भिडियो हेर्नुहोस गायिका बबी लिम्बुको गीतमा एलिसा राईको धमाकेदार डान्स !

गायिका बबी लिम्बुको सुमधुर स्वरमा लोक आधुनिक गीत बर्षियो माया सार्वजनिक भएको छ। संगीतकार एवम गायक बाबुल गिरीको शव्द संगीत र संयोजनमा रहेको उक्त गीत ओएसआर डिजीटलको युट्युव च्यानल मार्फत आज सार्वजनिक भएको हो।

मन्जुश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको रेकर्डिस्ट नारायण आचार्य रहेका छन भने मिक्सिङ प्रकाश् खरेलले गरेका छन् भने गीतको मोडलिङमा एलिशा राई रहेकी छिन् ।

 

 

 

गीतमा समुह नृत्य एवम एलिशाको नृत्य दमदार देखिएको छ। थुप्रै आधुनिक एवम चलचित्रका गीतमा संगीत दिइसकेका बाबुल गिरीको उत्कृष्ट शव्द रचना र संगीत रहेकाले यो गीतले सफलता पाउने देखिएको छ। अर्जुन तिवारीले छायाँकन गरेको म्युजिक भिडियोको निर्देशन राजिव समरले गरेका छन् भने भिडियो सम्पादन विवेक सुनारले गरेका छन।

Song: Barseyo Maya “बर्सियो माया”
Singer: Bobby Limbu
Lyrics/Music/Arranger: Babul Giri Mixing/Mastering: Prakash Kharel
MUA: Bimala Tamang
Featuring: Alisha Rai
Color Grading: Suprim Parajuli Cinematographer: Arjun Tiwari
Visual Edit: Bibek Sunar
Studio: Manjushree
Recordist: Narayan Acharya
Madal: Posanraj gm Flute: Ratna B.K.
Guitar: Anup Das
Choreographer/Director: Rajiv Samar

भिडियो हेर्नुहोस।