उखुबारीमा भेटियो शव, पहिचान हुन सकेन !

रौतहटको गौर नगरपालिकामा एक पुरुषको शव फेला परेको छ । गौर चन्द्रनिगाहपुर सडक खण्डको गौर ७ सिसवाको उखुबारीमा शव फेला परेको हो । उखुबारीमा घाँस लिन गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक व्यक्तिको पहिचान हुन नसकेको तथा शवलाई पोष्टमार्टमाका लागि जिल्ला अस्पताल गौरमा राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नवीन कार्कीले बताए ।

 

 

‘अन्दाजी ५० वर्षका पुरुषको शव फेला परेको छ’, डिएसपी कार्कीले भने ‘उनको साथबाट पहिचान खुल्ने केही भेटिएको छैन । पोष्टमार्टम रिपोर्ट पछि घटनाका बारेमा कुराहरु खुल्छन् ।’ केही दिन पहिले नै अन्य कुनै ठाउँमा हत्या गरी कसैले शवलाई फालेको आशंका स्थानीयले गरेका छन् । घटनाको बारेमा अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ ।