धना परियारले रुदै दुख पोखिन्, रवि लामिछानेको नाममा ठकुरीले खाएकै हुन् त यत्रो रकम ! (भिडियो)

बिष्णु माझिको जस्तै स्वर भनिएकी धना परियार अहिले फेरी मिडियामा एकाएक देखिएकी छिन् । उनी अहिले आफ्नो पैसा अरुले खाएका कारण न्याय माग्दै मिडियामा आएकी हुन् । उनको सहयोगार्थ आएको रकम काम रोशन सिङ नामक एक गायकले खाएको उनले आरोप लगाएकी छिन् ।

धना भन्छिन् उनको उपचारको लागि एक ब्रिद्ध बुवाले आफुलाई पचास हजार आफ्नो ब्यागमा हाल्दिएको र उक्त पैसा ब्याग बाटै रोशनले झिकेको धना बताउछिन् । माघ महिनामा लगेको उक्त रुपैया अझै पनि फिर्ता नदिएका र धम्की समेत आएका कारण वाध्य भएर मिडियामा आएको उनको भनाई छ । उनले प्रमाणको लागि भोइस रेकर्ड समेत् देखाईन् ।

 

 

धना परियारको भित्री कथा :
दुनियामा दुख नभएका मान्छे शायद कोहि छैनन् तर कोहि मान्छे यति सम्मका दुखिपनि छन् की जस्को कहानी सुन्दा आशु थामिदैनन् , मन कुडिन्छ । । यस्तै कथा, कहानी सुन्दा लाग्छ साच्चीकै मान्छेहरुको जिवन दुखले भरिएको छ ।हामी सामान्यतय अलिकती दुख पर्नासाथ ‘म जस्तो दुखि कोहिपनि छैन सोच्छौ’

तर संसारमा यतिसम्मका दुखि छन् की जस्को बच्पन अभाव र तिस्कारमा बित्यो, जस्ले आफ्नै परिवारबाट तिरस्कार भोगिरह्यो, चाहेपनि पढ्न पाएन, अघाउन्जेल खान पाएन । तव सोच्न मन लाग्छ ‘यस्ता दुखका अगाडि त हाम्रा सानातिना दुख केहि होईनन् ।’ यस्तै दुखले भरिएकीदैलेखकी २१ बर्षिया धना परियार जस्को कथाले सबैलाई रुवाउछ ।

३ बर्षको उमेरा आगोमा जलेकी धना आफ्नो पिडा सुनाउदै मिडियामा आएकी छिन् । आमा महिनावारी भएको बेला आमासंगै छाउगोठमा सुत्न गएकी धना त्यहि बेला गोठमा लागेको आगोमा परेर जलेकी हुन् । हात र मुख जलेकी धना आफुलाई जन्मदिने बाबालाई बाबा भन्न नपाउदा भक्कानिन्छिन् ।

बाबाको माया, स्नेहकी भोगी धनाले गाउँघर र बिद्यालयमापनि शिक्षकको माया पाईनन् । घरमा बाबाको हेला र बिद्यालयमा शिक्षकको हेलाका बिचमा हुर्किएकी धनाले आमा र भाईको साथ र मायाले गर्दा मात्रै बाँच्न सकिन् ।

बाबाले नहेर्न घरको आर्थिक अवस्था कमजोर भएकाकारणले अरुले फालेका कपिका टुक्रा, टुक्रा जोडेर कपि बनाएर कक्षा ५ सम्म पढेको उनले बताईन् । बिकसीत ठाउँमा भएको भए र बाबाको साथ पाएको भए आफु निको हुने धनाको बिश्वास छ । दुनियामा कसैले आफुलाई साथ नदिने, माया नगर्ने सोच धनामा थियो कारण सानैमा सबैकोघृणासंगै हुर्किनुपरेको नमिठो यथार्थ ।यहि कारणले गर्दापनि त्यति मिडियामा आउदिनन् ।

अनेकौ देख, अभाव र पिडाकाबिचमा पनि हास्न सिकेकी धनाको आवाज निकै मिठो छ र गीत गाृने चाहापनि आफ्नो भएको उनको भनाई छ तर आगोमै जलेका कारण उनि शारिरीक रुपमा निकै अशक्त बनेकी छिन् उनको टाउकोमा कपाल छैन, उनिले एउटा आँखापनि देख्दिनन् यस्तो अवस्था भएको कारण मन हुदाहुदै, आवाज मिठो हुदाहुदैपनि उनले राम्रोसंग गाउन नसक्ने बताउछिन् ।

आँखा दुख्ने, टाउको दुख्ने कारण गाउन गाह्रो हुने उनको भनाई छ । अहिले धनाको आवाजमा धेरै गीतहरु रेकर्ड भैसकेका छन् र बजारमा पनि आउने क्रम जारी छन् । बिभिन्न माध्यम र बयक्तिहरुबाट अहिले धनाले साथ र सहयोगपनि पाईरहेकी छिन् ।

हेरौ धनाको उपचारका लागि आएको रकम सम्बन्धि उनेको नालिबेली भिडियो मार्फत : (हाम्रो आफ्नै अन्लाईन)