछासम्म हुर्काइन्छ ।
   ट्राउट माछा पालनको लागि भुरा हुर्काउने टयाङ्क, ठूलो माछा पोखरी, बिक्री योग्य माछा राख्ने पोखरी एवं दाना राख्ने भण्डार आदिको आवश्यकता पर्दछ । साधारणतया सानो भुरा हुर्काउने पोखरीको साइज १० – १५ वर्ग मिटर र बिक्री योग्य माछा राख्ने पोखरीको साइज ५० – १५० वर्ग मीटर हुन्छ । ठूलो माछा हुर्काउने र बिक्री योग्य माछा राख्ने पोखरीहरू २ किसिमबाट बनाउन सकिन्छ ।
    क  रेखात्मक र लहरे      
    ख  समानान्तर ।
   भिरालो जग्गा र पानीको स्रोत कम भएको ठाउँमा लहरे किसिमको पोखरी बनाउन राम्रो हुन्छ । यस्तो किसिमका पोखरीमा माथिल्लो पोखरीहरूमा प्रयोग भइसकेको पानी पुनः तल्ला पोखरीहरूमा प्रयोग गर्न सकिन्छ । राम्रो पानीको स्रोत भएको ठाउँमा समानान्तर किसिमको पोखरी बनाउन उपयुक्त हुन्छ । यस्तो पोखरीहरूमा एक पटक प्रयोग भइसकेको पानीलाई पुनः प्रयोग गरिदैंन । जलाशयमा माछाको घनत्व कति राख्ने भन्ने कुरा पानीको प्रवाह, आयतन र गुणमा निर्भर हुन्छ । पानीको प्रवाह धेरै छिटो भएमा माछाको वृद्धि राम्रो हुँदैन । अर्कोतिर पानीको प्रवाह कम भएमा पोखरीको पिंधमा धेरै फोहर जम्न गई अक्सिजन न्यून हुँदै जान्छ । त्यसकारण पोखरीको पानी हरेक घण्टामा पूर्णतया फेर्नु आवश्यक पर्दछ ।

माछामा देखिएका रोगहरू एवं अन्य समस्या तथा समाधानका उपायहरू
१। इ।यू।एस। रोग
लक्षणहरू
यो रोग नेपालमा विगत १९ वर्षदेखि समस्याको रूपमा देखिएको छ । सुरूमा शरीरमा सेतो थोप्ला  देखिन्छ । सो ठाउँमा कत्ला झर्न गई खाल्डो भएको घाउ देखा पर्दछ । ढाड र पुच्छरको नजिकको भागमा घाउहरू देखिन्छ । जाडोको समयमा स्थानीय जातका माछामा यो रोग बढी लाग्दछ । विकासे माछा मध्ये रहु, नैनी र भाकुरामा मात्र यो रोग लाग्दछ ।
औषधि उपचार
घरपोत्ने चुना १५ केजीरकट्ठाको दरले हाल्ने, रोगको प्रकोप हेरी १ महिनाको अन्तरालमा बढीमा तीन पटक चूना प्रयोग गर्ने  । पानीको प्रवेशद्वारमा जाली राख्ने र जंगली माछा सबै हटाउने ।सामान्यतया कमन, सिल्भर, विगहेड र ग्रासकार्पमा यो रोगको प्रकोप नदेखिएकोले पोखरीमा यी जातका माछाको संख्या बढी राख्ने । माछा मार्ने जाललाई प्रयोग गरिसकेपछि राम्ररी सुकाएर मात्र पुन प्रयोग गर्ने ।
 
२। ट्रिकोडिना
♦ लक्षणहरू
यो माछाको छाला, गिल र पखेटामा आक्रमण गर्ने एक कोषिय बाह्य परजीवि हो । यसको संख्या धेरै भएमा माछाको भुरा मर्दछन् । माछा दुब्लो हुने, पानीमा विस्तारै तैरने र फाट्टफुट्ट रूपमा दैनिक माछा भुरा मर्दै जाने यो परजीवीको आक्रमणको प्रमुख लक्षण हो ।
 
औषधि उपचार
०।२५ पि।पि।एम।का दरले ट्राईक्लोफेन÷डिप्टेरेक्स राख्ने ।२५ पि।पि।एम। का दरले फर्मालिन ९पोखरीमा हाल्ने० ।२–३ प्रतिशतको नूनपानीको झोलमा ५–१० मिनेट   डुबाउने ।०।२५पि।पि।एम। मालाकाईटग्रिन प्रयोग गर्ने ।
३।  आरगुलस ९माछाको जुम्रा०
लक्षणहरू
शरीरको कुनै पनि भागमा लाग्न सक्दछ । यसले शरीरको रगत चुस्ने भएकोले जीउमा घाउ तथा खटिरा देखा पर्दछ ।
औषधि उपचार
२–३ प्रतिशतको नूनपानीको झोलमा ५–१० मिनेट डुबाउने ट्राईक्लोफेन र डिप्टेरेक्स ०।२५ पि।पि।एम। प्रयोग गर्ने ।
४। माछाको फित्ते जुका ९सिस्टोड०
लक्षणहरू
पेट फुलेको हुन्छ । जीउ र ढाड सुकेको हुन्छ । ठाउँ ठाउँमा घाउहरू देखिन्छ ।
 
औषधि उपचार
डाइ–एन व्यटाइलटिन अक्साईड २५० मि।ग्रा। प्रति केजी दानामा मिसाएर ३ दिनसम्म खुवाउने ।
 
५। सेतो थोप्ले रोग
 
♦ लक्षणहरू
शरीरको बाहिरी भागमा सेता थोप्ला देखा पर्दछन् । ढाड र जीउमा छाला पातलो भई घाउ देखिन्छ ।
 
औषधि उपचार
३ प्रतिशत नुनपानीको झोलमा ३–४ मिनेट डुबाउने ।माला काइटग्रिन ०।१ पि।पि।एम। प्रयोग गर्ने ।
 
६। गाईरोडक्टाईलस
♦ लक्षणहरू
यो माछाको छाला, गिल र पखेटामा लाग्ने बाह्य परजीवी हो । माछाका भुरा यसबाट बढी प्रभावित हुने गर्दछन् । माछा भुरा नबढ्ने, जीउ चिलाउने भएकोले किनारमा घस्रिईरहेको देखिने, पानी माथि उफ्रने र माछाको चालमा फरक आउने यसका लक्षणहरू  हुन् ।
 
औषधि उपचार
०।२५ पि।पि।एम। डिप्टेरेक्स प्रयोग गर्ने । २५ पि।पि।एम। फर्मालिन प्रयोग गर्ने ।

पोखरीमा मत्स्यपालन व्यवस्थापनमा ध्यान दिनुपर्ने केही थप महत्वपूर्ण पक्षहरू
 
१। अक्सिजनको कमी
 
लक्षणहरू
बिहान घाम उदाउन्ु अघि पोखरीका माछा पानीको सतहमा आई प्याक प्याक गरेको देखिन्छ । पोखरीमा बढी झारपात वा छहारी वा बदली भएको समयमा वा बढी मलखाद वा बढी संख्यामा माछा लगायत अन्य जलचर भएको अवस्थामा यस्तो लक्षण देखिन्छ । पानीमा घुलित अक्सिजनको मात्रा कम हुने समयमा पानीको सतहमा अनुपातिक हिसावले अन्य स्थानमा भन्दा बढी अक्सिजन घुलित पानी उपलब्ध हुने भएकोले यस्तो समयमा माछाले सतहमा आई छिटो छिटो मुख बाउने ९प्याक प्याक० गरेको लक्षण देखिन्छ ।
 
समाधानका उपायहरू
   पोखरीमा तत्काल बाहिरबाट पानी थपी दिने ।
   पम्पिङ्ग सेट लगाएर पानी तानेर फोहोरा बनाई सोही पोखरीमा खसाल्ने ।
   पानी नधमिलिने गरी पोखरीमा मानिस पसेर पानी चलाउने वा पौडी  खेल्ने । एरिएटर ९पानी चलाउने मेशिन० को प्रयोग गर्ने । अपरान्ह घाम लागी सकेपछि जाल हाली बढी माछा निकाल्ने । केही समयको लागि पोखरीमा माछालाई दाना र मलखाद नदिने ।
 
२। पोखरीमा पानी छिटो सुक्ने
♦ लक्षणहरू
साधारणतया बलौटे माटोमा पोखरी निर्माण गर्नु हुँदैन । पिँधमा बालुवाको मात्रामा बढी भएको पोखरी पानी छिटो सुक्दछ र बारम्बार पानी थप्नुपर्छ । यसरी थपिने पानी कम मलिलो हुने भएकोले पोखरीमा रहेका माछाको वृद्धिमा कमी आउँछ ।
 
समाधानका उपायहरू
बाहिरबाट कम्तीमा १ फिट चिम्ट्याईलो माटो पिंधमा थप्ने ।प्रत्येक वर्ष बलौटे पोखरीको पिँधमा प्रशस्त गोबरमल, झारपात, पराल, वा  अन्य प्रांगारिक पदार्थ हाल्ने गर्नाले क्रमशः कम चुहिने हुन्छ ।पिँधमा प्लाष्टिक बिछ्याउने ।
 
करेसा पोखरीमा माछापालन उद्देश्यरूः
 
    क एकीकृत बाली प्रणालीको प्रविधि विस्तार ।
    ख प्राणी प्रोटिनको उपलब्धता र खानपिनमा सुधार ।
    ग वातावरण संरक्षण र प्रदुषण नियन्त्रण ।

कार्यविधिः
     क ५० वर्ग मिटर जमिन करेसा पोखरीको लागि आवश्यक पर्दछ ।

    ख  घरको अगाडि वा पछाडि पानीको उपलब्धता स्रोत हेरेर पोखरी खन्ने ।
    ग  ६० से।मी। गहिरो परेर डिलको माटो सम्याई पोखरी खन्ने ।   
    घजम्मा ६५ वटा फिंगरलिङ स्टक गर्ने ९ ५५ गोटा कमन कार्प र १० गोटा सिल्भर कार्प०।
    ङ भान्साबाट उब्रिएको खाद्यवस्तु दानाको रूपमा प्रयोग गर्ने ।
    च प्रति ५० वर्ग मिटरमा २० के।जी। माछा उत्पादन हुन सक्दछ ।
    छ पानीको स्थायी स्रोत हुनु पर्दछ र कृषकले पशुपालन र तरकारी बाली लगाएको हुनु पर्दछ ।
    ज जमिन आफ्नै स्वामित्वको हुनु राम्रो हुन्छ ।
जात अनुसार माछाका भुराहरू उपलब्ध हुने समय र स्रोतहरू
१। कमन कार्प
♦ भुरा पाइने समय
    फाल्गुण–वैशाख
 
सरकारी स्रोत केन्द्रहरू
    मत्स्य विकास केन्द्रहरू लहान, फत्तेपुर, जनकपुर,  हेटौंडा, भण्डारा र कुलेखानी्र
 
निजी क्षेत्रका स्रोत केन्द्रहरू
एग्री व्रिडर्स लिमिटेड, टंकीसिनुवारी, मोरङ, चौधरी मत्स्य ह्याचरी, फूलकाकट्टी –६, सिराहा, मुखिया, शान्ति, मिश्रा, काजल, गिरीजा मत्स्य ह्याचरी, जनकपुर ।
 
 
२। ग्रास कार्प
♦ भुरा पाइने समय
    चैत्र–जेष्ठ
 
सरकारी स्रोत केन्द्रहरू
   मत्स्य विकास केन्द्रहरू लहान, फत्तेपुर, जनकपुर,  हेटौंडा, भण्डारा र कुलेखानी्र
 
♦ निजी क्षेत्रका स्रोत केन्द्रहरू
एग्री व्रिडर्स लिमिटेड, टंकीसिनुवारी, मोरङ, चौधरी मत्स्य ह्याचरी, फूलकाकट्टी –६, सिराहा, मुखिया, शान्ति, मिश्रा, काजल, गिरीजा मत्स्य ह्याचरी, जनकपुर ।
 
 
३। सिल्भर कार्प
♦ भुरा पाइने समय
    वैशाख–आषाढ
♦ सरकारी स्रोत केन्द्रहरू
    मत्स्य विकास केन्द्रहरू लहान, फत्तेपुर, जनकपुर,  हेटौंडा, भण्डारा र कुलेखानी्र
 
♦ निजी क्षेत्रका स्रोत केन्द्रहरू
एग्री व्रिडर्स लिमिटेड, टंकीसिनुवारी, मोरङ, चौधरी मत्स्य ह्याचरी, फूलकाकट्टी –६, सिराहा, मुखिया, शान्ति, मिश्रा, काजल, गिरीजा मत्स्य ह्याचरी, जनकपुर ।
 ४। विगहेड कार्प
♦ भुरा पाइने समय
    वैशाख–आषाढ
 
सरकारी स्रोत केन्द्रहरू
   मत्स्य विकास केन्द्रहरू लहान, फत्तेपुर, जनकपुर,  हेटौंडा, भण्डारा र कुलेखानी्र
 
♦ निजी क्षेत्रका स्रोत केन्द्रहरू
एग्री व्रिडर्स लिमिटेड, टंकीसिनुवारी, मोरङ, चौधरी मत्स्य ह्याचरी, फूलकाकट्टी –६, सिराहा, मुखिया, शान्ति, मिश्रा, काजल, गिरीजा मत्स्य ह्याचरी, जनकपुर ।
 
 ५। रहु

♦ भुरा पाइने समय
आषाढ–भाद्र
 ♦ सरकारी स्रोत केन्द्रहरू
जनकपुर, भैरहवा र धनगढी
 ♦ निजी क्षेत्रका स्रोत केन्द्रहरू
ठाकुर मत्स्य ह्याचरी, जलेश्वर, पदम विश्वास मत्स्य ह्याचरी, मोतिसर –२ ,बारा,  चन्द्रीका मत्स्यपालन फार्म, रामपुर टोकनी, बारा, पटेल मत्स्य ह्याचरी, पाली, नवलपरासी, मण्डल मत्स्य ह्याचरी, भैरहवा र गणेश मत्स्य ह्याचरी, तौलिहवा ।
 ६। नैनी
♦ भुरा पाइने समय
    आषाढ–भाद्र
♦ सरकारी स्रोत केन्द्रहरू
फत्तेपुर, जनकपुर, हेटौंडा र भण्डारा
 
निजी क्षेत्रका स्रोत केन्द्रहरू
ठाकुर मत्स्य ह्याचरी, जलेश्वर, पदम विश्वास मत्स्य ह्याचरी, मोतिसर –२ ,बारा,  चन्द्रीका मत्स्यपालन फार्म, रामपुर टोकनी, बारा, पटेल मत्स्य ह्याचरी, पाली, नवलपरासी, मण्डल मत्स्य ह्याचरी, भैरहवा र गणेश मत्स्य ह्याचरी, तौलिहवा ।
 
७। भाकुर
♦ भुरा पाइने समय
    आषाढ–भाद्र
♦ सरकारी स्रोत केन्द्रहरू
जनकपुर, भैरहवा, धनगढी र मत्स्य अनुसन्धान केन्द्र, पोखरा
♦ निजी क्षेत्रका स्रोत केन्द्रहरू
ठाकुर मत्स्य ह्याचरी, जलेश्वर, पदम विश्वास मत्स्य ह्याचरी, मोतिसर –२ ,बारा,  चन्द्रीका मत्स्यपालन फार्म, रामपुर टोकनी, बारा, पटेल मत्स्य ह्याचरी, पाली, नवलपरासी, मण्डल मत्स्य ह्याचरी, भैरहवा र गणेश मत्स्य ह्याचरी, तौलिहवा ।
 
 ८। ट्राउट माछा भुरा
♦ भुरा पाइने समय
    चैत्र–श्रावण
♦ सरकारी स्रोत केन्द्रहरू
मत्स्य अनुसन्धान केन्द्र, नुवाकोट त्रिशुली र ट्राउट प्रजनन् तथा विकास केन्द्र, धुन्चे, रसुवा
♦ निजी क्षेत्रका स्रोत केन्द्रहरू
नुवाकोट र रसुवामा अवस्थित नीजि ट्राउट प्रजनन् केन्द्रहरू।
 
 माछापालन बारे विस्तृत जानकारी आवश्यक भएमा विषेश मत्स्यपालन संगालो, मत्स्यपालन श्रृंखला
– १८ हेर्नुृ होला ।
माछा भुराको दररेट   फ्राई भुरा – २५ पसा÷गोटा फिंगरलिङ – ७५ पसा ्र गोटा
एडभान्स फिंगरलिङ – १।५० रुपयाँ ्र गोटा
सौन्दर्य माछा  ९रंगीन माछा ० – २।५० रुपयाँ ्र गोटा मत्स्यपालनको लागि पानीको उपयुक्त गुणस्तर अक्सिजन – ५।० पी।पी। भन्दा बढी एमोनिया – ०।२ पी।पी। भन्दा कम पि। एच। – ७–९ को बिचमा
तापक्रम – २६–३२ डि।से।

स्रोत : जलवायु प्रकोप समुत्थान निर्माण आयोजना,

(कृषि व्यवस्थापन सूचना प्रणाली)