प्रहरीले अवैध लागुऔषध २२ किलो गाँजा सिरहाको भगवानपुर गाउँपालिका १ कल्याणपुरका देवेन्द्र यादवको घरमा लुकाएर राखिएको २२ किलो गाँजा प्रहरीले बरामद गरेको हो । 

यादवको घर गाँजा लुकाएको गोप्य सूचना पाएपछि ईलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक राजेश थापा नेतृत्वको  प्रहरी टोलीले खोजतलाश गर्दा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता माधवराज खरेलले जानकारी दिए।

भारतीय बजार लौकहादेखि ४ किलोमीटरको दुरीमा गाँजासहित यादवलाई नियन्त्रणमा लिई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लहानमा राखिएको छ ।