काठमाडौँ -भारतकै ठुलो गायन रियालिटि शो सारेगमप लिटिल च्याम्प्सको सन् २०१९ को संस्करणमा नेपाली बाल प्रतिभा आयुष केसी फाइनलमा पुगेका छन् ।

उत्कृष्ट ६ मा पर्दै उनि सरेगमापाको फाइनल प्रवेश गरेका हुन् । आइतबार आयुषले गएको तुम मिले बोलको गितमा सबै जज र जुरी मेम्बरले स्ट्याण्डीङ अवेसन दिएका थिए । निक्कै उत्कृष्ट पर्फमेन्स दिएका आयुषको आमा पनि खुसीले रोएकी थिइन ।

 

 

मेगा अडिसनबाट नै उत्कृष्ट प्रस्तुति दिएका उनले उपाधि उचाल्न सफल हुने कार्यक्रम प्रस्तोताले समेत चार जना सुपर स्टार भन्दै उनलाई बोलाएका थिए । यस अघि डान्सिङ्ग रियालिटी सो मा नेपाली चेली तेरीया मगरले उपाधि जितेकी थिईन् । अव गायन रियालिटी सोमा उनिहरुले उपाधि जितेर नेपालको शिर उच्च बनाउने अपेक्षा राखिएको छ । भारतभरका २० हजारभन्दा बढी बाल प्रतिभाहरूलाई उछिन्दै उनी यस चरणमा पुगेका हुन् ।

गित गाइसकेपछी आयुषको आमाले पनि नेपाली मै बोलेर आफ्नो कुरा राखेकी थिइन । उनले छोरा विगत केहि दिन देखि बिरामी भएपनि मैले गाउनु पर्छ भन्दै हौसला दिएको बताईन । यो प्ल्याटफर्मको लागि सबैलाई धन्यवाद पनि दिएकी थिइन । सिन्धुपाल्चोक घर भई हाल भक्तपुरको मोर्डन बोर्डिङ्ग स्कुलमा अध्ययनरत छन आयुष ।

आयुषको पर्फमेन्स हेर्नुहोस :