भद्रगोलमा जिग्रीले रक्षालाई भगाए, हेर्नुहोस नयाँ भाग (भिडियो)

काठमाडौ -भद्रगोल एक नेपाली टेलिभिजन कार्यक्रम हो जुन प्रत्येक शुक्रबार नेपाल टेलिभिजनबाट प्रसारित हुने गर्छ । यस कार्यक्रमको अभिनेताहरू अर्जुन घिमिरे, कुमार कट्टेल, शंकर आचार्य रहेका छन् । -चर्चित नेपाली हास्य टेली सिरियल भद्रगोल एक गाउले जिबन मा आधारित चर्चित हास्य तेली सिरियल हो यो एक कमेडी मात्र नभएर सामाजिक संदेश दिने सिरियल हो जुन मिडिया हब द्वारा निर्माण गरिएको हो ।

नेपालीको लोक प्रिय हास्य टेली सिरियल भद्रगोल नेपाली अत्यधिक रुचायाको सिरिअल हो ”हरेक हफ्ता बेलुका ८:४५ को नेपाल टेलिभिजन मार्फत पर्शरण हुने गर्दछ भने हरेक हफ्ता शुक्रबार बेलुका ९:३० बजे हब को युतुब च्यानेल मा प्रशारण हुने गर्दछ ।

 

भद्रगोल एक गाउले जिबन मा आधारित चर्चित हास्य तेली सिरियल हो । यो एक कमेडी मात्र नभएर सामाजिक संदेश दिने सिरियल हो जुन मिडिया हब द्वारा निर्माण गरिएको हो । हरेक हफ्ता बेलुका ८:४५ को नेपाल टेलिभिजन मार्फत पर्शरण हुने गर्दछ भने हरेक हफ्ता शुक्रबार बेलुका ९:३० बजे हब को युटुब च्यानेल मा प्रशारण हुने गर्दछ।

जिग्रीसंगको कुराकानी:
मानिसका आ–आफ्नै दु:ख छन् । कसैलाई नभएर दु:ख, कसैलाई भएर, कसैलाई नपुगेर दु:ख, कसैलाई पुगेर । हास्य टेलिश्रृंखलाबाट परिचित कुमार कट्टेल अर्थात् जिग्री ब्रोले नाम र दाम दुवै कमाएका छन् । उनका फ्यान फलोईङ टन्नै छ । उनलाई के–को दु:ख होला ? कुमार कट्टेल यसै साता रामजी ज्ञवालीसँग गफिए ।

दिनहरू कसरी बिताउँदै हुनुहुन्छ ?
बिहान उठेदेखि साँझ सुत्ने बेलासम्म विभिन्न काममा व्यस्त हुन्छु । हिजो भद्रगोल मात्र थियो, अहिले चारखालमा यो रेस्टुराँ चलाउन थालेका छौं । चाँडै क्रिकेट स्टेडियमको काम पनि सुरु हुँदैछ । मैले कल्पना गरेको क्रिकेट स्टेडियमको काम धुर्मुस–सुन्तली फाउन्डेसनमार्फत अघि बढ्दैछ । त्यसबाहेक मेरा दाजुभाउजूले निर्माण गर्न लागेको चलचित्रको स्क्रिप्टको काम पनि हेरिरहेको छु ।

भनेपछि दु:खै रहेछ ?
यति दु:ख नगरे त सुख कहाँ पाइन्छ र ?

भद्रगोल टिमले चलचित्र निर्माणमा पनि हात हाल्दैछ भन्ने कुरा सही हो ?
सही हो । हामी चाँडै चलचित्र घोषणा गरी छायांकनमा जाने तयारीमा छौं ।

त्यो कस्तो चलचित्र हुनेछ ?
सामाजिक कमेडी ।

बजारमा यस्ता चलचित्र चलेका आधारमा त्यस्तै विषय छान्नुभएको हो ?

किन ढाँट्नु ? अहिले हास्य चलचित्रको बजार राम्रो छ । त्यही भएर यता हात हाल्न लागेको हो ।

माघ लाग्दैछ, विवाह गर्ने बेला भएन ?
तपाईंले भनेको कुरा ठीकै हो, तर कहिले हुन्छ ठ्याक्कै भन्न सक्दिनँ ।

फेला त पार्नुभएको होला ?
भेटिएकी छैनन् । भेटिइन् भने जानकारी गराइहाल्छु ।

तपाईंकी ड्रिम गर्ल कस्ती छिन् ?
मसँग जिन्दगी बिताउन सक्नुपर्‍यो । मेरो पारिवारिक एवं व्यवसायिक सबै जिम्मेवारीमा एडजस्ट हुनुपर्‍यो । त्यति भए,
भैगो नि, अरू के चाहियो र ?

बिहान कति बेला उठ्नुहुन्छ ?
ढिलो सुत्ने बानी छ । सधैं जसो १–२ बजे सुत्छु । त्यसैले उठ्न ढिलो हुन्छ । अझ यो जाडोमा त बिहान १० बजेसम्म सुतिन्छ ।
खाना घरमै खानुहुन्छ कि बाहिर ?
मन पर्ने खाना त घरकै हो । आमाले बनाएको खानाको त वर्णन नै गर्न सक्दिनँ । यद्यपि कामका कारण प्राय: बाहिरकै खाना खानुपर्छ ।

कस्तो खाना मन पर्छ ?
टिपिकल दाल, भात, तरकारीसँगै थोरै चटनी ।

चिया–कफी के पिउनुहुन्छ ?
कालो चिया पिउने बानी छ ।

जाडो मौसम छ, गर्मी मन पर्छ कि जाडो ?
गर्मीमा जाडो मन पर्छ, जाडोमा गर्मी, तर दुवैलाई दाँज्ने हो भने जाडोनै मन पर्छ ।
तपाईंले बोल्ने थेगो सक्किगो नि निकै हिट भयो, यसको

आइडिया कसरी आयो ?
भद्रगोलको सुटिङ भैरहेको थियो । सुटिङ सकिनै लाग्दा अन्तिममा अन द स्पट सक्किगो नि भन्दिएछु, सबैले दामी भो भन्नुभयो । त्यो दृश्य जस्ताको तस्तै प्रसारण भयो । मिस्टेकमा बोलिएको त्यो शब्द यति हिट भयो कि, अचम्मै लाग्यो । भिडियो हेर्नुहोस