कुनै उच्च सफलता हासिल गर्नु, कुनै अत्यासलाग्दो विफलतामा फस्नु, यी दुबैलाई हामी एउटै नाम दिन्छौं, ‘भाग्यको खेल ।’ जब कसैले लोभलाग्दो उन्नती गर्छ, तब हामीलाई लाग्छ ‘फलानोको भाग्य कति बलियो !’ जब कोही रातारात कंगाल बन्छ वा असाह्य बन्छ, तब हामीलाई लाग्छ, ‘फलानोलाई भाग्यले ठग्यो ।’

के वास्तवमा मान्छेले जीवनमा भोग्ने उतार-चढाव ‘भाग्यकै खेल’ हो त ? भाग्यसँग हामी किन यति धेरै एकाकार भयौं ? भाग्य कसरी निर्माण हुन्छ ? स्वभाविक रुपमा चासोको विषय हो । भाग्य, जसलाई हामी नियती पनि भन्ने गर्छौं । भाग्य बलियो हुनु भनको संयोगवस् लाभ प्राप्त हुनु हो । भाग्य कमजोर हुनु भनेको संयोगवस् कुनै सफलता हातबाट उम्कनु हो । दुर्गतीमा फस्नु हो । तर, मान्छेको जीवनमा भाग्यले काम गरेको हुन्छ त ?

 

 

भाग्यसँग किनपनि हाम्रो आशक्ति छ भने कहिले काहीँ राम्रै काम गर्दा वा मेहनत गर्दा पनि हामीलाई विफलता हात लाग्छ । कहिले काहीँ चाहि अनपेक्षित रुपमा सफलता हात लाग्छ । यस्तो अवस्थामा हामी आफ्नो कर्म, मेहनत, श्रम आदिलाई भन्दा पनि ‘भाग्य’लाई जस वा अपजस दिने गर्छौं ।

त्यसो भए हाम्रो उन्नती वा दुर्गतीमा भाग्य नै कारक हुन्छ त ?
जो मानिस भाग्यमा विश्वास गर्छ, भाग्यमै निर्भर सहन्छन्, उनीहरु सदैव तारा, ग्रह, नक्षत्रलाई हेर्ने गर्छन् । आफू बसेको स्थानलाई समेत भाग्यसित जोडेर हेर्ने गर्छन् । कतिसम्म भने जुत्ता किन्दा होस्, वा साबुन । स्थान छनोट गर्दा होस् वा नम्बर उनीहरु भाग्यमै निर्भर रहने गर्छन् ।

परिणामस्वरुप, जुन कुरा सजिलै प्राप्त गर्न सकिन्छ, भाग्यको पछि लागेर मानिसहरुले त्यो कुरा समेत गुमाउने गर्छन् । त्यसैले जीवनमा कुनै पनि कुरा पाउनु र गुमाउनुमा तपाईं आफै जिम्मेवार हुनुहुन्छ । तपाईंको शान्ती वा अशान्ती, स्वास्थ्य, मानसिकता वा पागलपना, तपाईको खुशी, दुखी, मानव शरीर भित्रको भगवान वा राक्षस तपाईंमै निर्भर गर्छ । यस अर्थमा कसैले भाग्यको कुरा गर्छ भने त्यो भनेको ‘दुरदृष्टी’ को कमी हो ।

भाग्यकै भरमा परेर मानिसहरुले आफूले गर्न सक्ने काम गर्नुको सट्टा यस्ता कुराको प्रतिक्षा गर्छन्, जसले सबै कुरा आफै गर्दियोस् । तर हामी के सोच्छांै भने, हाम्रो वरिपरि जे हुन्छ, त्यो सबै भाग्य वा दुभाग्यकै कारण भएको हो । उदाहरणका लागि हामी दिनभर कस्तो अनुभव गर्छौ, त्यो हामीमा निर्भर रहन्छ । हामी वरिपरिका मानिससित कति झै-झगडा गर्छौ , हामी बीच कति वैमनश्यता हुन्छ त्यो वरिपरिको परिस्थिति, वातावरण र आफूमा भर पर्छ । तर हामी यसलाई भाग्यसित जोडेर हेर्ने गर्छौ ।

जबकी यस्तो कुरा व्यक्ति अनुसार फरक हुने गर्छ । तपाइर्ं एक विशेष प्रकारको मान्छे हो भने तपाइंलाई विशेष किमिसको चीजले नै आकषिर्त गर्छ । यदी तपाईं अर्को किसिमको व्यक्ति हो भने तपाईंलाई अन्य कुराले आर्कषित गर्न सक्दछ ।

भाग्यशाली भनेको दृटि हो । यसको मतलव हो, देख्नु । अभागीको अवलम्बन हो अदृष्ट अर्थात नदेखिए झै गर्नु । त्यसैले, यदि तपाईं देख्न सक्नुहुन्छ भने यो थाहा पाउन सक्नु हुन्छ कि तपाईंको वरिपरि जे भइरहेको छ, किन भइरहेको छ ? तर जब तपाइर्ं हेर्न सक्नु हुन्छ, तब तपाईंलाई लाग्न यो किन भइरहेको छ र के का लागि भइरहेको छ ? त्यतिबेला, तपाइर्ंलाई यो भाग्य वा दुर्भाग्य हो भन्ने लाग्छ । जसलाई हाम्रो भाग्य पनि भन्ने गर्छौ ।

अध्यात्मिक हुनु भनेको आˆनो जीवनलाई पूर्णतया आˆनो हातमा लिनु हो । आफू अनुकुल चलाउनु हो । जब तपाईं आˆनो जीवनलाई आफु अनुकुल चलाउनु हुन्छ, तब मात्र तपाईं जागरुक बन्नुहुन्छ । अब समय आइसकेको छ, जीवन होशपूर्वक, जागरुकताका साथ बाचौ । भाग्य, तारा, ग्रहमा निर्भर रहनु हुँदैन । यी भनेका निर्जीव वस्तु हुन् ।

त्यसैले, भन्नुस् त मानिसहरुलाई निर्जीवको नियती तय गर्न जरुरी छ वा निर्जीव वस्तुले मानिसहरुको नियति तय गर्न जरुरी छ ? यो त मानिसहरुले नै तय गर्नु पर्छ कि यस्ता निर्जिव वस्तुलाई के गर्नुपर्छ ? यदी कुनै नक्षत्र, तारा वा कुनै ग्रहले तपाईको भविष्यको निर्णय गर्न सक्थ्यो भने उनीहरुले नै तपाईंको नियति तय गरिरहेका हुन्थे ।

त्यसैले, यस्ता कुरा आफूमाथि हावी हुन दिनु हुँदैन । किनकी एक पटक यसको चक्करमा फसेमा जीवन वर्वाद हुन्छ । मानिसहरु सिमित हुन्छन् । जिन्दगीमा अगाडी बढ्न सकिदैन । यसले तपाईंको विकासको सम्भावनालाई संकुचित बनाई दिन्छ । हो, कहिले काहीँ जीवनमा कुनै कुरा अनायासै भइदिन्छ । तर यदी हामीले यस्ता कुरालाई पर्खिएरै बसिराख्यौ भने हुन सक्छ त्यो राम्रो कुरा आउँदासम्म जीवन नै समाप्त भइसक्छ ।

अझ भनौ, तपाई भाग्य वा अवसरको प्रतिक्षामा हुनुहुन्छ भने भय र चिन्ताले तपाईलाई सताउनेछ । जब तपाई योजनाका साथ, योग्यताका साथ बाच्नुहुन्छ, तब तपाईसित के भइरहेको छ, के भईरहेको छैन भन्ने कुराले खासै महत्व राख्दैन । बरु विकराल परिस्थितिमा पनि तपाईं आफूलाई नियन्त्रित राख्न सक्नुहुन्छ । यो नै जीवनको यर्थाथ हो । स्थायी जीवन बाच्ने आधार हो ।- अनलाइन खबर

 

* खुशी कसरी हुने ? (जानी राखौ)

तपाई जीवनमा कति खुसी हुनुहुन्छ ? हरेक व्यक्ति जीवनको कुनै न कुनै कालखण्डमा आफूले आफैंलाई प्रश्न गर्दछ । तपाई अहिले याे प्रश्नकाे उत्तर आफूमा नै खोज्दै हुनुहुन्छ भने हामीसँग तपाईलाई केही सुझाव छन् । सबैको जीवनको दाैडले रफ्तार लिँदै जाँदा एउटा यस्तो समय आउँछ, त्यतिबेला फुर्सद कहिल्यै नहुने, सधैं हतार र भोलिदेखि त म काम गर्छु, आफ्नो स्वास्थ्यको हेरचाह गर्छु भन्ने संकल्प गर्दछाैं ।

नयाँ काम, नयाँ घर, नयाँ साथीभाई भए जिन्दगी हासीखुशी बित्ला त !तर, वास्तवमा नयाँ जिम्मेवारी थपिदा खुशी भन्दा तनाव नै झन्-झन् थपिने हो । काम र तनाव बढ्दै जादाँ हामी धेरै जसोले साथीभाईका लागि छुट्याएको समय, परिवारसँग हाँसखेल गर्ने १५-२० मिनेटको समय पनि काम गर्न र तनावसँग दिमाग खियाएर, चिन्ता लिएरै बिताई दिन्छौं ।

सकारात्मक मनोविज्ञान (Positive Psychology) को अनुसान्धानले याे सही तरिका नभएकाे प्रमाणित भएको छ । यदि तपाई पनि यी विविध संघर्ष-कष्टको बीचमा आफ्नो र आफ्ना सन्ततिहरुको सफलता र खुशीकै निम्ति बाँचेको छु भन्ने विश्वास गर्नुहुन्छ भने सकारात्मक मनोविज्ञान त्यस्ता सकारात्मक दृष्टिकोण बोकेका व्यक्तिहरुका लागि केहि विज्ञानले प्रमाणित गरेका सुझाव प्रस्तुत गर्दैछौँ ।

सकारात्मक मनोविज्ञानको मान्यता छ कि खुशी र उन्नति भनेकै स-साना राम्रा बानी बसाल्ने हो । यी स-साना बानीलाई जोडेर जीवन यतिसम्म परिवर्तन हुन सक्छ कि आफ्नो जीवनको परिभाषा हामी आफैं झन् सुन्दर बनाउदै जान्छौं । अध्ययनले के प्रमाणित गरेको छ भने अध्यनहरुले बताएका छन् किसकारात्मक दृष्टिकोण र प्रगतिउन्मुख सोचले हाम्रो कामको उत्पादकत्व क्षमता ३१ प्रतिशतले बढाउँछ ।

तपार्इकाे पद वा जागिरमा बढुवाको सम्भावना ४० प्रतिशतले बढाउँछ र तनावको भावमा २३ प्रतिशतको कमी हुन जान्छ ।शेयर बजारकाे लाभांश पछ्याउन केहि बेर छोड्दिनुस् । कृतज्ञता बढाउने, समाधानमा केन्द्रीत रहने, आफ्नो जीवनलाई अर्थपूर्ण काममा लगाउने समय निकाल्नुस्, पक्कै पनि तपाईले प्राप्त गर्ने लाभांश बढ्नेछ ।एक वैवाहिक जोडीको उदाहरण सुनौं ।

यदि हरेक रात सुत्नुअघि आफ्नो छोरा-छोरीलाई अँगालो हालेर, माया व्यक्त गर्ने अनि एक श्रीमानले श्रीमतीलाई उसले दिनभरी गरेका केहि ३ कामका लागि धन्यवाद भनिदिए, श्रीमतीले पनि त्यस्तै गरिदिए, सकारात्मक ऊर्जा कसो नबढ्ला ? सबैको स्वास्थ्य, दिर्घायुमा छुट्टै पैसा र समय छुट्याउनु पर्दैन ।खुशी, उन्नतिप्रगती र उत्पादकत्व बढाउँन यी ४ उपाय मध्य कुनै १ उपाय २१ दिन लगातार दोहोर्याउनुहोस् अनि फरक महसुस गर्नुहाेस्, हरेक दिन एक मिनेट समय यो अभियानलाई छुट्याए पुग्छ ।

१) थप ३ पटक मुस्कुराउनेहरेक दिन, आफ्नो दैनिकीमा थप ३ पटक मुस्कुराउनुहाेस् । अभ्यास सारै सजिलो छ र यसको प्रतिफल निकै गहिरो पनि छ । एक छोटो मुसुक्क दिएको हाँसोले हाम्रो मस्तिष्कमा संकेत दि हाल्छ कि तपाई एक खुसी र सुखी प्राणी हो । जस्तै आफ्नो अफिस जादाँ अथवा केटाकेटीलाई स्कुल पुर्याउन जादाँ, कतिपय अनुहार सधैं देखिन्छन ।सधैं एकै समय, एकै स्थान तर्फ लम्कने ती अनुहार देख्दा बिना केहि सोचेसम्झे, हाम्रो ओठ आफै तन्किन्छ- मुस्कुराउँछ । यो प्रकृतिको एक शक्तिशाली बरदान हो ।

जसले आजको आधुनिक भाषामा भन्नु पर्दा हाम्रो सम्बन्ध (नेटवर्क र रिलेसन) आफैं बढाउँछ ।मुस्कानको अभ्यासले सामाजिक सहयोग र सुरक्षाको भाव पनि बलियो बनाउँछ । यसलाई तपाई नियमित योग अभ्यासको रूपमा पनि लिन सक्नुहुन्छ । अनि फेरि अर्को रमाईलो कुरा, मुस्कान एक सरुवा रोग हो । रुघा खोकी जस्तै छिटो अरुलाई सरिहाल्छ ।अब मात्र ३ पटक मुस्कान जबरजस्त केहि दिन थप्ने प्रयास गरौं त । बरु राति राति केटाकेटीलाई न्यास्रो हुने गरी नेटवर्क र रिलेसन बनाउँन कक्टेल पार्टी जान कम गरे हुन्छ ।

२) धन्यवाद भन्ने र धन्य महसुस गर्नेहरेक दिन ३ वटा यस्ता कुराहरु आफू स्वयमले आफ्नो स्वर सुन्ने गरि हरेक दिन एक जनालाई धन्यवाद व्यक्त गरौं । सरल र सहज कुराहरुमा जस्तै- ‘धन्यवाद, एक कप चियाका लागि’, ‘धन्यवाद, आजको उज्यालो घामलाई’ । हो, यो अभ्यास पनि २१ दिन लगातार गर्ने हो । यसमा, एउटा नियम छ । हरेक दिनका ३ वटा नदोहोरिएका अर्थात नयाँ वाक्य हुनुपर्छ ।यो अभ्यासले के गर्छ भने, हाम्रो मस्तिष्कलाई सकारात्मक बनाउदै जान्छ ।

सकारत्मक प्रकृति अपनाएपछि, मस्तिष्क आफैं अग्रिम ढंगले काम गर्न थाल्छ । यो भनेको कम्प्युटर प्रोग्रामिङको कोड (code) जस्तै हो भनेर बुझ्न सकिन्छ । एक पटक सहि कोड फिट गरेपछि, मस्तिष्कको कार्यक्रम (application) निरन्तर चलिरहन्छ, ढुक्क भए हुन्छ ।

३) आफू भित्रको सकरात्मक सोच फैलाउनेतेस्रो अभ्यास, हरेक दिन ३ जना फरक साथी वा कोहि पनि चिनजानको व्यक्तिको उहाँ कै अगाडि प्रशंसा गर्नुहोस् । जस्तै: ‘तपाईको मुस्कान कस्तो राम्रो’, ‘अरुलाई सहयोग गर्ने तपाईको बानी मलाई मन पर्छ’, ‘तपाईले हरेक दिन मज्जाले पानी पिएको देख्दा मैले पनि यस्तै बानी सिकें ।

’तर याद राख्नुस्, यस अभ्यासले काम गर्नका लागि प्रशंसाका शब्द असलभावका साथ मनबाटै आएको हुनुपर्छ ।यति २१ दिन गरेपछि हेर्नुस्, तपाईको जीवन, सोच, वरिपरीको वातावरणमा कति फरक आउँछ । जीवनको एक नयाँ अर्थ तपाईसामू पक्कै अाउँछ ।

४) आफैलाई च्यालेन्ज गर्नेअरुलाई सरप्राईज दिने, हरेक दिन कसै न कसैका लागि केहि राम्रो काम एक्कासी गरिदिने, कामबाट घर फर्कदा, कहिले काँहि फुर्सद हुदाँ घरमा तरकारी-फलफूल किनेर लैजाने, कोही सह-कर्मीका लागि चिया-कफी मगाई दिने, अरुलाई आफ्नो माेटरसार्इकल या स्कुटरमा लिफ्ट अफर गर्ने आदि । यस्ता कामले तपाईको समयमा कुनै हानी पुर्याउँदैन र अरुलाई खुसी पनि बनाउँछ ।

(यो अमेरिकाको न्युयोर्कबाट प्रकाशन हुने टुटे म्यागजिनको माईड एण्ड बडी अंकमा २७ अगस्ट, २०१८ मा प्रकाशित लेखको नेपाली रूपान्तरण हाे ।)