पोशाकमा रहेका ट्राफिक दाई नै नाचे, पन्चे बाजामा छमछमी ! (भिडियो हेर्नुहोस)

नेपालमा सडक दुर्घटनाले बिकराल रुप लिएको छ । बड्दो सवारी चाप, चालकको लापरबाही, बाटोको अबस्था यस्ता कारणले झनै सडक दुर्घटना बढ्दैछ ।  यस्ता दुर्घटना कम गर्ने उदेस्यले केहि समय अगाडी पोखरामा ट्राफिक प्रहरीले ट्राफिक सप्ताह सुरु गरेको थियो ।

बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै उक्त सप्ताह सुरु गरिएको हो । उक्त सप्ताहको उद्‍घाटन कार्यक्रममा निकालिएको र्‍यालीमा सहभागिहरु दिल खोलेर नाचेका थिए । सोही अवसरमा नै ट्राफिक तथा अन्य प्रहरीहरु समेत पञ्चेबजाको तालमा नाचेका थिए । अत्यन्त रमाईलो नाच हेर्नुहोस र सेयर तथा कमेन्ट पनि गर्नुहोस्..