यस्तै राजधानी काठमाडाैंकाे सुकेधारा र अनामगनरमा आइतबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । सुकेधारा विस्फोटमा घाइते भएका मध्ये थप एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यसअघि सुकेधारा विस्फोटमा दुई र अनामनगर विस्फोटमा एक जनाको मृत्यु भएको थियो । घाइते सात जनाको उपचार भइरहेको छ ।

* लगनखेलको ‘बम’ डिस्पोज, ग्वार्को र सातदोबाटोमा पनि ‘शंकास्पद’ वस्तु
नेपाली सेनाले लगनखेलमा भेटिएको शंकास्पद वस्तु डिस्पोज गरेको छ । प्रहरीले दिएको प्रारम्भिक जानकारी अनुसार लगनखेलमा शंकास्पद प्रेसर कुकर देखिएपछि सेनालाई खबर गरिएको थियो ।

 

 

ललितपुर प्रहरी परिसर, जावलाखेलका एक अधिकारीका अनुसार सेनाको टोलीले साढे ७ बजे उक्त वस्तु डिस्पोज गरेको छ । अब सेनाले पोस्ट ब्लास्ट इन्भेस्टिगेसन (पीबीआई) थाल्नेछ । जसले त्यो वस्तु बम थियो/थिएन भन्ने पत्ता लगाउँछ ।

ग्वार्को र सातदोबाटोमा पनि शंकास्पद वस्तु ललितपुर प्रहरीका अनुसार ग्वार्को र सातदोबाटोमा पनि शंकास्पद वस्तु भेटिएको स्थानीय प्रहरीले खबर गरेको छ । अहिले ललितपुर प्रहरी परिसरको टोली त्यसतर्फ जाँदैछ । त्यो वस्तु बम हुनसक्ने आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोलीलाई पनि खबर गरिसकिएको छ ।

* काठमाडौंको कोटेश्वरबाट प्रहरीले ७ जना नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको कार्यकर्तालाई पक्राउ गरेको छ। गस्तीमा रहेको सशस्त्र प्रहरी बलको टोलीले ४ वटा प्रेसर कुकर बम सहित ७ जनालाई पक्राउ गरेको छ। साथै मसाल जुलुसका लागि बनाइएका मसाल र लाठीहरु पनि बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूलाई सशस्त्र प्रहरीले नेपाल प्रहरीको जिम्मा लगाएको छ।

भिडियो हेर्नुहोस !