लोकगीत पारखिको लागि प्रकाश सपुत र करिश्मा ढकालको “मायाको सुन्दर घर” सार्वजनिक ! (भिडियो)
लोकप्रिय गायिका पुर्णकला बि.सी र गायक दिपक गोर्खालीको “मायाको सुन्दर घर” बोलको गीत सार्वजनिक भएको छ । गोविन्द पौडेलको शब्द रहेको उक्त गीतमा हरि पाण्डेको संगीत रहेको छ ।

 

 

माया प्रेमका गीत गाएर सबैको मन जित्न सफल गायिका पुर्नकला बि.सीको उक्त गीतमा पनि माया , प्रेमका भाव समावेश गरिएको छ । लोकप्रिय प्रकाश सपुत र करिश्मा ढकालको अभिनय रहेको उक्त गीतको भिडियो करण चैसिरले छायाँकन गरेका हुन् ।

माया पिरतीको भाव समावेश गरिएको उक्त गीतको भिडियोमा प्रकाश सपुत र करिश्मा ढकाललाई माया गर्ने जोडीको रुपमा देख्न सकिन्छ भने रोमान्टिक बन्दै नृत्य गरेका देख्न सकिन्छ । जमुना राणाको निर्देशनमा तयार भएको गीतको भिडियोलाई मनोज कार्कीले संपादन गरेका हुन् ।

यस्तै प्रकाश सपूत पछिल्लो समयका निकै चर्चित गायक हुन । उनको बोल माया चर्चित भएपछी उनी झनै चर्चित बने । भर्खरै रिलिज बहेको गलबन्दिले पनि निकै सफलता पाईरहेको छ । उक्त गीतहरुमा उनको अभिनय, स्वर रहेको छ । यस्तै लोकगित पारखिको लागि उनको अभिनयमा आएको यश गितले भने कत्तिको सफलता प्राप्त गर्छ हेर्न बाकी छ ।

भिडियो हेर्नुहोस ।