दाईजो नल्याएको भन्दै श्रीमानले नै गरे कुटपिट, बच्चा पनि खेर गयो, यसरी पोखिन् पीडा !
दाईजोमा फर्निचर सामान र मोटरसाईकल नदिएको भन्दै सर्लाहीमा एक युवती आफ्नै श्रीमानको कुटपिटबाट घाईते भएकी छिन् । एक लाख रुपैयाँ दाईजो दिएर २०७५ फागुन २९ गते विवाह बन्धनमा बाधिएकी १८ वर्षिया बिनितादेवी यादव श्रीमानको कुटाईबाट घाईते भएकी हुन् ।

ठुलाठुला सपना बोकेर जन्मघर मलंगवा ७ मुसैली छोडी श्रीमानको घर मलंगवा नगरपालिका ५ भाडसर गएकी विनिता विवाह भएको दुई चार दिन नबित्दै दाईजोमा फर्निचर तथा मोटरसाइकल नदिएको भन्दै श्रीमानबाट मानसिक यातना सहन बाध्य भईन् । श्रीमान राजकुमार खिरहरीले दाईजोकै निहूमा कुटन सुरु गरेपछि बिनिताको सपना चकनाचुर भयो ।

 

 

गत शनिवार ४ गते श्रीमानको कुटपिटबाट विनिता गम्भीर घाईते भएकी छिन् । उनको मुख तथा आँखा र शरीर विभिन्न भागमा चोट लागेको छ । श्रीमानकै कुटपिटका कारण डेढ महिनाको गर्भ समेत खेर गएको विनिताको भनाई छ । पिडित विनिताका अनुसार उनको श्रीमानको दिदिको विहे ३ वर्ष अघि उनको दाईसँग भएको थियो ।

विवाह पश्चात आफ्नो घर आउने जाने गरेका राजकुमारले मलाई ललाई फकाई प्रेम जालमा पारे । उसले मलाई तिन पटक घरबाट भगाएर अन्तै समेत राख्यो । त्यही क्रममा बिहे हुनुभन्दा पहिला नै म गर्भवति भए । अव विहे गर्नुपर्छ भन्दा भन्दै जबरजस्ती मेरो गर्भमा रहेको बच्चाको गर्भपतन गरायो । गर्भपतन गराएपछि श्रीमान विदेश जाने कुरा भयो ।

हाम्रो विहे अघि ऊ विदेश थियो । उसैले विदेशबाट पठाएको स्क्रिनटच मोबाईलमा हाम्रो सधैं कुराकानी हुन्थ्यो । विदेश गएको एक वर्ष नबित्दै ऊ घर आयो । ऊ आएर पछि पनि हामीले धेरै समय घर वाहिर नै वितायौं । त्यसपश्चात उसको बुवासँग हाम्रो विवाहको प्रस्ताव राखियो । तर वुवाले टन्नै दाईजो मागे पनि समाजिक रुपमा मेरो वुवा आमाले एक लाख दाईजो दिएर फागुनमा विवाह गरि दिनुभयो ।

“विवाह पश्चात म श्रीमानको लागि बोझ बन्दै गएँ । जति वेला हामी प्रेम सम्बन्धमा थियौं, त्यति वेला म भन्दा अरु कोहि प्यारो नलाग्ने अहिले भाउजुसँग प्रेम सम्वन्धको विरोध गर्दा मेरो श्रीमानले मलाई मरनासन्न हुने गरी कुटदा बच्चा पनि खेर गयो ।” – डाको छोडेर रुदै बिनिताले भनिन् । स्रोत: टाईम्स अफ नेपाली ।