माघे सक्रान्ती (मकर सक्रान्ती) को अवसरमा गोरखा र नुवाकोटका विभिन्न स्थानमा गोरु जुधाई कार्यक्रम सप्पन्न भएको छ। प्रत्येक माघ १ गते यस्तो कार्यक्रम गर्ने परम्परा रहेको छ ।

नुवाकोटको तारुका, बेत्रावती, घलेगाउँ, कट्टिछाप र शेराबगरमा गरी यो वर्ष ४५ हल गोरु जुधाइएको छ । सबैतिर गरेर ५३ हल गोरु जुधाइने भने पनि किसानहरुले आफ्ना गोरु विभिन्न कारण देखाएर नल्याएकोले ८ हल कम भएको थियो। यस्तै गोरखाको बगुवामा १६ हल गोरु जुधाईको थियो ।

पहिले विभिन्न स्थानमा गोरु जुधाउने गरिएकोमा नुवाकोटको तारुकामा व्यवस्थित रुपमा २०६२ सालबाट गाउँभरीका जुरे बहर गोरुहरु एकै थलोमा जुधाउने चलनको सुरु गर्‍यो । यहाँको गोरु जुधाइ हेर्न हजारौँ दर्शक ओइरिएको देखेपछि अन्य भागमा पनि गोरु जुधाउने परम्परालाई ब्युँताउने काम भईरहेको छ । यस्तै बगुवामा पहिले रमाइलोको लागि थोरै संख्यामा गोरु जुधाईन्थ्यो, अहिले ब्यबस्थित रुपमा पुरस्कार सहित गोरु झुधाई संचालन भएको छ ।