विश्व चर्चित कलाकार तथा मोडलहरुको सहभागिता रहने कान्स फिल्म फेस्टिबल २०१९ मा नेपालकी चर्चित नायिका प्रियंका कार्की रेड कार्पेटमा हिँडेकी छिन्। उनी नेपालबाट कान्समा सहभागी हुने पहिलो कलाकार हुन । सोमबार देखिका विभिन्न कार्यक्रममा सहभागी भएकी उनी रेड कार्पेटमा समेत प्रस्तुति दिएकी हुन्। पेरिसमा आयोजित कान्समा सहभागी उनी नेपालका लागि कान्सको पहिलो ब्रान्ड एम्बेस्डरसमेत भएकी छिन्।

प्रियंकाको जन्म २०४३ साल फागुन २५ गते काठमाडौंमा बाबु भुपेन्द्र कार्की (व्यवसायी) र आमा रक्षा मल्होत्रा (एयर होस्टेस)बाट भएको हो। उनले १८ वर्ष (२०६१ साल)मा ‘मिस टिन नेपाल’ उपाधि जितेकी थिइन्। त्यतिबेला ‘मिस बिकिनी’, ‘मिस ट्यालेन्ट’ र ‘मिस इन्टेलिजेन्ट’ समेत उनले हात पारेकी थिइन्।

कुनै बेला कान्तिपुर टिभीमा भिजेको काम गरेकी उनी टिभी सिरियल ‘घरबेटी बा’बाट आफूलाई दर्शकमाझ लोकप्रिय भएकी थिइन्। ३२ वर्षीया प्रियंकाले ‘थ्री लभर्स’बाट नेपाली सिने क्षेत्रमा पाइला टेकेकी हुन्। हाल उनी मोडलिङ र फिल्म दुवै क्षेत्रमा व्यस्त छिन्। धेरै ब्रान्डहरुको ब्रान्ड एम्बेस्डर भएकी छिन्।

८ वर्षअघि अमेरिकाबाट फर्किएपछि प्रियंकाले फिल्म ‘झोले’बाट यो क्षेत्रमा सशक्त नायिकाको रुपमा स्थान बनाएकी हुन्। २०७० सालमा रिलिज भएको फिल्म ‘नाई नभन्नु ल २’ उनको अर्को हिट फिल्म थियो। त्यसले झन्डै ४ करोड ब्यापार गरेको थियो। त्यसयता उनले पछाडि फर्किएर हेर्नु परेको छैन। उनी अभिनित वडा नम्बर ६, छक्का पञ्जा, शत्रुगते, फाटेको जुत्ता, पुरानो डुङ्गालगायतका फिल्म सफल छन् ।

समीक्षकहरुले उनलाई ‘भर्सटाइल एक्टर’को उपमा दिने गरेका छन्। प्रियंकाको कान्स यात्रा काठमाडौंस्थित फ्रेन्च दूतावासको सहयोगमा सम्भव भएको हो। विश्व चर्चित सो फेस्टिबलमा नेपालको प्रतिनिधित्व नभइरहेको बेला नेपालकै प्रतिनिधित्व गर्ने अवसर उनले पाएकी हुन्।

इतिहास रच्न पाएकोमा उनले प्रशन्नता प्रकट गरेकी छिन्। ‘नेपालको प्रतिनिधित्व गरेर कान्स फिल्म फेस्टिभलमा सहभागी हुन पाउनु एकदमै गौरवको कुरा हो। मैले धेरै पहिलेदेखि यो सपना देख्दै आएकी थिएँ,’ उनले लेखेकी छन्, ‘कान्समा हिँडेका सेलेब्रेटीहरू देख्दा मलाई सधैं म पनि एक दिन यहाँसम्म पुग्नेछु भन्ने लाग्थ्यो। यो दिन आइपुग्यो।’

* यो फेस्टिवलमा कसरी सहभागी बन्न सकिन्छ ?

फ्रान्सको कान शहरमा प्रत्येक वर्ष आयोजना हुँदै आएको ‘कान्स फिल्म फेष्टिवल’ हरेक वर्ष चर्चामा आउँछ । प्रत्येक वर्ष ३० हजार भन्दा बढी फिल्म प्रोफेशनल्सहरु यस फेष्टिवलमा आफ्नो प्रतिभा प्रदर्शन गर्दछन् । बालिउडबाका फिल्म मेकर्स र कलाकारहरुले पनि ‘कान्स फिल्म फेष्टिवल’ आफ्नो प्रतिभा प्रदर्शन गर्दै आएका छन् ।

अभिनेत्री दीपिका पादुकोण, ऐश्वर्य राय बच्चन, सोनम कपुर, कंगना रनौत, र हुमा कुरैशी यो वर्षको कान्स फिल्म फेष्टिवलमा पुगेका छन्, भने मल्लिका शेरावतको लामो समय देखि कुनै पनि फिल्म आएको छैन् । तर पनि उनी प्रत्येक वर्ष यस इभेन्टमा सामेल हुँदै आएकी छन् । उनी आफ्नो एनजिओ ‘फ्रि एण्डल गर्ल’को तर्फबाट कान्समा सामेल हुन्दै आएकी हुन् । यो एनजिओले भारतमा मानव तस्करी र यौन हिंसाको बिरुद्धमा काम गर्दै आएको छ ।

कलाकार नवाजुद्धिन सिद्दीकी र नन्दिता दास यो वर्ष आफ्नो फिल्म ‘मंटो की वजह’को तर्फबाट कान्समा सोमल भए । साउथका कलाकार धनुष पनि सामेल भएका थिए । धनुष पनि आफ्नो फिल्म ‘द एक्स्ट्राअर्डिनरी जर्नी अफ द फकिर’ बाट यस इभेन्टको हिस्सा बनेका हुन् । के तपाईलाई थाहा छ प्रत्येक वर्ष फ्रान्समा आयोजना हुँदै आएको ‘कान्स फिल्म फेष्टिवल’ कसरी इन्ट्रि पाईन्छ ?

कुनै स्पोन्सरको ब्राण्ड एम्बेसेडर बनेर,
यदि तपाई यस फेष्टिवलको स्पोन्सर गर्दै आएको ब्राण्डको कुनै पनि एकको ब्राण्ड एम्बेसेडर हुनुहुन्छ भने तपाईले रेड कार्पेटमा वाल्क गर्ने मौका मिल्नेछ । बलिउडका अभिनेत्री दीपिका पादुकोण र ऐश्वर्य राय बच्चन पनि पछिल्लो केही वर्ष देखि यसरीनै कान्समा सामेल हुँदै आएका हुन् ।

फिल्मको स्क्रीनिङ टिकट पाएर,
फिल्मको स्क्रीनिङबाट पनि ठिक टिकट बेचिन्छ । त्यस टिकटबाट पनि तपाईले रेड कार्पेटको एक्सेस पाउन सक्नुहुन्छ ।

यदी तपाईको फिल्म प्रातियोगितामा छ भने,
यदी तपाई फिल्ममेकर अथवा तपाईको कुनै पनि शर्ट फिल्म कुनै क्याटेगोरीको तर्फबाट पनि हिस्सा बन्न सक्नुहुन्छ अथवा यस इभेन्टमा तपाईलाई अनुमति दिईन्छ ।

यदी तपाई जुरीको सदस्या भएमा,
कुनै पनि क्याटेगोरीको लागि जज गर्नेलाई कान्स फिल्म फेष्टिवलको रेड कार्पेटमा आउनलाई अनुमति हुनेछ ।

* नायिका प्रियंका कार्कीले रेड कार्पेटमा तेस्रो प्रस्तुति दिने क्रममा आफ्नो फेसबुक तथा ईन्ष्टाग्राममा पोस्ट गरेका तस्बिरहरु:

तस्बिर न. १

 

 

तस्बिर न. २

 

 

तस्बिर न. ३

 

 

* * नायिका प्रियंका कार्कीले रेड कार्पेटमा दोस्रो प्रस्तुति दिने क्रममा आफ्नो फेसबुक तथा ईन्ष्टाग्राममा पोस्ट गरेका तस्बिरहरु:

तस्बिर न. ४

 

 

तस्बिर न. ५

 

 

तस्बिर न. ६

 

 

* * * नायिका प्रियंका कार्कीले आफ्नो फेसबुक तथा ईन्ष्टाग्राममा पोस्ट गरेका तस्बिरहरु:

तस्बिर न. ७

 

 

तस्बिर न. ८

 

 

तस्बिर न. ९

 

* * * * बलिउड नायिका प्रियंका चोप्राको जस्तै फोटोसुट रहेको भन्दै भाईरल बनेका तस्बिरहरु :

तस्बिर न. १०

 

 

तस्बिर न. ११

 

 

तस्बिर न. १२

 

* * * * * रेड कार्पेटमा पहिलो प्रस्तुति दिने क्रममा आफ्नो फेसबुक तथा ईन्ष्टाग्राममा पोस्ट गरेका तस्बिरहरु:

तस्बिर न. १३

 

 

तस्बिर न. १४

 

 

तस्बिर न. १५