निता भुजेल र किरण भुजेलको गीत “रेलैमा” सार्वजनिक भएको छ । नीता थापा मगर र किरण भुजेलको स्वर रहेको यस गीतमा डिपि खनालको लय रहेको छ । यस्तै भिम बिसिले संगीत भरेका छन् ।

यस गीतमा भिमफेदी गाईज र एलिसा शर्माको अभिनय रहेको छ । यस गीतलाई निर्मल लामाले निर्देशन गरेका छन ।
भिडियो हेर्नुहोस ।

 

 

 

* हासो के हो? (जानी राखौ)

तपाई हाँस्नुहुन्छ, हामी हाँस्छौ । हाँस्दा के हुन्छ ? त्यो शब्दमा व्यक्त गर्ने कुरा होइन, अनुभूत गर्ने कुरा हो । मस्त हाँस्दा वा मुसुक्क मुस्कुराउँदा कस्तो महसुष हुन्छ ? हामीले अनुभव गरेकै छौं ।

मुस्कुराउँदा वा हाँस्दा के हुन्छ ?
मन प्रशन्न हुन्छ । मन प्रशन्न हुनु भनेको हृदयलाई स्वस्थ्य राख्नु हो । मस्त हाँस्दा शरीरका भित्री अंगहरुको व्यायाम हुन्छ । रक्तसंचार राम्ररी हुन पाउँछ । शरीरभित्र अक्सिजन पर्याप्त पुग्न पाउँछ । अनुहारको मांसपेशीको व्यायाम हुन्छ । आसपासको माहौल रमाइलो बन्छ । मनमा सकारात्मक भाव पैदा हुन्छ । पिर, चिन्ता, तनाव, कुण्ठा हराउँछ । भनिन्छ, शरीरमा रोगसँग लड्ने क्षमता पनि बढ्छ ।

जसले हाँस्न जानेको छैन
योगी विकासानन्दले त्यसै भनेको होइनन्, ‘जसले हाँस्न जानेको छैन, उसले बाँच्न पनि जानेको छैन ।’ असली जीवनको स्वाद लिनका लागि मस्त हाँस्न पनि जान्नुपर्छ । हाँस्नु भनेको स्वस्थ्य जीवनशैलीकै मानक हो । अक्सर स्वस्थ्य, तन्दुरुस्त, प्रशन्न, सकारात्मक व्यक्तिहरु हाँसिरहेका हुन्छन् । मुस्कुराइरहेका हुन्छन् ।

प्राकृतिक उपचार
हाँस्नुलाई प्राकृतिक उपचार पनि मानिन्छ । धेरै हाँस्ने व्यक्तिहरु निरोगी हुने कतिपय अध्ययनले देखाएको छ । हाँस्नु हामीलाई कसैले सिकाएको होइन । यो प्रकृति प्रदत्त गुण हो, जो हामीले जन्मैदेखि लिएर आयौं । आमाको गर्भवाट बाहिर आएपछि हामी हाँस्यौं । हाम्रो उन्मुक्त हाँसोमा परिवारको खुसी मिसियो । तर, जति जति उमेर बढ्दै गयो, हाँसो हराउँदै गयो । हामी हाँस्न छाड्दै गयौं । करियर, परिवार, पैसा आदिको चक्करमा हामीले आफ्नो प्राकृतिक खुसी गुमाउँदै गयौ ।

मुस्कुराउनु वा हाँस्नुको अनेक लाभ छ । जब हामी उन्मुक्त हाँस्छौं, मित्रवत र प्रेममय देखिन्छौ । हाम्रो अनुहार अधिक आकर्षक, प्रशन्न र तनावरहित देखिन्छ ।

कसरी फर्काउने हाँसो ?
मनमा अनेक कुष्ठा, पिर, चिन्ता, तनाव, धपेडी छ, जसले हामीलाई उन्मुक्त हाँस्न दिदैन । हाम्रो आ-आफ्नै समस्या छ । तनाव छ । यद्यपी त्यसो भन्दैमा हाँसो गुमाउनुपर्छ भन्ने छैन । किनभने उल्लेखित कुरा भावनात्मक हुन् । भावनात्मक समस्याको समाधान भौतिक बस्तुले दिन सक्दैन । त्यसैले त्यसको समाधान प्राकृतिक रुपमै खोजिनुपर्छ । त्यो उपाय हो, हाँसो ।

कसरी हाँस्ने ?
हाँस्नका लागि मानसिक रुपमा तयार हुनुपर्छ । यसको महत्वलाई बुझ्नुपर्छ । जुनसुकै बाहनामा पनि हाँस्न सक्छौ । जब हाँस्छौ, दिल खोलेर हाँस्नुपर्छ ।

अभ्यास- १
अहिले धेरैले बिहान योग गर्छन् । यहि चरणमा उन्मुक्त हाँस्न पनि सिकाइन्छ । बिहान मस्त हाँसेपछि शरीरमा पर्याप्त अक्सिजन आपूर्ति हुन्छ । रक्त प्रवाह राम्ररी हुन्छ । मन प्रशन्न हुन्छ । सकारात्मक भाव पैदा हुन्छ ।

अभ्यास- २
हरेक बिहान ऐनाको अघिल्तिर उभिएर स्वभाविक रुपमा हाँस्ने अभ्यास गरौं । हाँस्दा अनुहारमा बेग्लै चमक आउँछ । यो अभ्यासले प्राकृतिक रुपमै हामीलाई हाँस्ने बानी लगाउँछ । हामी सानोतिनो कुरामा पनि मुस्कुराइरहेका हुन्छौ । बाथरुममा एक्लै बस्दा होस् वा भान्सामा काम गरिरहेको बेला, मुस्कुराउने अभ्यास गरौं ।

अभ्यास- ३
कति व्यक्तिको स्वभाव नै हुन्छ, हाँस्ने । उनीहरु हरबखत हाँसिरहेका हुन्छन्, मुस्कुराइरहेका हुन्छन् । ति व्यक्तिहरुको संगत गरौं । उनीहरु कसरी हाँसिरहेका छन् ? बोलिपिच्छे उनीहरु कसरी मुस्कुराउँछन् ? पच्छ्याउने कोसिस गरौ ।

अभ्यास- ४
चाहे घरमा होस्, चाहे कार्यलयमा, एउटा यस्तो साथी बनाउनुपर्छ, जोसँग ख्याल ठट्टा गरिरहन सकियोस् । कुनै न कुनै बाहनामा चल्ने, जिस्कने, ठट्टा गर्ने अभ्यास गरौं । विस्तारै दुबैलाई यसको बानी पर्छ । र, आपसमा भेट्नसाथ ख्याल-ठट्टा सुरु भइहाल्छ । यो पनि हाँस्ने राम्रो बाहना हो ।

अभ्यास- ५
हामीले धेरैजसो समय बिताउने भनेको परिवारसँग नै हो । दुखसुखको साझेदार पनि परिवार नै हो । त्यसैले परिवारमा हाँसो ठ्टटा गर्ने अभ्यास गरौं । चाहे खानेकुरा खान बस्दा होस् वा टेलिभिजन हेर्न बस्दा, रमाइलो माहौल तय गरौं । बेलाबखत घरासयी बिषयलाई लिएर पनि हाँसी मजाक गर्ने गरौं ।

अभ्यास- ६
हामीले देखेका छौ, विदेशी पर्यटकहरु हामीलाई देख्नसाथ मुसुक्क हाँस्छन् । हात जोडेर उनिहरुकै लवजमा ‘नमस्कार’ भन्छन् । हामीले पनि यस किसिमको अभ्यास गर्न सकिन्छ । जब नौलो मान्छेसँग साक्षतकार हुन्छ, तब हल्का मुस्कुराउने र कृतज्ञतापूर्वक पेश हुने अभ्यास गरौं । यसले दोस्रो व्यक्तिले आफुप्रति हेर्ने धारणा पनि सकारात्मक बन्छ ।

अभ्यास- ७
यो एकदमै नयाँ अभ्यास हुन सक्छ । साथै रोचक पनि । एउटा डायरी राखौं । त्यसमा एक साता यता आफु कहिले कहिले मस्त हाँसियो भन्ने कुराको टिपोट गरौं । कहिले हाँसियो भन्ने मात्र होइन, किन हाँसियो वा सन्दर्भ कस्तो थियो भन्ने कुराको टिपोट गरौं । यसले हामीलाई हाँस्ने खुराक मिल्छ । औषधीको खुराक भन्दा हाँस्ने खुराक स्वास्थ्वर्द्धक हो ।

अभ्यास- ८
हामी मस्त हाँस्ने गरौं । चाहे हाँसो कृतिम नै किन नहोस्, हाँस्ने अभ्यास गर्नुपर्छ । सधै हामीलाई हाँसो उठ्दैन । सधै हामीलाई हाँस्ने बाहना मिल्दैन । त्यस्तौ अवस्थामा पनि कृतिम हाँसो हाँस्ने गरौं ।

अभ्यास- ९
जीवनका सफलतालाई स्मरण गरौं । आफुले जीवनकालमा प्राप्त गरेको उपलब्धीहरुबारे सोचौं । भविष्यप्रति आशावादी बनौ । जे कुराले आफुलाई खिन्न तुल्याउँछ, त्यसलाई मनमा लिने नगरौं । हुन त कतिपय कुरा त्यसैपनि आउँछ, त्यस्ता कुरालाई भुलेर रमाइलो कुरामा मन बहलाउने गरौं ।

अभ्यास- १०
मस्ती गरौं । साथीभाईसँग पिकनिक जाने, घुमफिर गर्ने, परिवारसँग सिनेमाघर जाने, रेष्टुरेन्ट जाने गरौं । यद्यपी सधै यो संभव हुँदैन । त्यसैले घरमै नाच्ने, रमाइलो गर्ने, मिठोमसिनो खानेकुरा पकाउने, टिभी हेर्ने, म्युजिक सुन्ने गरौं । अनलाइन लाईभ खबरबाट ।