कार्टुनिज क्रुको पिरतिमा गीत सार्वजनिक भएको छ । सुष्मा पुर्णिमा अर्याल र शिखर सन्तोसको आवाज रहेको रहेको यस गीतमा सन्तोष तिमल्सिनाको लय रहेको छ । निकै लोकप्रीय क्रु को यो गीत ट्रेन्डिङमा आईसकेको छ । यस भिडियोको निर्देशन सरोज अधिकारीले गरेका छन ।

क्रु का सबै सदस्यहरुको राम्रो नृत्य र अभिनय क्षमता रहेको देख्न सकिन्छ । जसमध्ये सरोज अधिकारी र आश्मा बिश्वकर्मा धेरैको मन जित्न सफल भएका छन । आज हामी चर्चित मोडल तथा डान्सर आश्मा बिश्वकर्माको बारेका जानकारी गराउने छौ ।

आश्मा बिश्वकर्माको बारेमा,

आश्मा विश्वकर्मा कक्षा आठमा पढ्थिन्। स्कुलमा हुने हरेक कार्यक्रममा नाच्न अघि सर्थिन्। विशेषगरी सांस्कृतिक नृत्यमा रुचि राख्ने उनलाई एक दिन साथी सुरजले युट्युबमा बिबोइङ डान्स फर्म देखाए। आफूले गर्दै र देख्दै आएको भन्दा फरक डान्सिङ स्टाइल हेर्दा उनी चकित परिन्।

 

‘डान्सको स्टाइल देखेरै छक्क परेँ,’ पहिलो पटक ब्रेक डान्सको भिडियो हेरेको उनले सम्झिइन्, ‘बिगर्ल भिडियो हेर्दा केटीले पनि गर्न सकिने रैछ भन्ने लाग्यो। ममा छुट्टै ऊर्जा जाग्यो।’ ब्रेकिङ डान्स सिक्न उनी तयार त थिइन् तर यसका लागि वातावरण सहज थिएन।

सुरुसरुमा बिबोइङका साधारण स्टेप भने उनले आफैँ सिकिन्, साथी सुरजको सहयोगमा। सन् २००८ मा सुरजले उनलाई सिक्नका लागि ठमेलको एनबिएफमा लिएर गए। त्यो बेला बिबोइङ सिक्नका लागि ठाउँ पाउनु नै ठूलो कुरा थियो।

युट्युबमार्फत चर्चा कमाएको डान्स ग्रुप ‘कार्टुन्ज क्रु’को एक मात्र महिला सदस्य हुन् आश्मा विश्वकर्मा। छ जनाको समूहकी एक्ली बिगर्ल भन्छिन्, ‘त्यो बेलामा आफ्नो इच्छा दबाएको भए पनि म दु:खी त हुन्न थिएँ होला तर अहिले जति खुसी पनि हुन्नथेँ होला।’

उनको जस्तै रह्यो कार्टुन्ज क्रुका अर्का सदस्य सरोज अधिकारीको बिबोइङको सुरुवाती दिन। ‘सुन्निएका हातखुट्टा र रगताम्य लुगा लिएर घर पुग्दा कतिपटक बाहिरै बास भयो,’ सरोज हिजो र आजको समय तुलना गर्छन्, ‘खाली भुइँमा वा चौरमा सिक्नुपर्थ्यो। अहिलेको जस्तो प्रोफेसनल गुरु र सिकाइ नै नहुने।’

आश्मा विश्वकर्मा, सरोज अधिकारी, लाक्पा लामा, विकास राई, राम घले र सुबिन अधिकारी। नेपालमा बिबोइङको स्कोप भर्खर फराकिलो बन्दै गर्दा एफ्रो-अमेरिकन डान्स फर्मका पारखी बनेका थिए यी युवा। सबैको भेट भएको थियो- एनबिएफ वा कुनै कार्यक्रम वा प्रतियोगितामा। त्यस समय सायद कसैले सोचेका थिएनन् ‘कार्टुन्ज क्रु’ बन्छ भन्ने।

सबैको आ-आफ्नै डान्सिङ ग्रुप थियो। सरोजको बोइज अफ कीर्तिपुरको ठूलो समूह भने बिस्तारै सानो हुँदै थियो। कारण थियो पढाइ, काम र विदेशीने बहानामा साथीहरुले ग्रुप छोड्नु। राम घलेको सर्भाइभर्स क्रु पनि टिक्न सकेन। आश्माको बिगर्ल समूह अनि लाक्पाको स्याडो नेपाल सबैमा नाच्नेहरुकै अभाव महसुस हुन थालेको थियो।

राम सुनाउँछन्, ‘धेरैको त परिवार कन्भिन्स नहुनु नै डान्स र ग्रुप छोड्नुको सबैभन्दा ठूलो कारण बन्यो। आमाबुवालाई छोराछोरीले बिना काम बिना कमाइ कार्यक्रम, डान्स, ग्रुप भन्दै हिँडेको राम्रो नलाग्नु पनि स्वाभाविक थियो।’ भिडियो हेर्नुहोस !