मुस्कान – गायक तथा सर्जक रत्न मगरको नयाँ गीत “माफी मुस्किला” सार्वजनिक भएको । भर्खरै मात्र बजारमा आएको उक्त गीतमा नव गायिका सविना सवु र रत्न मगरको स्वर रहेको छ । गीतलाई गायक स्वयम् मगरले नै लेखेका हो, ‘भने इन्द्र जीसी ले संगीत भरेका हुन् ।

 

 

पछिल्लो समय बजारमा आइरहेको गीतहरु भन्दा अलि फरक छ गीतमा किनकि गीत भित्र केही अरबी शब्दहरुलाई पनि गायक तथा सर्जक रत्न मगरले समेट्ने प्रयास गरेका छन् । यसअघि पनि रत्न मगरको (लेटाङ बजारमा) बोलको गीत सार्वजनिक भइसकेको छ ।

भिडियोमा चर्चित मोडेल तथा डान्सर करिष्मा ढकाल र मनिष श्रेष्ठको उत्कृष्ट नृत्य रहेको छ । भिडियोलाई हुम गैरेले निर्देशन गरेका हुन् । टि टाइम म्युजिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतको भिडियो हेर्नुहोस् ।