वि.सं.२०७६ साल ज्येष्ठ १४ गते । मङ्गलवार । इस्वी सन् २०१९ मे २८ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४० । ज्येष्ठ कृष्ण पक्ष । तिथि नवमी,१७ घडी ०३ पला,मध्यान्ह १२ बजेर ०१ मिनेट उप्रान्त दशमी । नक्षत्र पूर्वाभाद्रपदा,३१ घडी ५४ पला,बेलुकी ०५ बजेर ५७ मिनेट उप्रान्त उत्तरभाद्रपदा ।

योग विष्कुम्भ,२० घडी ०४ पला,मध्यान्ह ०१ बजेर १३ मिनेट उप्रान्त प्रीति । करण गर,मध्यान्ह १२ बजेर ०१ मिनेट वणिज,रातको १२ बजेर ५५ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा काण योग । चन्द्रराशि कुम्भ,बिहान ११ बजेर २१ मिनेट उप्रान्त मीन । पञ्चक । काठमाडौँमा सूर्योदय ०५ बजेर १२ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५२ मिनेट । दिनमान ३४ घडी १० पला ।

 

 

आजका लागि अशुभ समय :
राहु काल : दिउँसो ०३:२६ देखि ०५:०९ सम्म, यमघण्ट : बिहान ०८:३७ देखि १०:१९ सम्म , गुलिक काल : दिउँसो १२:०२ देखि ०१:४४ सम्म, काल वारवेला : दिउँसो ०१:४४ देखि ०३:२६ सम्म, रोग वारवेला : बिहान ०५:१२ देखि ०६:५४ सम्म र साँझ ०५:०९ देखि ०८:०९ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–
लाभ वारवेला : बिहान १०:१९ देखि १२:०२ सम्म, भोलि कतै यात्रा गर्ने उपयुक्त साइतको खोजीमा हुनुहुन्छ भने पुरुषको नेतृत्वमा पश्चिम र उत्तर दिशाको तथा स्त्रीको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको यात्रा शुभ हुन्छ ।

तर बाध्यतावश यात्रामा निस्कनै पर्ने छ भने मिठाइ वा तिल खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुने विश्वास गरिन्छ । पञ्चाङ्गखण्ड समाप्त भएको छ, यहाँ मैले प्रयोग गरेको समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्रादि र नामाक्षरमा पनि समय अन्तर हुनेछ ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिहानको समय उत्तम रहेकोले शिक्षा तथा बैङ्किङ क्षेत्रमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । मध्यान्हबाट माया प्रेममा मनमुटाब सिर्जना हुनेछ भने पति पत्नी बिच अविश्वास बढ्नेछ । साथीभाइ तथा आफन्त हरूको भेटघाटले नयाँ काम गर्ने अवसर आयपनि फाइदाको लागि अलि बढी मेहनत गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या आउने भए पनि दैनिक काम गर्न गाह्रो हुने छैन । पढाई लेखाइमा अलि बढिनै समय दिनुपर्नेछ ।

शुभरङ्ग : बैजनी वा पहेंलो शुभअङ्क : ४ शुभदिशा : उत्तर इष्टदेवता : कुल÷पितृदेवता अशुभ रङ्ग : हरियो÷चम्किलो अशुभ अङ्क : ७ अशुभ दिशा : पश्चिम कार्यसिद्धि मन्त्र : ॐ बृं बृहस्पतये नमः न्यूनतम जापसङ्ख्या : १९ के गर्ने : खर्र्चमा नियन्त्रण के नगर्ने : विलम्ब र ढिलासुस्ती

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बिहानको समय राम्रो रहेकोले नयाँ सवारी साधन तथा मन परेको भौतिक सम्पत्ति लाभ हुने गतिलो सम्भावना रहेको छ । नयाँ कामहरू गरेर आम्दानीका स्रोतहरू बढाउन सकिनेछ भने विभिन्न अवसरहरूले पछ्याउँने हुँदा राम्रा परिणाममुखी काम गर्न सकिनेछ । विद्यामा राम्रो प्रगति हुने हुँदा पढाई लेखाइमा मन जानेछ । सरकारी सम्पत्ति तथा पृत्रिक सम्पत्ति हात लागि हुने प्रशस्त सम्भावना रहेको छ । मध्यान्हबाट समय मध्ययम रहेकोले व्यापार गर्दा वा राजनीति सम्बन्धी काम गर्दा ख्याल गर्नुहोला ।

शुभरङ्ग : नीलो शुभअङ्क : ३ शुभदिशा : पश्चिम इष्टदेवता : शिवजी अशुभ रङ्ग : घिउरङ्ग÷क्रिम अशुभ अङ्क : ६ अशुभ दिशा : दक्षिण कार्यसिद्धि मन्त्र : ॐ सूर्यसुताय शनये नमः न्यूनतम जापसङ्ख्या : २३ के गर्ने : बन्दव्यापार र लाभमूलक काममा लगानी के नगर्ने : अनुशासन भङ्ग

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) पढाई लेखाइमा उच्च स्तरको सफलता हात लाग्नेछ भने प्राविधिक शिक्षामा समय खर्चिने हरूले राम्रो प्रगति गर्न सक्नेछन् । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ भने अग्रजहरूको सम्पत्ति प्रयोग गर्न पाइनेछ । नवीन बिचारको प्रयोग मार्फत व्यवसायलाई बढाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ भने कार्यक्षेत्रमा तपाईँको कामको उच्च सम्मान गरिनेछ ।

शुभरङ्ग : कालो शुभअङ्क : २ शुभदिशा : दक्षिण इष्टदेवता : कुल÷पितृदेवता अशुभ रङ्ग : कलेजी अशुभ अङ्क : ५ अशुभ दिशा : पूर्व कार्यसिद्धि मन्त्र : ॐ कुलदेवताभ्यो नमः न्यूनतम जापसङ्ख्या : २३ के गर्ने : जग्गाजमिन र घरायसी बन्दोवस्तीको प्रयास के नगर्ने : अल्छीपन र अकर्मण्यता

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) लामो समयदेखि रोकिएका कामहरू बन्नुको साथै गरिरहेको कामबाट मनग्गे आम्दानी हुनेछ । आफन्त तथा जीवन साथीको साथ पाइने हुनाले मन प्रसन्न हुनेछ । समाजमा तारिफयोग्य काम गरी नाम कमाउन सकिनेछ भने सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु पर्नेछ । उच्च शिक्षाको लागि लामो दुरीको यात्रा हुनेछ । बिहानको समय मध्ययम रहेकोले सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

शुभरङ्ग : गाढा पहेंलो वा केशरी शुभअङ्क : ९ शुभदिशा : पूर्व इष्टदेवता : धर्मराज अशुभ रङ्ग : चम्किलो÷उज्यालो अशुभ अङ्क : ४ अशुभ दिशा : उत्तर कार्यसिद्धि मन्त्र : ॐ धर्मराजाय नमः न्यूनतम जापसङ्ख्या : १९ के गर्ने : धार्मिक, सामाजिक र परोपकारी काम के नगर्ने : अपमान

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पढाई लेखाइकै सवालमा देश विदेशको यात्रा तय हुनेछ । माया प्रेमको सम्बन्ध विवाहमा परिणत गर्ने सहमति जुट्नेछ । मध्यान्हबाट कामहरू समयमा सम्पन्न नहुने हुँदा दुख पाउने समय रहेको छ भने आर्थिक व्यवस्थापन गर्न नजान्दा घरायसी समस्याहरू सुल्झाउँन असजिलो हुनेछ । बैक तथा वित्तीय संस्थामा गरिएको लगानी बाट भने थोरै भए पनि आम्दानी हुनेछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्या हुँनसक्छ ध्यान दिनुहोला ।

शुभरङ्ग : नीलो शुभअङ्क : ८ शुभदिशा : उत्तर इष्टदेवता : भगवान् महादेव अशुभ रङ्ग : हरियो अशुभ अङ्क : ३ अशुभ दिशा : पश्चिम कार्यसिद्धि मन्त्र : ॐ मृत्युञ्जयाय नमः न्यूनतम जापसङ्ख्या : १० के गर्ने : आवेग, संवेग, रिसराग र क्रोधमा नियन्त्रण के नगर्ने : सट्टापट्टा र जोखिमपूर्ण काम

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) अध्ययन अध्यापनमा अरूलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ नयाँ काम गर्ने जोस जाँगर बढेर आउनेछ । रमाइलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगि बढ्न सकिनेछ भने माया प्रेम गर्नेहरूले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसी भएको महसुस गर्नेछन् । व्यापारकै सिलसिलामा यात्रा हुने योग रहेको छ ।

शुभरङ्ग : हलुका रातो शुभअङ्क : ७ शुभदिशा : पश्चिम इष्टदेवता : राधाकृष्ण अशुभ रङ्ग : पहेंलो अशुभ अङ्क : २ अशुभ दिशा : दक्षिण कार्यसिद्धि मन्त्र : ॐ कामदेवाय नमः न्यूनतम जापसङ्ख्या : ११ के गर्ने : पति÷पत्नी र प्रेमी÷प्रेमिकाको भावनालाई बुझ्ने प्रयास गर्ने के नगर्ने : कामुकता

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यवसायमा लगानी बढाउँदा मनग्गे लाभ हुनेछ । प्रतिष्ठित व्याक्तिुसँग प्रतिस्पर्धा गर्नुपरेपनि अन्ततः तपाईँकै पक्षमा नतिजा आउँदा मन खुसी हुनेछ । पढ्न पाठनमा अलि मन नजाँदा गृहकार्यहरू समयमा सकाउन मुस्किल पर्नेछ । रमाइलो यात्रा हुनेछ भने आफन्त तथा शुभचिन्तकसँगको भेटले उत्साह जगाउनेछ । प्रणय सम्बन्धमा विश्वास बढेर जाने तथा विवाह मार्फत सम्बन्धलाई लामो समय सम्म टिकाउन सकिनेछ । विवाद प्रतिस्पर्धामा विपक्षहरूलाई हराउँदै अगाडि बढ्न सकिनेछ । साझपख भौतिक सम्पत्ति तथा उपहार प्राप्तिको योग रहेको छ ।

शुभरङ्ग : सेतो वा घुर्मैलो शुभअङ्क : ६ शुभदिशा : दक्षिण इष्टदेवता : विष्णु भगवान् अशुभ रङ्ग : सुन्तले÷गुलाबी अशुभ अङ्क : १ अशुभ दिशा : पूर्व कार्यसिद्धि मन्त्र : ॐ धन्वन्तरीदेवाय नमः न्यूनतम जापसङ्ख्या : ०८ के गर्ने : कुरा काट्ने र प्रतिद्वन्द्वीसित सतर्क रहने के नगर्ने : मुद्दामामिला र झैझगडा

वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु) सुधारात्मक क्षेत्रमा गरिएको लगानी त्यसै खेर जानेछ । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा अलि बढी समय दिए सकारात्मक नतिजा निकाल्न सकिनेछ । व्यापार व्यवसायमा गरिएको लगानी बाट सोचे जस्तो प्रतिफल प्राप्त नहुन सक्छ । मध्यान्हबाट समय राम्रो रहेकोले भौतिक सम्पत्ति तथा विलासी बस्तुको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

शुभरङ्ग : आकासे शुभअङ्क : ९ शुभदिशा : पूर्व इष्टदेवता : सरस्वती माता अशुभ रङ्ग : कालो अशुभ अङ्क : ३ अशुभ दिशा : उत्तर कार्यसिद्धि मन्त्र : ॐ वाग्देव्यै नमः न्यूनतम जापसङ्ख्या : ०७ के गर्ने : आध्यात्मिक वा दार्शनिक विषयको ज्ञान लिने के नगर्ने : अहङ्कार

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बिहानको समय राम्रो रहेकोले नियमित काममा दाजुभाइ तथा आफन्तको सहयोग हुने हुँदा मन प्रसन्न हुनेछ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैयाँ पैसा कमाउन सकिनेछ । छोटो,रमाइलो तथा उपलब्धिमूलक यात्रा हुने अधिक सम्भावना रहेको छ । मध्यान्हबाट हतारमा निर्णय लिँदा आफैलाई समस्या पर्न सक्ने तथा अरूको निम्ति प्रयोग भइनेछ । कुनै पहत्वकाक्षी योजनाहरू भए केही समयको लागि थाती राख्नुहोला ।

शुभरङ्ग : कलेजी शुभअङ्क : ४ शुभदिशा : उत्तर इष्टदेवता : अष्टमातृका अशुभ रङ्ग : गाढा नीलो अशुभ अङ्क : २ अशुभ दिशा : पश्चिम कार्यसिद्धि मन्त्र : ॐ अष्टमातृकाभ्यो नमः न्यूनतम जापसङ्ख्या : ११ के गर्ने : आमाको वा बृद्ध स्त्रीको आशीर्वाद ग्रहण गर्ने के नगर्ने : लोभ र मोह

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अर्थ उपार्जनका विभिन्न स्रोतहरू जुट्ने हुनाले पछिसम्म आम्दानी हुने व्यवसायमा लगानी बढाउन सकिनेछ । परिवारका साथ रहेर मिष्टान्न भोजन लिने अवसर मिल्नेछ । तपाईँले सुरु गर्नुभएको कामको दाजुभाइ तथा छिमेकीबाट उच्च मुल्याङकन हुने ग्रहयोग रहेकोेछ । व्यापार व्यवसायमा भनेजस्तो नाफा कमाउन सकिनेछ भने छोटो तथा रमाइलो व्यावसायिक यात्राको तय हुनेछ । आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न रहनेछ । विवादित विषयहरूको नतिजा तपाईँ आफ्नै पक्षमा आउने हुनाले मन प्रसन्न हुनेछ ।

शुभरङ्ग : हरियो शुभअङ्क : ३ शुभदिशा : पश्चिम इष्टदेवता : गणेश अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे अशुभ अङ्क : १ अशुभ दिशा : दक्षिण कार्यसिद्धि मन्त्र : ॐ कार्यविनायकाय महागणाधिपतये नमः न्यूनतम जापसङ्ख्या : ०८ के गर्ने : परोपकारी र सामाजिक काममा मन दिने के नगर्ने : दुःखीको अपमान

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) नयाँ प्रकृतिको व्यवसायमा लगानी गर्दा प्रशस्त धन तथा भौतिक वस्तुहरू जोड्न सकिनेछ । काउन्सेलिङ,मोटिभेसन,सञ्चार पेसा व्यवसायमा समय खर्चिनेहरूका लागि समयले साथ दिनेछ । सामाजिक तथा पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । मन पर्ने भोजन,उत्तम वस्त्र तथा विलासी बस्तुको प्रयोग गर्न पाइने हुनाले मन प्रसन्न रहनेछ । लामो समयदेखि भेटघाट नभएका मित्रहरू भेटिने योग रहेको छ ।

शुभरङ्ग : सेतो शुभअङ्क : २ शुभदिशा : दक्षिण इष्टदेवता : लक्ष्मी माता अशुभ रङ्ग : पहेंलो अशुभ अङ्क : ९ अशुभ दिशा : पूर्व कार्यसिद्धि मन्त्र : ॐ सिद्धिलक्ष्म्यै नमः न्यूनतम जापसङ्ख्या : ११ के गर्ने : चेलीबेटी र कुटुम्बसँग नम्र व्यवहार गर्ने के नगर्ने : फजुल खर्च

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) चलचित्र तथा मनोरञ्जन क्षेत्रमा समय बित्नेछ । गीत सङ्गीत तथा मोडलिङमा विशेष चासो बढ्नेछ । पढाई लेखाइमा मन जाने हुनाले सफलता हात लाग्नेछ । व्यवसायमा प्रशस्त आम्दानी गर्न सकिनेछ भने आर्थिक क्षेत्र मजबुत रहनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले पद प्राप्तिको योग बन्नेछ । प्रणय सम्बन्धमा सुधार भएर जानेछ भने पति पत्नीबिच मायाको डोरो कसिलो भएर जानेछ । बिहानको समयमा लामो दुरीको यात्रा हुने योग रहेको छ ।

शुभरङ्ग : गुलाबी शुभअङ्क : १ शुभदिशा : पूर्व इष्टदेवता : हनुमान् अशुभ रङ्ग : हरियो अशुभ अङ्क : ८ अशुभ दिशा : उत्तर कार्यसिद्धि मन्त्र : ॐ अं अङ्गारकाय नमः न्यूनतम जापसङ्ख्या : १० के गर्ने : नैराश्यभाव त्याग गर्ने के नगर्ने : कल्पनामा र भावनामा डुब्ने काम

तपाईँको दिन शुभ रहोस् ।