धेरैपछि भाइरल जोडी मिडियामा पहिलो Anniversary यसरी मनाए, बखत र प्रतिभा (भिडियो)
भाईरल जोडी ‘बखत र प्रतिभा’ले बिबाहको एक बर्ष पुगेको उपलक्ष्यमा खुशियाली मनाए । उनीहरुले यश अवसरमा निकै रमाईला कुराकानी गरे । प्रतिभा खुलेर खुशीयाली मनाउदै थिईन, बखत अलि गम्भीर देखिए । यस अवसरमा दुबै जनाले संगै जुनि काट्ने, साथ दिने बाचा समेत गरे ।

 

 

 

 

* ‘बखत र प्रतिभा’को यस्तो छ जीवन कहानी !

यो संसारमा असम्भव भन्ने कुरा केही पनि छैन । हामिले सोचेको भन्दा भिन्न भिन्न कुराहरू यो दुनियाँमा दिनहुँ जसो भैरहेको हुन्छ । कोहि जानाजान चर्चामा आउनलाई नौलो काम गर्छन भने कोहि अन्जानमै चर्चित हुन्छ । नेपालमा हालै यस्तै फरक धारको जोडि चर्चामा आएको छ । यो अचम्मको जोडी मध्येका श्रीमान बच्चा भन्दा पनि सानो छ ।

कैलाली टिकापुरको बखत विष्ट र प्रतिभा चौधरी प्रेममा छँदा पत्याउने सायदै हुन्थे । तर बखतले प्रतिमालाई मन मात्रै पराएनन् । डेट मात्रै गरेनन् आफ्नी बनाएरै छाडे । अन्तत प्रतिभाले आफ्नो नामको अगाडी अहिले प्रतिभा चौधरी भन्न छाडेर अहिले प्रतिभा विष्ट मात्रै भन्छिन् ।

आफ्ना पतिको नामको थर अगाडी राख्न पाउँदा आँफु धेरै खुशी भएको प्रतिभा बताउँछिन् । बखतले प्रेम प्रस्ताव राखेपछि प्रतिभाले पनि नर्कान नसकेपछि टिकापुरको यो जोडी काठमाडौँ आएर अहिले संघर्ष गरिरहेको छ । बिहे गरेको २ महिनामै परिवारले छुटाएपछी यो जोडि काठमाडौ छिरेको हो ।

 

 

बखत उमेरले २४ लाग्न लागि सके तर उमेर अनुसार ज्यान भने देखिन्न तर उनको श्रीमती प्रतिभा भने जम्मा १८ बर्षमात्र पुगेकी छिन, उनको उचाई चाहि उमेर अनुसार नै देखिन्छ । त्यसैले पनि यो जोडि अहिले चर्चा संगै सबैको रमाइलोको पात्र समेत बनेका छन् । प्रतिभालाई बखतले दिदिको देवरको बिहेको बेला भेटेका थिए ।

सो बिवाहमा यी दुबैले “पर्ख पर्ख मायालु” गीतमा नृत्य गरेको र त्यहिबाट एकअर्कालाई मन पराउन थालेको कुरा एक अन्तरबार्तामा बताएका छन् । त्यहा भेटेपछि करिब ६ महिनाको अफयर चलेको बताउने बखतको यो दोश्रो बिवाह हो भनेर पनि हल्ला चलेको छ । तर उनले यसलाई सो अन्तरबार्तामा प्रष्ट्याएका छन् । पहिलेको अन्तरबार्तामा कसैले रमाईलोको लागि भनेर भन्न लगाएको कुरालाई सबैले साचो सम्झिनु भयो,

 

 

तर यहि नै आफ्नो पहिलो बिवाह भएको बताएका हुन् । केही समय अघि बखतले आत्महत्या गर्ने प्रयास गरेको पनि बताएका छन् । आफ्नै परिवार भित्रका मान्छेले पनि सानो भनेर हेला गरेपछि अब नबाच्ने भन्दै बाग्मतीमा आत्महत्या गर्न जादा आफुलाई अर्को दाईले बचाएको सुनाए ।

फरक फरक जात, उमेर र उचाईको कारण पनि आफुहरुको सम्बन्धलाई घरपरिवारले छुटाउन दबाब हुने सम्भावना भएकोले दुबैजनाले घर छोडेर काठमाडौ प्रवेश गरेका हुन् । अब यो जोडि तत्काल घर पनि नफर्किने सोच बनाएको छ । काठमाडौमै दुख गरिरहेको यो जोडिका बखतले डान्सबारमा डान्स गर्छन् भने महिनाको त्यस्तै ५/६ हजार कमाई हुने बताउछन् ।

 

 

तर पछिल्लो समय सो काम पनि छोडेको भनेका छन् । यता उनको श्रीमती प्रतिभाले भने ज्याकेट बनाउने ठाउमा काम गरेर महिनाको ६ हजार जति कमाउछन । आफुहरुको कमाईले जेनतेन काठमाडौमा खानलाउन मात्र पुगेको उनिहरुले सुनाए । कलाकार बन्ने लक्ष्य पनि बोकेर हिडेका बखतलाई यतिबेला अफरहरु पनि आउन थालेको छ । केही टेलिफिल्ममा उनले अभिनय गरिसकेका छन भने अरुमा कुरा चलिरहेको छ । भिडियो ।