७१ बर्षका वृद्धबाट, १७ बर्षिया किशोरी बलात्कृत, ६ महिनाको गर्भ, घटना यसरी बाहिरियो ! (भिडियो हेर्नुहोस)
काठमाडौं – पछिल्लो समय हाम्रो नेपालि समाजमा दिनप्रतिदिन उदण्ड मच्चिरहेका छन् । हत्या हिसाले आजभोली नेपालि समाजमा जरा गाडेको छ । दिप्रतिदीन हत्या भएका घटना सुनिदै आएका छन् । फेरी स्याङ्जा जिल्लाको बिरुवा गाउअपालिकाम एक जना १७ बर्षिय किशोरीलाई आफ्नै अंकलले बलत्कार गरेका छन् ।

बलत्कार भएकी सो किसोरी गर्भवती भए संगै मार्दिने धम्कि आएको छ । किशोरीको आफ्नै अंकलले बलत्कार गरेको खुलेको छ । किशोरीको पेटमा भने ६ महिनाको गर्भ रहेको खुलेको छ ।

 

* बलात्कार किन हुन्छ? दोषी को? न्यूनीकरण कसरी गर्ने?

माघ ११ गते दर्बारमार्ग स्थित ल्याण्डमार्क होटलमा सामुहिक बलात्कारको सिकार भइन एक युवती । चारजनाको समुहमा आएका व्यक्तिहरुले युवतीलाई बलात्कार गरि घटनालाई सहजै दवाउन खोजे । तर, पछि दोषिमाथी कारबाही भयो । त्यस्तै माघ २० गते काठमाडौं बुद्धनगरमा अर्काे बलात्कारको घटना भयो ।

२२ वर्षीया युवतीलाई आफ्नै केटी साथीको माध्यमबाट आएका व्यक्तिले बलात्कार गरे । यी दुई घटना प्रतिनिधि पात्र मात्रै हुन् । यस्ता घटना दिनहुँ भइरहेका छन् । बलात्कारका घटना बढ्नुका कारणबारे वरिष्ठ मनोपरामर्शदाता गंगा पाठकसँग नेपालपाटी डटकमकी बविता ढकालले गरेको कुराकानी ।

बलात्कार घटना निरन्तर भइरहेका छन् किन ?
आफुलाई मात्र सोच्ने, भोलिको कुराको ख्यान नराख्ने र उसले गरेका कार्यले अरुलाई कस्तो असर गर्छ भनेर नसोच्ने व्यक्तिबाट बलात्कारका घटना भइरहेका छन् । बलात्कारका घटना हुनुका मुख्य कारणः
– मानसिक सन्तुलन बिग्रेको नभई, मानसिकस्तर कमजोर भएको

– सानैदेखि सुनेका कुराबाट प्रभावित भएको
– या आफै बलात्कृत भएको छ भने त्यसले पारेको प्रभावबाट पनि बलात्कारका घटना हुन्छन।
– र अहिले इन्टरनेटको माध्यमबाट अश्लिल भिडियोहरूको प्रभावबाट पनि यस्ता घटना हुने गरेको देखिन्छ ।

अहिलेसम्मका घटनालाई हेर्दा कस्ता व्यक्ति बलात्कृत हुन्छन् ?
जसले प्रतिकार गर्न सक्दैनन् त्यस्ता व्यक्ति बलात्कृत हुने गरेको देखिन्छ । जसमा बालिका र बृद्धा महिला पर्छन् । पहिलो कुरा त बालिका र वृद्धामाथि मन्द मानसिकता भएका व्यक्तिले बलात्कार गर्छन । किशोरीहरू माथी हुने बलात्कार भने अलि फरक छ ।

किशोरी वा युवा महिलामाथी हुने बलात्कारमा एउटा केटा मात्रै दोषि हुँदैन, त्यसमा त्यो बलात्कृत हुने किशोरी या महिलाको पनि दोष हुन्छ । जबसम्म हाउभाउ त्यो स्तरको हुँदैन तबसम्म युवा महिला वा किशोरी बलात्कृत हुँदैनन् ।

महिला आकर्षित भएकाले पनि बलात्कारसम्म पुग्ने गरेको उदाहरण छन् भन्न खोज्नु भएको हो ?
हो । किशोरी या युवा महिलाहरू दिएको लिफ्ट वा हाउभाउ भन्नाले कस्तो भने यदि कोही रिलेशनसिपमा छन् । आफ्नो प्रेमीसंग एकान्तमा गएर नबस्ने, होस हराउने जस्ता पेय पदार्थ पिएर नहिड्ने वा भनौं अल्कोहल वा नशाको सेवा नगर्ने हो भने पनि बलात्कारका घटनाबाट किशोरीहरु जोगिन सक्छन् ।

तर, हामी आफ्नो प्रेमीलाई कसरी अविश्वास गर्ने भन्नेमा हुन्छौं र कहिलेकाँही विश्वास गरेकाहरूबाटै बलात्कृत हुन पुग्छन महिलाहरू । तर यो एउटा मात्रै फ्याक्टर मात्रै हो । सामुहिक बलात्कारको घटना धेरै मात्रमा भइरहेका छन् । त्यो अवस्थालाई हामी अस्वस्थ मानसिकता भएका मान्छेले गरेको कु कृत्य भन्छौ । हुन त जुनसुकै आपराधिक घटना स्वस्थ मानिसले गराउन सक्दैन ।

बलात्कारका घटना हुने कारण के देख्नुहुन्छ ?
मुख्य कारण आफ्नो सेक्सुअल डिजायरलाई नियन्त्रण गर्न नस्कने व्यक्तिहरुबाट बढी मात्रमा बलात्कारका घटना हुने गर्छ ।
पहिलोे कारणः व्यक्तिको मानसिक अवस्था हो । व्यक्ति मानसिक रुपमै विखण्डित छ भने उसले तत्कालको अवस्थालाई मात्र हेरेर बलात्कार गर्छ । व्यक्तिको बौद्धिक आइक्यु, सामाजिक आईक्यु र इमोशनल आईक्यु व्यालेन्समा रहन्छ भने उबाट कुनै पनि आपराधिक घटना हुँदैन ।

दोश्रो कारणः बदलाको भावनाले बलात्कारका घटना भएको पनि देखिन्छ । आफुले मन पराएको केटीले अरुनै केटालाई मनपराएको भन्दै उक्त केटीलाई आफु बिरामी छु भनेर आफ्नै घरमा बोलाएर केटीलाई बलात्कार गरेको घटना पनि छन् ।
तेश्रो कारणः परिवार र विद्यालयबाट यौन शिक्षाका बारेमा राम्रो जानकारी नपाउँदा पनि यस्ता घटना हुने गरेका छन् ।
चौथो कारणः स्वयं केटी मान्छे आफैं सजग हुन नसक्दा पनि बलात्कारका घटना भएका छन् ।

पाँचौं कारणः हाम्रो घरपरिवार र विद्यालयमा सुरक्षित कसरी हुने भन्ने सिकाई हुँदैन र प्रतिवाद गर्ने महिलाहरूको आवाजलाई नै दवाउन खोजिन्छ । एउटा महिला बलात्कृत भइन् र उनले आवाज उठाईन भने उनलाई नै गलत मान्ने र न्याय नपाउने भएका कारण पनि बलात्कारका घटनाहरु दिनप्रति दिन भइरहेका छन् । मुख्य कारण कमजोर न्यायप्रणली, बलात्कारका घटनाका दोषिले पाईरहेको उन्मुक्ति नै हो ।

आफ्नै घरमा किन सुरक्षित छैनन् बालिका ?
सबैको मुख्य कारण भनेको आफुभित्रको यौन तृष्णा, जस्लाई जुन तरिकाबाटपनि तृप्त पार्न खोज्नु नै हो । यौन पिपाषुहरुले आफ्नो छोरी, दिदी, बहिनी वा आफन्त केही देख्दैनन् बस हवस पुरा गर्ने बाटो मात्र खोज्छन् । र बाहिर भन्दा घरमा भएको घटनामा आफन्त पनि चुप बस्छन् । यसकारण घरभित्र झन् बलात्कारका घटना मौलाएको छ । पारिवारले नै यस्ता घटनालाई ढाकछोप गर्दा बलात्कारका घटना बढिरहेका छन् ।

कसरी न्यूनिकरण गर्ने त यस्ता घटनालाई ?
मुख्य रुपमा यौन शिक्षालाई खुलेर सिकाइनुपर्छ । यौन शिक्षाका विषयमा खुलेर बहस हुने हो भने यस्ता घटनामा कमि आउँछ । त्यसको लागि घरबाटै सुरु हुनुपर्छ । आमा बाबुले आफ्ना छोराछोरी दुबैलाई समानव्यवहारका साथै उनीहरु भित्र भएका यौन जिज्ञाशालाई सहज रुपमा खेलेर जानकारी दिनुपर्छ । त्यस्तै विद्यालयमा यौन शिक्षाका बारेमा खुलेर सिकाई हुनु जरुरी । साथसाथै सेल्फ डिफेन्सका कुराहरु पनि सिकाईनुपर्छ । जसका कारण सजिलै कुनै पनि केटी मान्छे बलात्कृत हुन पाउँदिनन् ।

सरकारी तवरबाट के गर्नुपर्छ ?
हरेक विद्यालयमा यौन शिक्षाका बारेका खुलेर पढाउने व्यवस्था हुनुपर्छ । राज्यका कानुन व्यवहारमै आउनुपर्छ । कार्यान्वयन भएन भने कानुन बनाएर मात्रै केही पनि हुँदैन । पीडिक पक्ष खुलेआम हिडिरहने र पीडित पक्ष लुकेर बस्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ ।

गैरसरकारी संस्थाको भूमिका कस्तो देख्नुहुन्छ ?
जतिपनि सामाजिक काम गर्ने भनेर एनजिओ आइएनजिओहरु संचालनमा छन, उनीहरूले पीडितको भावना नै बुझेका हुँदैनन् । एक दुईको वकालतपछि त्यस्ता घटनालाई सजिलै भुल्ने काम भइरहेको छ । कमसेकम पीडितको भावनाको कदर हुनुपर्छ । पीडितले उचित न्याय नपाउन्जेल लागि पर्नुपर्छ । आफ्नो दुःखलाई दुःख र अर्काको दुःखलाई सहानुभूति दिएर मात्रै हुँदैन । न्याय दिलाउने काममा लाग्नुपर्छ ।

हेर्नुहोस यो भिडियो : (मेरो साथी टिभीबाट)