कैलाली, धनगढीमा-४७ वर्षीय पुरुषले एक १२ वर्षीय बालिकालाई बलात्कार गरेका छन्। भैंसीलाई घाँस हाल्न जाँदा दलबहादुर थापाले बालिकामाथि बलात्कार गरेका हुन् ।

नुवाकोटका घर भएका थापाले बाजुराकी बालिकालाई बलात्कार गरेकाे अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । थापाले कसैलाई नभन भनि बालिकालाई कुटपिट गर्ने, धम्की दिने गरेका थिए । घटनालाई गुपचुप राखेको ५ दिनपछि उक्त घटना बारेमा थाहा पाएको प्रहरीले बताए । बालिकाकी आमाले बालिकाको कपडा च्यातिएको देखेपछि बालिकालाई सोधपुछ गरेकि थिईन ।

आमाले बालिका बलात्कार भएको थाहा पाएपछि प्रहरीलाई उजुरी गरिन् । उक्त उजुरीको आधारमा थापालाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाए । प्रहरीका अनुसार थापाले बलात्कार स्वीकार गरिसकेका छन् ।