काठमाडौं – नायिका तथा निर्देशक झरना थापा र उनकी छोरी नायिका सुहाना थापा फिल्म ‘ए मेरो हजुर ३´ लिएर युरोप लागेका छन् । शुक्रबार साँझ आमा छोरी त्यस देशतर्फ उडेका हुन् ।

नेपालको सफल प्रदर्शन पश्चात् ‘ए मेरो हजुर ३’ को विदेशमा शो सुरु भएको हो । युरोप सँगै युकेमा पनि ए मेरो हजुर ३’ को शो हुनेछ । फिल्ममा सुहाना र अनमोल केसीको मुख्य भूमिका छ । युरोप उड्नु अघि’ झरना र सुहानाले के भने ?

 

 

नारी पत्रीका संग सुहानाको कुराकानी :

तपाईंका प्रशंसकले तपाईंका लागि गरेको कुनै सम्झनायोग्य कुरा ?
ए मेरो हजुर–३ मा साइन भएको थाहा पाएपछि जब म मिडियामा आउन थालें तब ज्योति नामका एक जना प्रशंसकले इन्स्टाग्राममा म्यासेज गरेर भेट्न मन लागेको कुरा बताउनुभयो । काम सुरु नगर्दै कसरी प्रशंसक हुनुभयो भन्दा तपाईंको तस्बिर देखेर भन्ने जवाफ आयो । म नेपाल आइसकेपछि उहाँ घरमै भेट्न आउनुभयो । तस्बिरका भरमा त्यति धेरै माया पाउँदा म दंग मात्र भइन त्यसबाट ठूलो प्रेरणासमेत मिल्यो ।

यदि कसैद्वारा विशाल हात्ती उपहार पाउनुभयो तर लुकाउने सर्तमा, कहाँ लुकाउनुहुन्छ ?
सेतो कि कालो ? (हाँसो )….ठूलो चीज लुकाउन धेरै गाह्रो हुन्छ तसर्थ हात्तीका लागि लुगा बनाएर फूलले सजाइदिन्थें ।
तपाईंलाई कोसँग स्किन सेयर इच्छा छ ?
हलिउड एक्टर टम ह्यान्ससँग ।

तपाईंको फेवरेट डेली वेयर ?
कुर्ता–सलवार ।
बेस्ट ड्रेस म्यानको उपाधि कसलाई दिन चाहनुहुन्छ ?
अनमोल केसीलाई ।

तपाईंलाई कसैले यो ब्रह्माण्डको कुनै पनि स्थानको ड्रिम होम गिफ्ट गर्न चाहन्छ भने तपाईं कुन ठाउँ रोज्नुहुन्छ ?
एभरेस्ट बेसक्याम्पको गोक्योरी ।
तपाईं नेपाली, अंग्रेजी र हिन्दीबाहेक अरू कुनै भाषामा के भन्न चाहनुहुन्छ ?
म फ्रेन्च भाषा पनि पढ्दैछु । बोनजो ज्योमा तार सुहाना थापा ।

त्यस्तो कुनै कुरा सुन्दा प्रशंसा जस्तो लाग्छ तर वास्तवमा होच्याइएको हुन्छ, के होला ?
मलाईं कुनै पनि व्यक्तिले तिम्रो यो राम्रो छ तर…..भनेपछि आफूलाई होच्याएको महसुस हुन्छ ।

यदि तपाईंलाई एउटा कचौरामा कुनै एक मिनेटवाला स्लट दृश्य सिर्जना गर्न भनियो भने उक्त कचौरामा के भर्नुहुन्छ ?
म पेपरमा गीताको ज्ञान लेख्थें अनि त्यही पेपरले कचौरा भर्थें ।
तपार्इंसँग भएको तर प्रयोगमा नआएको खुबी ?
म लेख्न सक्छु तर यो त्यति प्रयोगमा आएको छैन ।

ए मेरो हजुर–३ बाट पाएको उपलब्धि ?
एक्सन कसरी गरिन्छ भन्ने कुरा मैले सैद्धान्तिक रूपमा मात्र बुझेकी थिएँ । त्यसलाई व्यावहारिक रूपमा अनुभव गर्न पाएँ । त्यसले मेरो आत्मविश्वास बढायो ।

भिडियो हेर्नुहोस ।