ललितपुर– ललितपुरको लगनखेल बसपार्कमा प्रेसर कुकर बम फेला परेको छ । लगनखेलमा प्रहरी चौकीको अन्दाजी ५० मिटर अगाडि र पुलिस बिटको छेउमा बम भेटिएको हो । यो समाचार रातोपाटी डटकममा लेखिएको छ ।

बम हेर्न अहिले सर्वसाधारणको भीड लागेको छ । फोहोरको थुप्रो नजिकै राखिएको बमका कारण सर्वसाधारण त्रसित बनेका छन् । बम राखिएका कारण अहिले लगनखेल बसपार्क खालि गराइँदैछ । प्रहरीले अहिले सर्वसाधारणलाई बम भन्दा १०० मिटर पर हटाइसकेको छ ।

 

 

 

यस्तै राजधानी काठमाडाैंकाे सुकेधारा र अनामगनरमा आइतबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । सुकेधारा विस्फोटमा घाइते भएका मध्ये थप एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यसअघि सुकेधारा विस्फोटमा दुई र अनामनगर विस्फोटमा एक जनाको मृत्यु भएको थियो । घाइते सात जनाको उपचार भइरहेको छ ।