१२ अंकलाई धेरैले अशुभ मान्दछन् । कसैलाई दशा लाग्दा वा आपत पर्दा मेरो त बाह्र बज्यो भन्छन् धेरै मान्छेहरु । बाह्र बजेको समय पनि धेरैले अशुभ काल ठान्छन् र कतै यात्रा गर्दा बाह्र बजेको समय छल्ने गर्दछन् । तर जति छले पनि एक दिन अर्थात् २४ घण्टामा २ पटक त बाह्र बजेरै छाड्छ घडीमा । आजको अनलाइन खबरमा लेखिएको छ ।

घडीमा बाह्र बज्नु प्राकृतिक नियम नै हो । तर यो दुनियाँमा एउटा यस्तो घडी छ जसमा कहिल्यै १२ बज्दैन । यो घडीमा किन बाह्र बज्दैन भन्ने कुरा थाहा पाउनुभयो भने तपाईं झनै अचम्ममा पर्नुहुनेछ ।

 

 

हो, स्विजरल्याण्डको सोलोथर्न सहरस्ति टाउन स्क्वाएरमा एउटा घडी छ । उक्त घडीमा कहिल्यै पनि बाह्र बज्दैन किनकि घडीमा केवल ११ वटामात्र अंक छन् । घडीमा १२ अंक गायब छ । त्यहाँसँगै रहेका अरु घडीमा पनि बाह्र बज्दैन ।

यो सहरको अर्को विशेषता भनेको यहाँका मानिसहरुमा ११ अंकप्रति विशेष लगाव छ । यहाँका जुनसुकै चिजको डिजाइन ११ अंकको आसपासमै घुम्ने गरेको छ । सहरमा चर्च तथा च्यापेलको संख्या पनि ११–११ रहेको छ । त्यसका अलावा संग्रहालय, ऐतिहासिक झरना तथा टावर पनि ११ नम्बरकै रहेका छन् ।

सहरमा रहेको सेन्ट उर्सुस चर्चमा पनि ११ अंकको महत्व प्रष्टसँगै देख्न पाइन्छ । यो चर्च ११ वर्षमा निर्माण सम्पन्न भएको थियो । त्यहाँ ३ वटा सिँढीको सेट छ र हरेकमा ११ वा पंक्ति रहेका छन् । साथै चर्चमा ११ वटा ढोका र ११ वटा घण्टी रहेका छन् ।

सहरबासीहरुमा ११ नम्बरसँग यतिधेरै लगाव छ कि बालबालिकाहरुको ११ औँ बर्थडे विशेष रुपमा मनाउँदछन् । त्यस अवसरमा दिइने उपहारहरु पनि ११ अंकसँग विशेष सम्बन्धित रहेका छन् ।

* धेरै तनाव लिनेलाई मष्तिष्क संकुचनका साथै स्मरण शक्तिमा ह्रास– अध्ययन

जो मानिस धेरै तनाव लिएर बाँचिरहेका छन्, उनीहरु सजग हुनुपर्ने बेला आएको छ। यदि तपाईं धेरै तनाव लिएर जीवन जिउँदै हुुनुहुन्छ भने तपाई ५० वर्ष नपुग्दै तपाईंको स्मरण शक्तिमा ह्रास आउनुका साथै मष्तिष्क संकचुन पनि गराइदिने एक अध्ययनले बताएको छ। यो अध्ययन जर्नल न्युरोलोजीमा प्रकाशित भएको हो।

युटी हेल्थ स्यान एन्टानियोकाका न्युरोलोजी प्रोफेसर डा.सुधा सेसाद्रीका अनुसार अध्ययनमा युवा उमेरमै स्मरण शक्ति घट्नुका साथै मष्तिष्क संकुचन भएको पाइएको छ।
त्यसैले तनवारहित जीवन जिउनको अर्को विकल्प छैन।

उच्च मात्रामा रहेको कोर्टिसल नामक स्टे«स हार्मोनले मष्तिष्कको कार्य, आकारको अनुमान गर्ने गर्दछ। कोर्टिसल हाम्रो शरीरको मुख्य स्ट्रेस हार्मोन हो जब हामी एकदम तनावमा हुन्छौँ एड्रिनल ग्ल्यान्डले अझ धेरै कार्टिसल उत्पादन गर्छ।

त्यो हार्मोनले शरीरका विभिन्न क्रियाकलापहरु बन्द गराइ जीवन जिउन अप्ठ्यारो पार्छ। त्यसैले कोर्टिसलको मात्रा बढ्यो भने यसले शरीरले काम गर्न छोड्नुका साथै चिन्ता बढ्ने, मुटु रोग, टाउको दुख्ने, तौल बढ्ने, निद्रामा गडबडी हुनुका साथै स्मरण शक्ति र एकाग्रतामा पनि कमी ल्याउँछ।

विज्ञहरुका अनुसार मष्तिष्कको विशेष तह कमजोर हुने हुनाले सबै पोषक तत्वहरुले यसलाई अनुकुल गर्न आवश्यक छ । केथ फोले भन्छन, ‘मष्तिष्क एकदम भोको अंग हो यसलाई स्वस्थ्य बनाइरहन र राम्ररी सञ्चालन गर्न धेरै मात्रामा पोषक तत्व र अक्सिजनको आवश्यकता पर्छ।’

पहिलाका अध्ययनहरुले पनि कोर्टिसल र डिमेन्सिया (बिसिर्नेरोग) बीच सम्बन्ध रहने बताएका थिए । यसमा चाहिँ मुख्य गरी बुजु्रक र मेमोरी क्षेत्रबिचको अध्ययन गरिएको छ, जसलाई हिप्पोक्याम्पस भनिन्छ।

सेसाड्री भन्छन् अध्ययन ४८ उमेर हाराहारीका महिला र पुरुषमा गरिएको थियो । अध्ययनमा उनीहरुको हिप्पोक्याम्पस मात्र होइन, सम्पूर्ण मष्तिष्कको एमआरआइ पनि गरिएको थियो। अध्ययनकर्ताहरुले डिमेन्सिया नभएका करिब दुई हजार जना मानिसहरुालई मनोवैज्ञानिक परिक्षा दिन लगाएका थिए। जसमा उनीहरुको सोच्न शक्ति पत्ता लगाउन लिइएको थियाे।

यो अध्ययन फ्रेमिङघम हर्ट स्टडीको को एक पाटो हो । आठ वर्षपछिको प्रारम्भिक परिक्षण पछि फेरि त्यो समुहलाई पुनः मुल्यांकन गरियो । बे्रकफास्ट भन्दा अगाडी ब्लड सेरम कोर्टिसल जाँचियो । मष्तिष्कको एमआरआइ गरियो र मेमोरी टेस्ट पनि धेरै चोटी गरियाे।

अध्ययनमा जब उमेर, लिंग, उचाइ तौल अनि धुमपान पनि जाँचियो र अध्ययनले के पत्ता लगायो भने उच्च मात्रामा कोर्टिसल भएका व्यक्तिमा स्मरण शक्ति कम हुने हुन्छ।Nफोले भन्छन् म यो नतिजाबाट चकित भइँन किनकी जसमा उच्च मात्रामा कोर्टिसल छ उसलाई पक्कै पनि कुनै काम गर्न र बुझ्नमा कठिनाइ हुन्छ ।

त्यसैगरी अध्यनयमा के पनि पाइयो भने कार्टिसलले मष्तिष्कको आकारमा पनि प्रभाव पर्ने देखायो । उच्च मात्रामा रहेको कोर्टिसल मष्तिष्कको क्षतिसँग जोडिएको थियो जुन मष्तिष्क –कोरोना रेडियता) र दिमागका दुई गोलार्ध(कोरस कोलासम) बीचको जानकारी दिन्छ।

त्यसैगरी उच्च मात्रामा कोर्टिसल भएका मानिसहरुमा थोरै सेरेब्रम्स रहेको पाइयो जुन मष्तिष्कमा सबै भन्दा धेरै मात्रामा पाइन्छ । यसले मानिसको भावना, बोेली र मांसपेशीको कार्यका सहयोग पुर्‍याउँछ।

युवा उमेरमै तपाईको मष्तिष्कको आकारमा परिवर्तन आउन थाल्छ भने तपाई सोच्नुस् तपाईंलाई बुढेसकामलमा के होला । अध्ययनको रोचक पाटो के छ भने उच्च मात्रामा हुने कोर्टिसलले महिलाहरुलाई प्रभाव पारेका देखायो पुरुषमा होइन । एस्ट्रोजनले कोर्टिसल बढाउँछ , डा.रिचार्ड आइज्याकसन बताउँछन् । अध्ययनमा ४० प्रतिशत महिलामा त्यस्तो पाइयो।

सेसाड्री भन्छन् अध्ययनले हार्मोन रिस्पेल्समेन्ट थेरापीलाई प्रयोगमा ल्यायो । सेसाड्री भन्छन्, ‘अध्ययनको नतिजाले सम्बन्ध देखाएको छ कारण होइन । उच्च मात्राको कार्टिसल र डिमेन्सियाबीचको विस्तृत अध्ययन हुन जरुरी छ।’ उनले मानिसहलाई जीवन तनावरहित बनाउन 18मा परिवर्तन ल्याउनु पर्नेमा जोड दिइन्।

फोले सहमति जनाउँछन्, ‘हामी उदाहरणको रुपमा हेर्न सक्छौँ। जो मानिस नियमित व्यायाम गर्छ, उसलाई डिमेन्सिया हुने सम्भावना एकदम कम हुन्छ । त्यसैले केही समय आफ्नो लागि छुट्याउनुस्। मेडिटेशन गर्नुस् । तनाव हटाउन धेरै उपाय छन् जसले तपाईको जीवन सहज बनाउँछ।’

* किन हुन्छ बालकालिकामा कान पाक्ने समस्या ?
कान पाक्ने समस्या वयस्कको दाँजोमा बालबालिकामा बढी देखिन्छ। बालबालिकाको भित्री घाँटीको माथिल्लो भाग र कानको मध्य भाग जोड्ने नली छोटो, सिधा र फराकिलो हुने हुनाले रुघाखोकी तथा श्वासनलीसम्बन्धी समस्याले संक्रमण गराउँछ।

बालबालिकामा नाक बन्द हुँदा, नाकभित्र र घाँटीको माथिल्लो भागमा मासु पलाउँदा र रुघाखोकी तथा पिनास हुँदा कान पाक्नसक्छ। त्यसमाथि नवजात शिशुलाई आमाले सुतेरै दूध खुवाँउदा सक्र्यो वा बच्चाले उल्टी गरेको दूध कानमा पर्‍यो भने पनि कान पाक्ने सम्भावना हुन्छ।

कानको मध्य भागमा संक्रमण हुँदा कान बन्द हुने, नसुन्ने, कान कराउने, दुख्ने भई ज्वरोसमेत आउने गर्छ। मध्य कानको काम शारीरिक सन्तुलन ठिक राख्ने हुनाले कान पाक्ने समस्या हुँदा शारीरिक असन्तुलन हुने तथा रिङ्गटा लाग्ने पनि हुन्छ।

कानको जाली फुटेर पिप बाहिर निस्क्यो भने दुखाइ अलि कम हुन्छ। त्यस्तो हुँदा विस्तारै भित्री कान र टाउकोको हड्डी तथा मस्तिष्कको झिल्लीसम्मलाई असर गर्नसक्छ। यस्तो हुँदा मस्तिष्कमा पिप भरिने डर पनि हुन्छ। कान पाक्ने समस्या जीर्ण प्रकारको भई लामो समयसम्म रहनसक्छ। अतः कानको समस्यालाई हेलचेक्रयाँई गर्नुहुँदैन।

कानको बाह्य भागमा संक्रमण हुनसक्छ। यस्तो बेला कानको लोती चलाउँदा वा थिच्दा अत्याधिक पीडा हुन्छ भने कानको बाह्य भागमा बालतोड जस्तै रातो हुने, सानो खटिरा आउन सक्छ। कान पाक्ने समस्या गराउने किटाणुहरु एच इन्फुएन्जा, न्युमोकोकस, स्टाफाइलोकोकस अरियस आदि हुन्।

कान पाक्ने समस्याबाट प्रभावित हुनसक्ने बालबालिकालाई नुहाइदिँदा कानमा कपास राखिदिने गर्नुपर्छ। रुघाखोकी वा श्वास प्रणालीको संक्रमण हुँदा तुरुन्तै उपचार गराउनुपर्छ। कान चिलायो भनेर कहिल्यै पनि प्वाँख, सिन्का, कानकुट्टीले कान कोट्याउनु हुँदैन।