काठमाडौं- चोभारमा सुख्खा बन्दरगाह निर्माणको विरोधमा स्थानीयले आन्दोलन गरिरहेका छन । आन्दोलनमा उत्रिएका स्थानीयलाई ३० जना भन्दा बढी स्थानीयलाई चोभारबाट नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौं परिसरको हिरासतमा राखिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्नेलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होवीन्द्र बोगटीले जानकारी दिए। आज प्रधानमन्त्री के.पि. शर्मा ओलीद्वारा सुख्खा बन्दरगाहको उद्घाटन हुदैछ ।

बन्दरगाहबाट प्रभावित चोभारबासीले निर्माणको विरोधमा निरन्तर प्रदर्शन गर्दै आएका छन्। स्थानीयबासीसँगको विवाद नसुल्झदै निर्णमा सुरु गरिएकोमा चोभारवासीले आपत्ति गरेका छन्। स्थानीयसँग वार्ता र सहमतिको प्रयास समेत नगरिएको उनीहरुको आरोप छ।