लुगा सुकाउन छतमा गएकी “अनिताको” लडेर मृत्यु !

शनिवार घरको छतबाट लडेर १ जनाको मृत्यु भएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका-६ पुष्पलाल चोकमाबिहान सवा ८ बजे छतमा लुगा सुकाउने क्रममा ३ तले घरबाट लडेर बर्ष ३६ की अनिता भन्ने रेमनीदेवी साह घाइते भएकी थिईन ।

 

 

गम्भीर घाइते भएकी साहलाई उपचारको लागि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र बेल्टार हुँदै थप उपचारको लागि धरान पठाईएकोमा उपचारको क्रममा बिहान सवा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।