काठमाडाैं -फिल्म ‘चपली हाईट’बाट चर्चामा आएकी अभिनेत्री विनिता बरालले अमेरिकामा विवाह गरेकी छन् । बुधबार मात्रै उनले नवविवाहित जोडीको तस्बिर सार्वजनिक गरेकी हुन् । विनिताले आफ्नो ट्वीटरमा भनेअनुसार अमेरिकाको भर्जिनियास्थित ‘बृन्दाबन टेम्पल’मा उनीहरुको विवाह सम्पन्न भएको हो । उनले विवाह समारोहका थुप्रै तस्बिर सामाजिक संजालमा सार्वजनिक गरेकी छन् ।

त्यसो त, केही वर्षदेअि नै उनी अमेरिकामै आफ्ना प्रेमी तिलक पौडेलको साथमा बस्नैआएकी छन् । स्याङ्जाका स्थायी बासिन्दा तिलक अमेरिकाको ‘ग्रिन कार्ड होल्डर’ हुन् । विनिता र तिलकका घुमफिरका थुप्रै तस्बिर यसअघि पनि सार्वजनिक हुँदैआएका थिए । बुधबार भने विनिताले विवाहपछिको पहिलो तस्बिर सार्वजनिक गरेकी हुन् ।