काठमाडौं – पछिल्लो समय नेपाल विधुत प्राधिरणका कार्यकारी निर्देशक कुलमान घिसिङ चर्चाको केन्द्रमा छन् । केहि दिन अघि संसदको लेखा समितिमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ माथि भ्रष्टाचार गरेको आरोप सहित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद अमनलाल मोदी खनिए पछि यो या त्यो रुपमा कुलमानको चर्चा चलिनै रहेको छ । यो समाचार अनलाईन मार्ग डट कमबाट लिगिएको हो ।

आम नागरिकहरु कुलमानले भ्रष्टाचार गर्नै नसक्ने बरु उनलाई बदनामीत बनाएर नेपाल विधुत प्राधिकरण बाटनै निकालेर देशमा फेरि अध्यारोको व्यापार गर्न खोज्नेहरु सलवलाएको आशंका गरिरहेका छन् ।

 

 

अत्यन्त न्युन संख्यामा रहेकाहरु चाँहि कुलमानले एक पटक उज्यालो बनाए भन्दैेमा सबै उनका कुरालाई अन्धभक्त भएर मान्नु हुँदैन त्यस माथि पनि अनुसन्धान हुनु पर्छ भन्ने पक्षमा रहेका छन् । कुलमान माथि गलत नियतका साथ हेर्नेहरु भने अन्यन्त न्युन मात्रामा रहेका छन् । जसले कुलमानको विरोध गर्छ त्यो पनि नागरिकको आँखामा गिरीहाल्ने अवस्था बनेको छ ।

यसै विच एक युटुव च्यानलको कार्यक्रममा कुलमान घिसिङको विषयले २ जना अतिथि विच स्टुडियोका झण्डै हात हालाहाल सम्मको स्थिति बनेको छ । एभरेष्ट नेपाल नामक युटुव च्यानलले आफ्ना अतिथिको रुपमा निम्त्याएका थियो , सामाजिक अगुवा एवं राजनितिक विश्लेषक भन्दै प्रेम कैदीलाई र सत्तारुढ नेकपाका युवा नेता भन्दै पुण्य गौतमलाई ।

कार्यक्रमको सुरुवात देखिनै खासगरि सत्तारुढ नेकापा माथि आक्रोसित र अन्यन्तै तल्लो स्तरको शब्दहरु प्रयोग गर्दै आएका कैदीले नेपाल विधुत प्राधिरणका कार्यकारी निर्देशक कुलामान घिसिङलाई सिधै तँ भन्दै कुलमान भारतीय दलाल हो भन्ने शब्द प्रयोग गरेका थिए ।

कैदीले कुलमानलाई भारतीय दलाल र अहिलेका प्रधानमन्त्री केपी ओलीलाई भ्रष्टाचारी भनेर संगीन आरोप लगाए पछि उनि सँगै अन्तवार्तामा बसेका नेकपाका युवा नेता पुण्य गौतम अन्तवार्ताकै क्रममा सिट बाट जुरुक्क उठेका थिए । कैदीको आरोपले आवेगमा आएका गौतमलाई सम्हाल्न कार्यक्रम प्रस्तोतालाई हम्मे हम्मे परेको थियो

कार्यक्रम प्रस्तोताले बस्नोस् भन्दा पनि गौतम म बस्दीन मलाई असह्रय भयो भन्दै तातीरहेका थिए । कार्यक्रममा कैदीले केपी सरकारलाई दलाल, लुटेरा र भातमारा सरकार सम्म भन्न भ्याए । कार्यक्रममा कैदीले कुलमानलाई विधुतको विकासको बाधक रहेको र भारतीयहरुको स्वार्थमा काम गरिरहको दलाल भनेका थिए ।

कुलमानलाई भ्रष्टाचारी भन्ने नेकपा सांसद अमनलाल मोदी एकदमा सहि रहेको भन्दै उनले फासिष्ट शैलिमा सांसद मोदीको विरोध गरिएको बताए । कुलमान नेपाल विधुत प्राधिकरणमा हुन्जेल नेपालको विधुत क्षेत्रको विकास नहुने पनि कैदीले ठोकुवा गरे । कुलमान माथि तल्लो स्तरमा कैदी खनिए पछि त्यसको प्रतिरक्षा गर्दै नेकापाका युवा नेता गौतम कैदी माथि जाइलागेका थिए ।

भिडियो हेर्नुहोस !