पर्वतमा भएको बस दुर्घटनामा मृत्यु हुनेकाे संख्या ७ पुगेकाे छ। २० जना घाइते छन्। घाइतेहरुकाे धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेकाे छ।मृतकको सनाखत हुन सकेको छैन।

आज विहान बेनीबाट नारायणघाटतर्फ जाँदै गरेको बस कुश्मा नगरपालिका वडा नम्बर-१ मालढुंगामा सडकबाट १०० मिटर तल खसेर दुर्घटना भएको थियो ।

बसमा कति यात्रु सवार थिए र दुघर्टनाकाे कारण के हाे भन्ने खुल्न सकेकाे छैन्।