चितवनमा निर्माणधिन अवस्थामा रहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण स्थलको बारमा डोजर लगाईएपछि यस घटनाको चौतर्फी आलोचना भईरहेको छ । नेकपाका स्थानीय नेतासमेत रहेका प्रकाश कँडेल, धुर्मस–सुन्तली फाउण्डेसनको साइट कार्यालयका घरबेटी सुरेन्द्र विकसहितका व्यक्तिहरुले रंगशालाको बार भत्काईदिएपछि यसको निकै बिरोध भयो ।

घटनाको व्यापक आलोचनपछि संलग्नहरु प्रक्राउ परिसकेका छन् । घर परिवार , भोक केही नभई देशका लागि रंगशाला निर्मााण् गर्न लाग्दा भएको अवरोधपछि सिताराम कट्टेल धुर्मुसले मन मात्र दुखाएनन् आँसु नै खसाले । बार भत्किएको देखेका उनले जीवनमै यो भन्दा कारुणिक दृश्य नदेखेको भन्दै रोए ।

 

 

घटनापछि कुञ्जना घिमिरे पनि चितवन आईपुगेकी छिन् । उनले रंगशालाको बार भत्काएपछि आक्रोसित हुँदै संलग्न सबैले माफी माग्दै क्षतिपुर्ती दिनु पर्ने माग गरिन् । उनले डोजर रंगशालाको बारमा नभई बिदेशमा खाडीमा रगत र पसिनामाथि चलेको बताईन् ।

पक्राउ :
रामपुरमा निर्माणाधीन गौतम बु्द्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणस्थलमा लगाइएको जस्ताको बार भत्काउने मुख्य योजनाकार प्रकाश कँडेल पक्राउ परेका छन् । कँडेलसँगै घटनामा संलग्न अन्य १६ जनालाई पनि प्रहरीले पक्रेको छ । रंगशाला निर्माणस्थलमा लगाइएको बार कँडेल नेतृत्वको समूहले बुधबार भत्काएका थिए । बार भत्काउने क्रममा उनीहरुले कर्मचारीहरुलाई समेत धम्क्याएको धुर्मस–सुन्तली फाउण्डेशनको भनाइ छ ।

पार्टीबाट निलम्बन :
बिकासको काममा बाधा रंगशालाको बारमा डोजर लगाउने प्रकाश कँडेल नेकपाबाट निलम्वित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका पश्चिमतर्फको बारमा डोजर लगाएर भत्काउने कामको नेतृत्व गरेका नेकपाका स्थानीय नेता प्रकाश कँडेललाई कारर्वाही गरिएको छ ।

निर्माण कार्य स्थगित :
यसैबीच, धुर्मुस–सुन्तली फाण्डेशनले रंगशाला निर्माणको कार्य स्थगित गरेको छ । सुरक्षाको कारण देखाउँदै फाउन्डेसनले तत्कालका लागि निर्माण कार्य स्थगित गरेको त्यसका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले जनाएका छन् । भिडियो हेर्नुहोस ।