एजेन्सी -अमलामा भिटामिन सी प्रसस्त पाइन्छ । अमला त्रिफलाको ३ औषधिमध्ये एक गुणी जडिबुटीमा पर्छ । भिटामिनको राम्रो स्रोत भएकै कारण अमलालाई हिन्दु धर्ममा पनि पुजनीय फलको रुपमा राखिन्छ । भनिन्छ ३ वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन हुन्छ र अमलाको रुखको फेदको छायाँमा बसेर खानाले मात्रै पनि अनेक रोगहरु निको हुन्छ । अमलामा विभिन्न रोगहरु निको पर्ने क्षमता हुन्छ ।

 

 

 

अमलाले युवाहरुमा यौन शक्ति प्रदान गर्नुका साथै बृद्धहरुमा जोस जाँगर प्रदान गर्छ । यसलाई सुख्खा चुर्णको रुपमा अन्य औषधिको रुपमा, अचारको रुपमा वा अन्य कुनै रुपमा प्रयोग गर्न सकिन्छ ।

प्रत्येक दिन एउटा अमला खानाले पेट सफा र कब्जियत लगायत पेटमा देखा पर्ने समस्याहरु हुन पाउदैन साथै ग्यास्ट्रिक पनि केहि हदसम्म कन्ट्रोल हुन्छ । अमलाको सेवन दैनिक गर्नाले शरीरको रोग प्रतिरोधक क्षमता मजबुत हुन्छ । किड्नी संग सम्बन्धित रोगहरु लाग्दैनन् । अमलाको जुस बनाएर खानाले पनि रगत सफा हुन्छ र शरीर स्वस्थ रहन्छ। दैनिक एउटा अमला खानाले फोक्सोसंग सम्बन्धित रोगहरु लाग्न पाउदैनन् ।

अमला अनुहार र कपालको लागि पनि फाइदाजनक छ। अमलाको दैनिक सेवनले अनुहारको छालामा चमक ल्याई लामो समयसम्म जवान देखिन र कपाल फुल्नबाट जोगाउँछ ।अमला सेवनले आँखा तेजिलो बनाउनुका साथै पत्थर हुनबाट जोगाउँछ ।

* जिन्दगी के हो ?

कसैले भनेका थिए,
जिन्दगी के हो जिएर हेर, आसु के हो पिएर हेर्, न जिइ न पिइ वास्तव मै थाहा हुँदैन बास्तबिकता के हो भनेर तर म भन्छु दृष्टिकोण बद्ले बदलिन्छ जिबन । माछा पानी मा पौडिरहेको छ तैपनी थाहा छैन कि उ कहाँ छ । मान्छे यो धर्ती मा बाची रहे को छ तैपनी थाहा छैन कि उ कहाँ छ । त्यो माछा लाई पानी को अस्तित्व थाहा नभए जस्तै मान्छे लाई पनि जिबन को अस्तित्व थाहा छैन । म कहाँ छु ? म के गर्दै छु केहि थाहा छैन तैपनी उ अन्धकार मा दौडी रहेको छ । आसा जस्तो अन्धकार केहि छैन । यसले जिन्दगी डढेलो लगाइ दिन्छ । लक्ष्य बिना को आसा बेर्थ छ । अनि मान्छे भौतारी रहन्छ । भेट्ने लाई सोधी हल्छ कि जिबन के हो ? कुनै एकै शब्द को परिभाषा मा जिबन लाई बुझ्नु गलत हुन्छ । जुन अस्तित्वले गर्दा मान्छे को जिबन रहेको छ त्यही हो जिबन ।

अर्को शब्द मा भन्नु पर्दा एक महान अबसर हो जिन्दगी । ठुला ठुला बैज्ञानीक बन्ने अबसर दर्शन बिज्ञान अनि गणित को खोजी गर्ने अबसर्, ठुला ठुला डाक्टर्, इन्जिनिएर्, ब्यापारि, पत्रकार्, कलाकार बन्ने अबसर को एक बाटो हो जिन्दगी ।

त्यस्को आर्को पाटो लाई हेर्ने हो भने, ठुला ठुला आतंकबादी बन्ने अवसर्, चोर्, फटाहा बन्ने अवसर अनि एच आइ भि जस्ता रोग ले ग्रस्त हुने अवसर्, यि सबै अवसर हुन मात्र रोजाइ तपाईंको ।

मान्छे लाई बाचेर मात्र पुग्दैन आफु लाई पूर्णत बदल्नु पर्छ । बदल्नु को मतलब यो हो कि हिजो म जुन निकृस्ठ जिन्दगी बाचेको थिए त्यस बाट एक स्थर माथि उठ्नु अनि जिबन उपायोगी गुण हरु को बिकास गर्दै जानु । मन ले आफ्नो मन को सुस्म सक्ती लाई आत्मा सुझाब दिदै जानु भने को बदलिनु हो । बिकास को अर्को नाम नै बदलिनु हो । किताब मात्र पढेर कोही पनि बदलिन सक्दैन जब सम्म दैनिक अभ्यास गरिदैन । किताब पढ्नु भने को चेतना को स्तर बृदी गर्नु मात्र हो ।बदलिन को लागि बल चाहिन्छ त्यो हो मन को बल, आत्मा सुझाब्, आफ्नो मन ले मन लाई भन्दै जानु पर्छ, आत्मा सुझाब दिदै जानु पर्छ कि म जे पनि गर्न सक्छु । अनि आफु लाई राम्रो चिज सँग तुलना गर्नु, उच्च स्तर को मान्छे हरु सँग सँगत गर्नु भने को आफु लाई बदल्ने पहिलो बाटो हो ।

बदलिनु भने को आज बाचिरहेको सन्सार लाई त्याग्नु हो । हिजो म जुन मान्छे थिए म आज भिन्नै मान्छे हो भनेर आत्मै देखी महसुस गरी प्रगती को बाटोमा अघी बद्नु नै बास्तबिक परिवर्तन हो ।

यो संसार मा प्रकृती को आफ्नै नियम छ । बिहान घाम उदाउछ, फेरी राती अस्ताउछ । आसार मा पानी पर्छ, पुर्णिमाको रात मा चन्द्रमा उदाउछ । त्यसरी नै मान्छे को जिबन मा पनि परिवर्तन भ इ रहन्छ तर हामी देख्दैनौ । हामी चिन्दैनौ आफैले आफैलाई त्यही नचिन्नु नै जिन्दगी मा ठुलो दुर्घटना हुनु हो । हामी त भागि रहेछौ हार खाइ खाइ, तड्पी रहेछौ कसै को याद मा । आस्ताउदै बिलाउदै अनन्त गतिमा आफैले आफैलाई पुरी रहे छौ । छोडेर जाने माया लाई गल्ली – गल्ली मा कुरी रहे छौ । कती अन्धाकर बनाएका छौ हामी ले आफ्नै जिन्दगी । जुन कुरा पाइदैन भन्ने थाहा हुँदा हुँदै पनि त्यसको पछी लागि रहेका छै अनि हामी बर्बाद नभए को हुने ।

प्रकृती ले पालुवा फेरे जस्तै हाम्रो जिबन ले पनि रङ फेर्दछ, म हिजो जुन मान्छे थिए आज त्यो मान्छे होइन तैपनी हामी त्यही हिजोकै पुरानो मान्छे ठानेर दुखी हुन्छौं । आफु लाई नचिन्दा हामी यती सस्तो भयौ कि गल्ली गल्ली मा चुरोट को धुवा उडाउदै मा ब्यस्त छौ । यस्को मतलब यो हो कि हाम्रो जिबन चुरोट को धुवा भन्दा पनि सस्तो छ । यती सुन्दर जिबन उडि रहेछ धुवा बनी हावा मा, कस्ले समाल्देला त्यो जिन्दगी, आफुलाई त खैनी बिडी अनि बेश्या बृदी गर्न मै ब्यस्त बनाइ राख्याछ ।

त्यसैले बिगत मा बाच्नु भने को आफु लाई अन्धकार मा धकेल्नु हो । काडाघारी मा आफु लाई फ्याक्नु हो । बिगत मा बाच्ने होईन किनकी बिगत मा फर्किन मिल्दैन, न त बिगत लाई परिवर्तन गर्न मिल्दैन । बिगत मा बाच्नु भने को दुखी हुनु हो । यती जान्दा जान्दै पनि हामी यि कुरा बुझ्दैनौ । कुनै कुरा थाहा भए र पनि नबुझ्नु भने को चेतना को स्तर को बिकास नहुनु हो । चेतना को बिकास नहुनु भने को आन्धकार मा हिंड्नु हो । आसा जस्तो आन्धकार संसार मा अरु केहि छैन । आज को आसा ले नै भोले को यथार्थ लाई लुकाउ दिन्छ अनि मान्छे भ्रम मा बाच्न बध्य हुन्छ ।

सुखी हुनु अनि खुशी हुअ को लागि एउटा मात्र सुत्र छ त्यो हो बिगत मा नबाच्नु । बिगत मा बाच्ने हरु एकदिन बर्बद हुन्छन ।

हामी यती अज्ञानता मा बाच छौकी हाम्रो जिबन मा कुनै भिजन नै छैन न त लक्ष्य छ न त उनै उदेश्य न आफु राम्रो छ न त अरु लाई राम्रो देख्न सक्छ । बाटो हरु अन्त्यहिन छन यदी जिबन मा कुनै भिजन भ इ दिए को भए गन्तब्य अबश्य भेटिने थियो । भिजन नहुने हरु ले गन्तब्य कहिले भेट्दैनन । हामी दुखित हुन्छौं ।

संसार दुख को सागर हो भन्दै आत्माहत्या गर्न पछी पर्दैनन । यसरी नै संसार बाट लोप हुन्छ न कायर हरु । आत्माहत्या गर्नु भने को जिबन प्रती कुनै पनि दायित्व बहन गर्न नसक्नु अनि आफु लेय आफै लाई हाराउनु हो । अर्को शब्दमा भन्नु पर्दा कायर हरु को प्रिय साथी नै आत्माहत्या हो । किनकी उनि हरु त्यही रोज्छन । एउटा सुन्दर गुलाब को फुल दियो भने भने पनि उनि हरु फुल को सुगन्धा लिनु त कहाँ हो काडा कहाँ छ त्यो खोज्न थल्छन अनि काडा ले घोच्छ फेरी भन्न थाल्छ यो फुल को पनि केहि अर्थ छैन भनेर गल्ली मा फ्याकी दिन्छ ।त्यही फुल को अर्को नाम हो सुन्दर जिन्दगी । यसरी नै आज हजारौले आफ्नो जिन्दगी गल्ली गल्ली मा कौडी को दाममा फ्याकी रहेका छन ।

निरस अनि निरास मान्छे हरु सुन्दरता लाई पनि कुरुप देक्छन । लक्ष्य भए नै जिन्दगी को कक्ष्य मा पुग्न सकिन्छ । बुद्ध एक गाउ मा हिडी रहेका थिए । साझ पर्नु भन्दा पहिले अर्को गाउ मा पुगी सक्नु पर्ने थियो । बाटो मा एकजना किसान लाई सोधे मित्र नगर कती टढा छ यहाँ बाट अनि त्यो किसान ले भन्यो मात्र २ माइल टाढा छ । धेरै छैन अब बिस्तारै जानुस । ३ घण्टा हिडी सक्यो मित्र नगर आएन । फेरी अर्को एक बृदा लाई सोधे अनि ति बृदा ले भन्यो- अब २ माइल बकी छ । आउनै लागि सक्यो । राम्रो सँग जानुस नानी । त्यसपछी बुद्ध लाई उनका सिश्य ले सोध्यो, भगवान यि बृद ले पनि २ माइल टाढा छ भन्यो बास्तबिकता के हो ? अनि बुद्ध ले जबाफ दिए, यिनी हरु ले झुटो बोले को छैनन । यिनी हरु लेय मन को परिभाषा लाई राम्ररी बुझेका छन । यसरी नै मन मा आसा हरु जगाइ राख्नु पर्दछ कि आब लक्ष्य नजिकिदै छ भनेर यो यस्लाई जिबन कला भनिन्छ ।

संसार बिकार को चरम गती मा हिडिरहेको छ । मान्छे हरु निकै क्षिक्षित भइरहे का छन तर सना तिना कुरा हरु भुल्दै गइरहे का छन । जिबन को सुत्र हरु नबुज्दा दुख पाइरहे का छन ।आफु परी बर्तन हुनु भन्दा पनि अरु को आलोचना गरे र अरु लाई परिवर्तन गर्न अग्रसर छन । जती बिकास भ इ रहे को छ त्यती नै बिकृती बढ्दै ग इरहे को छ । मान्छे जती एजुकेटेड हुँदै छ त्यती नै कमन सेन्स हराउदै गएको छ । अचेल मान्छे हरु राम्रो कुरा सुन्ने, बुझ्ने भन्दा पनि झुटा सपना बाढ्ने हरु को पछी लागिरहेका छन ।

जुन कुरा हरु आज गरे ति कुरा हरु कुनै डायरी को पला बाट लिएको होईन । यि कुरा हरु सबै आफ्नो जिबन भोगाइ हरु हुन । यि कुरा कुनै नौलो कुरा होईन हामी सबै लाई थाहा छ तर ब्यबहारमा नदेखिदा, त्यस्लाई बास्तबिक बुझाइ भनिदैन । चेतना को स्तर कमी भयो र पो आफुलाई सुधारनु पर्‍यो त ।