तस्करीको गोली लागेर एक प्रहरी घाइते, जबाफी कारबाहीमा एक तस्कर मारिए

तस्करीको गोली लागेर एक प्रहरी घाइते, जबाफी कारबाहीमा एक तस्कर मारिए

इ-परेवा

@Eparewa

२०७५ पुस २९ गते आईतबार ०५:३८

रुपन्देही, भैरहवामा तस्करीको गोली लागेर एक प्रहरी घाइते भएका छन् । जवाफी कारबाहिमा प्रहरीको गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा गस्तीमा खटिएको प्रहरीमाथि भारतीय नम्बर प्लेटको मोटरसाइकलमा...

रुपन्देही, भैरहवामा तस्करीको गोली लागेर एक प्रहरी घाइते भएका छन् । जवाफी कारबाहिमा प्रहरीको गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ ।

सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा गस्तीमा खटिएको प्रहरीमाथि भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार तस्करको समूहले गोली हानेको थियो ।

प्रहरीको गोली लागेर घाइते भएका उनको अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी उपरीक्षक हृदय थापाले बताए । मृतक करिब ३०/३५ बर्षका छन । उनको शव पोष्टमार्टमका लागि भीम अस्पताल रुपन्देहीमा राखिएको छ ।

प्रकाशित मिति २०७५ पुस २९ गते आईतबार ०५:३८
प्रतिक्रिया दिनुहोस