आकाश र एलिसाको ‘झुठो रैछ तिम्रो माया’ ! (भिडियो हेर्नुहोस)

काठमाडौ – प्रताप दासको स्वरमा ‘झुठो रैछ तिम्रो माया’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा नायक आकाश श्रेष्ठ र मोडल एलिशा राईलाई फिचर्ड गरिएको छ । गीतमा सरोज पोखरेलको संगीत र पुनम मोथेको शब्द रहेको छ । जीवन शाहीको निर्देशन रहेको भिडियोमा उत्सव दहालको छायाँकन र नविन निरौलाको सम्पादन रहेको छ ।

एलिसा राईको बारेमा छोटो जानकारी,
करिब ५० भन्दा बढी म्यूजिक भिडियोमा मोडलिङ गरेकी एलिसा राई चलचित्र ‘लुट २’को ‘ठमेल बजार’ बोलको गीतबाट चर्चामा छिन् । यो गीतमा आइटम नृत्य गरेपछि एलिसा दर्शक, चलचित्रकर्मी र मिडियाको नजरमा परेकी हुन् ।

 

एलिसाले आफूलाई सानैदेखि कलाकारितामा सोख रहेको बताइन् । उनले भनिन्-‘म सानैबाट एकदमै चुलबुले थिएँ । नाच्ने, अभिनय गर्ने गर्थेँ ।’अडिसन दिएर ‘लुट २’को आइटम गीत गर्ने अवसर पाएकी एलिसाले क्यामेरा अगाडि काम गर्नु आफूले सोचेजस्तो नहुने बताइन् । भनिन्-‘मैले सोचेजस्तो सजिलो रहेनछ । अझै धेरै कुरा मिहिनेत गर्नुपर्छ भन्ने लाग्यो । यसैले अहिले अभिनय सिक्न थालेकी छु ।’

Punam Mothey’s – Jhuto Raichha Timro Maya
Song: Jhuto Raichha Timro Maya…”झुटो रैछ तिम्रो माया”
Lyrics: Punam Mothey
Vocal: Pratap das
Music: Saroj Pokharel
Arrange: Amos Tamang
Mixed/Mastered: Kishor Thapa
Audio/Video: The Music Gallery
MUA: Anita Gwachha
Featuring: Aakash Shrestha, Alisha Rai
Production Manager: Dipen Michel

Cinematographer: Utsav Dahal
Chief Asst. Cameramen: Prince Humagain
Light Management: Kamal Raj Pandey, Kapil Bhattarai, Pawam Jung Khadka, Tirtha
Spot Boy: Govinda Shrestha
Transportation: Manoj Bhujen
Camera Crew: Pathshala Films
Editor/Colorist: Nabin Niraula
Direction: Jiwan Shahi (भिडियो हेर्नुहोस)