सूर्यविनायक–धुलिखेल सडकखन्ड ८ लेनमा बिस्तार हुने भएको छ । अरनिको राजमार्ग अन्तर्गतको उक्त सडक जापान सरकारको ऋण सहयोगमा निर्माण गर्ने तयारी भइरहेको छ। उक्त सडक खन्डको बिस्तार कार्य आगामी मार्चबाट तिव्र गतिमा सुरु हुने भएको छ ।सूर्यविनायक–धुलिखेल सडकखन्डको १५ किलोमिटर सडक विस्तारका लागि जापान सरकारले २३ अर्ब रुपैयाँ ऋण उपलब्ध गराउने यसअघि नै निर्णय गरिसकेको छ । तर उक्त ऋण भने नेपाल सरकारका तर्फबाट अहिलेसम्म स्विकृत भएको छैन। यो सडकखन्ड बिस्तार गर्नको लागि जापानी कम्पनी जाईकाले ऋण दिने प्रस्ताव गरेको छ। तर नेपाल सरकारले उक्त ऋण स्विकृत भने गरेको छैन । यो ऋण स्विकृत हुनासाथ यो सडकखन्ड बिस्तारको काम अगाडि बढ्ने छ ।


सुर्यविनायक धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले कतिपय काम भईरहेको र जाइकासँग ऋण सम्झौता हुनासाथ थप काम अगाडि बढ्ने आयोजनाका प्रवक्ता शिला श्रेष्ठले जनकारी दिनुभयो। आयोजनाका प्रवक्ता शिला श्रेष्ठका अनुसार, उक्त सडकखन्ड विस्तारका लागि जापानी संस्था जाइकाले २३ अर्ब ऋण उपलब्ध गराउने जनाएको छ । तर नेपाल सरकारका तर्फबाट उक्त ऋण स्विकृत भएको भने छैन ।


बढ्दो ट्राफिक जाम र दुर्घटना न्यूनिकरणका गर्ने हेतुले सरकारले हाल दुई लेनमा रहेको उक्त सडकलाई ८ लेनमा विस्तार गर्ने निर्णय गरेको छ। सोही निर्णय बमोजिम जापान सरकारसँग २३ अर्ब ऋण लिन लागिएको प्रवक्ता श्रेष्ठले जानाकारि गराउनु भयो।भयो
जापानीज टोलीले गत डिसेम्बरमा उक्त सडक विस्तारका लागि प्रारम्भिक अध्ययनसमेत गरेको थियो । अब ऋण सम्झौंता पछि विस्तारको काम तत्काल सुरु हुनेछ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठले समेत यो सडक खन्डको बिस्तारको काम अबको तीन महिना भित्र सुरु भइसक्ने कुरा जानाकारी गराउनु भयो ।सडक विस्तारका लागि हालसम्म सम्भाब्यता अध्यन, वातावरणीय प्रभाव बारे भने अध्ययन भैसकेको छ । सडक डिभिजन कार्यालय भक्तपुरले भने उक्त सडकखन्डको विस्तारको लागि प्रारम्भिक कामहरु तीब्र गतिमा गरिरहेको छ । जसमा घरटहरा भत्काउने काम धमाधम भैरहेको छ भने, रुखविरुवाहरु कटानी गर्नेको लागि सम्बनधीत निकायबाट स्विकृति लिने काम भैरहेको छ ।


वैदेशिक सहायता महाशाखाले अहिले जापानी टोली र नेपाल सरकारबिच ऋण सम्झौता हुने प्रक्रियामा रहेको जनाएको छ । महाशाखाका इन्जिनियर छविलाल पौडेलले आगामी मार्च महिनासम्ममा ऋण सम्झौंता भैसक्ने पनि जानकारी दिनुभयो। नेपाल सरकार र जापान सरकारका बिचमा ऋण सम्झौता भएपछि सडक विस्तारको काम नियमित रुपमा अघि बढ्ने बढ्ने छ । उहाँ भन्नुहुन्छ अबको ३ महिनाभित्रमा ऋण सम्झौता हुनसक्छ। उक्त ऋण सम्झौता पछि तत्काल काम अघि बढ्ने कुरा जानकारी दिनुभयो ।