प्रियंका कार्की भावुक हुँदै मिडियामा,”Cannes” ड्रेस विवाद र कन्ट्रोभर्सी बारे यस्तो भनिन् ! (भिडियो हेर्नुहोस)
काठमाडौं – नेपाली अभिनेत्री प्रियंका कार्की विश्वकै चर्चित फिल्म फेस्टिभलको रुपमा चिनिएको ‘कान्स फिल्म फेस्टिभल २०१९’ मा सहभागीता जनाएर स्वदेश फर्किएकी छिन् । फ्रान्समा आयोजना भएको ७२ औँ ‘कान्स फिल्म फेस्टिभल’ मा नेपालले पहिलो पटक प्रतिनिधित्व गर्ने मौका पाएको थियो ।

 

 

उक्त फेस्टिभलमा विश्वभरबाट छानिएका धेरै कलाकारहरु सहभागी भएका थिए । नेपालको तर्फबाट कान्समा सहभागिता जनाएकी अभिनेत्री प्रियंका रेड कार्पेटमा निकै सुन्दर देखिएकी थिइन् । उनले त्यहा हलिउड देखी बलिउडका सेलिब्रेटीलाई समेत भेटेकी थिइन् ।

यसैबिच क्यानडा नेपालका लागि पत्रकार मदन रिजाल सँग गरीएको एक अन्तरबार्तामा उनले बलिउडका चर्चित अभिनेत्रि दिपिका पादुगोण, अभिनेत्रि प्रियंका चोपडा, सोनाम कपुर लगायतका कलाकारलाई भेटेको बताएकी छिन् । कान्समा भारतको सहभागीता बढ्दै गएकोले भारतलाई कान्समा सबैले राम्रो सँग चिनेको अभिनेत्रि प्रियंकाले बताएकी छिन् ।
तर नेपाललाई चिनाउन अहिले देखि नै कसरी र के गरेर हुन्छ आफु लागी पर्ने बताएकी छिन् । कुराकानीमा उनले कोहि पनि नपुगेको ठाउँमा आफु गएर देख्न पाउदा धेरै खुशि लागेको बताएकी छिन् ।

प्रियंकाको बारेमा:
प्रियंकाको जन्म २०४३ साल फागुन २५ गते काठमाडौंमा बाबु भुपेन्द्र कार्की (व्यवसायी) र आमा रक्षा मल्होत्रा (एयर होस्टेस)बाट भएको हो। उनले १८ वर्ष (२०६१ साल)मा ‘मिस टिन नेपाल’ उपाधि जितेकी थिइन्। त्यतिबेला ‘मिस बिकिनी’, ‘मिस ट्यालेन्ट’ र ‘मिस इन्टेलिजेन्ट’ समेत उनले हात पारेकी थिइन्।

कुनै बेला कान्तिपुर टिभीमा भिजेको काम गरेकी उनी टिभी सिरियल ‘घरबेटी बा’बाट आफूलाई दर्शकमाझ लोकप्रिय भएकी थिइन्। ३२ वर्षीया प्रियंकाले ‘थ्री लभर्स’बाट नेपाली सिने क्षेत्रमा पाइला टेकेकी हुन्। हाल उनी मोडलिङ र फिल्म दुवै क्षेत्रमा व्यस्त छिन्। धेरै ब्रान्डहरुको ब्रान्ड एम्बेस्डर भएकी छिन्।

८ वर्षअघि अमेरिकाबाट फर्किएपछि प्रियंकाले फिल्म ‘झोले’बाट यो क्षेत्रमा सशक्त नायिकाको रुपमा स्थान बनाएकी हुन्। २०७० सालमा रिलिज भएको फिल्म ‘नाई नभन्नु ल २’ उनको अर्को हिट फिल्म थियो। त्यसले झन्डै ४ करोड ब्यापार गरेको थियो। त्यसयता उनले पछाडि फर्किएर हेर्नु परेको छैन। उनी अभिनित वडा नम्बर ६, छक्का पञ्जा, शत्रुगते, फाटेको जुत्ता, पुरानो डुङ्गालगायतका फिल्म सफल छन् ।

समीक्षकहरुले उनलाई ‘भर्सटाइल एक्टर’को उपमा दिने गरेका छन्। प्रियंकाको कान्स यात्रा काठमाडौंस्थित फ्रेन्च दूतावासको सहयोगमा सम्भव भएको हो। विश्व चर्चित सो फेस्टिबलमा नेपालको प्रतिनिधित्व नभइरहेको बेला नेपालकै प्रतिनिधित्व गर्ने अवसर उनले पाएकी हुन्।

इतिहास रच्न पाएकोमा उनले प्रशन्नता प्रकट गरेकी छिन्। ‘नेपालको प्रतिनिधित्व गरेर कान्स फिल्म फेस्टिभलमा सहभागी हुन पाउनु एकदमै गौरवको कुरा हो। मैले धेरै पहिलेदेखि यो सपना देख्दै आएकी थिएँ,’ उनले लेखेकी छन्, ‘कान्समा हिँडेका सेलेब्रेटीहरू देख्दा मलाई सधैं म पनि एक दिन यहाँसम्म पुग्नेछु भन्ने लाग्थ्यो। यो दिन आइपुग्यो।’

अभिनेत्री प्रियंका कार्कीसँग हामीले गरेको कुराकानी भिडियोमा हेर्नुहोस: