काठमाडाैँ – निर्देशक झरना थापा र नायिका सुहाना थापा अहिले चलचित्र ‘ए मेरो हजुर ४’को प्रदर्शनका लागि यूरोप पुगेका छन् । डेनमार्कमा चलचित्रको शो आयोजना गरिएको छ, जहाँ दर्शकको बाक्लो उपस्थिती रहेको निर्देशक थापाले जानकारी दिइन् ।

डेनमार्कमा आयोजित चलचित्रको शोमा नायिका सुहाना थापा पनि उपस्थित थिइन् । डेनमार्कमा रहेका नेपालीमाझ सुहानाको क्रेज राम्रो देखियो । यूरोप, हङकङपछि झरना र सुहाना अमेरिका पुग्नेछिन् । चलचित्रको प्रदर्शन सम्पन्न भएपछि सुहाना अमेरिकामा नै बस्नेछिन् । झरना अहिले नयाँ चलचित्र कुन बनाउने भन्ने दोधारमा छिन् ।

 

‘ए मेरो हजुर ४’ र ‘भागवत गीता’मध्ये एउटा बनाउने तयारी उनको छ । सुहानाको मन भने ‘भागवत गीता’मा बढी छ । झरनाले चलचित्रको विशेष शो सकेर नेपाल फर्किएपछि चलचित्रको निर्माण घोषणा गर्ने बताएकी छिन् ।

धेरै स्टार किडहरु त्यसै हाईलाईटमा हुने गर्दछन् । उदाहरणमा नायिका सुहाना थापा पनि हुन् । उनी निर्देशक तथा नायिका झरणा थापा र निर्माता सुनिलकुमार थापाकी छोरी हुन् । उनलाई फिल्म नखेल्दा पनि धेरैले चिन्ने गर्दथे । तर जब उनले होम प्रोडक्सनबाटै चलचित्र ए मेरो हजुर ३ मार्फत डेब्यू नायिका भएर काम गरिन् त्यस पश्चात उनको उचाई एकै पटक ह्वात्तै बढेको छ ।

चलचित्र ‘ए मेरो हजुर ३’ को प्रदर्शनका लागि निर्देशक झरना थापा र नायिका सुहाना थापा यतिबेला युरोपमा छन् । अहिले ‘ए मेरो हजुर ३’ को शो युरोपमा चलिरहेको छ । यूरोपमा सुहानाले निकै रोमान्स गरिरहेको तस्वीरहरुबाट प्रष्ट पार्न सकिन्छ । उनी त्यँहा निकै बोल्ड अवतारमा प्रस्तुत भउकी छिन् । फिल्ममा नायक अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका छ ।

१५ तस्वीरहरु हेर्नुहोस !