‘नौटंकी माया’ले युटुबमा १ करोड भ्यूज पार गरेसँगै यसै टिमले नयाँ म्युजिक भिडियो सार्वजनिक गरेको थियो । युटुब मार्फत् ‘डबल माया’ बोलको गीत सार्वजनिक गरिएको थियो । यस गीतले पनि १ करोड ५० लाख बढी भ्युज पाईसकेको छ । उक्त गीतमा श्रृजना खत्रीको स्वर रहेको छ भने र्याप मिस्टर आरजेले दिएका छन् ।

 

 

 

सृजना र आरजेको शब्द रहेको गीतमा आरजेकै संगीत छ । शान थापाको निर्देशनमा तयार भएको भिडियोमा अनुपविक्रम शाही र आँचल शर्मा फिचरिङ छन् । भिडियोमा सृजना र मिस्टर आरजेलाई पनि फिचर गरिएको छ । राजिव समरको नृत्य निर्देशन रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।

भिडियो हेर्नुहोस ।