काठमाडौँ- पार्शल गरेर पठाउन लागेको अबस्थामा लागुऔषध नियन्त्रण ब्यूरोले झन्डै १५ केजी चरेस बरामद गरेको छ । बौद्ध धर्मालम्बीहरुले पुजाआजामा प्रयोग गर्ने धुपको बट्टाभित्र लुकाएर हङकङ पठाउन लागिएको चरेस प्रहरीले बरामद गरेको बताईएको छ । 

सुन्धारा स्थित हुलाकबाट प्रहरीले एक सय ४८ वटा धुपको बट्टामा चरेस बरामद थियो। प्रहरीले हुलाक कार्यालबाटै नुवाकोटको चिसाङ गाउँपालिका–८ की कान्छीमाया घलेलाई पनि पक्राउ गरेको छ।