थाइल्याडमा भैरहेको महिला टी–२० स्म्यास क्रिकेट प्रतियोगितामा अन्तर्गत आइतबार भएको दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको छ । यससँगै नेपालको सेमिफाइनलमा पुग्ने संभावना बलियो भएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले १९ ओभर तीन बलमा ६१ रनमा अलआउट भयो । मलेसियाका लागि युजरीना याकोपले ११ रन, सियो जीन इ ले १२ र मास एलसि यासमिनले नौ रन बनाइन् । त्यसपछि अरु २४ रन थप्दा मलेसियाले सात विकेट गुमायो । मलेसियाका लागि दुई खेलाडीले मात्र दोहोरो अंक जोड्न सके ।

जवाफी ब्याटिङ गरेको नेपालले १६ ओभर दुई बलमा चार विकेट गुमाउदै लक्ष्य पूरा गर्‍याे । १४ रन हुँदा पहिलो विकेट गुमाएको नेपालको जितमा सिता रानामगरले १६, रोमा थापाले २०, काजल श्रेष्ठले ६ र ममता चौधरीले नौ रन जोडीन । नेपालले सुरुवातमा राम्रो गर्न सकिरहेको थिएन । पहिलो विकेट पश्चात सम्हालेको नेपालले अन्तत जित सुनिस्चित गर्‍यो ।