पर्बत- कुश्मा नगरपालिका–१, मालढुंगामा आज बिहान करिब ८:३० बजे बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा २० जनाभन्दा बढी यात्रु गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

मृतकहरुको सनाखत हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय पर्वत र बागलुङको टोलीले घाइतेहरुको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल पर्वत र धौलागिरी अञ्चल अस्पताल बागलुङ पठाएको प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।

म्याग्दीको बेनीबाट नारायणगढतर्फ जाँदै गरेको ग १ ख ६१०८ नम्वरको बस बिहान साढे ८ बजे दुर्घटना भएको हो ।