श्रीमानको हत्या गरेर टाउकोसहित आत्मसमर्पण गरिन् यी महिलाले !

भारतको आसाम राज्यमा एक महिलाले आफ्नो श्रीमानको हत्या गरी टाउकोसहित प्रहरी कार्यालयमा आत्मसमर्पण गरेकी छन् । आसामको लखिमपुरकी गुनेश्वरी बोर्कोटोकीले घरेलु हिंसाबाट आजित भएपछि श्रीमानको हत्या गरेको प्रहरीले जनाएको छ । मंगलबार राती श्रीमान्को हत्या गरेपछि श्रीमानको काटिएको टाउको बोकेर उनी ढोलपुर प्रहरी चौकीमा पुगेकी थिइन् । उनले आफ्नो श्रीमानले नियमित रुपमा मदिरा सेवन गरेर कुटपिट गर्ने बताएकी छिन् ।

 

 

* भाडाको निहुमा महिलामाथी चालकको कुटपिट !

धनगढीबाट सार्वजनिक गाडी चढेर महेन्द्रनगर पुगेकी एक महिलालाई सवारी चालकले बीच बाटोमै कुटपीट गरेका छन् ।शुक्रबार दउँसो महेन्द्रनगरको ट्राफिक चोकमा से १ ज १०९४ नम्बरको गाडीका चालक गोकुल बोहराले महिलालाई दुब्र्यबहार गर्दै कुटपिट गरेपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिनेश आचार्यले चालक बोहराले गाडी भाडाको विषयमा भएको विवादका क्रममा अपशब्द प्रयोग गरी दुर्व्यवहार गर्दै लक्ष्मी धनाडीलाई कुटपिट गरेपछि नियन्त्रणमा लिइएको जानकारी दिए ।

उनले धनगढीदेखि महेन्द्रनगर सम्मको १ सय ४० रुपैयाँ भाडादर रहे पनि चालकले २ सय रुपैया मागेको तर महिलाले बढी भाडा दिन नमानेपछि गाली गलौज गर्दै कुटपिट गरेको बताए । महिलाले दिएको उजुरीको आधारमा प्रहरीले चालकलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।