साढे ३३ किलो सुनकाण्डमा सम्लग्नलाई छाड्न आदेश दिने ५ न्यायाधीशहरु कारबाहीमा परेका छन । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायपालिका शुद्धिकरण अभियानलाई तीब्रता दिनका लागि यस्तो निर्णय लिएका हुन । उनले गलत नियतले न्याय सम्पादन गर्ने पाँचजना न्यायाधीशलाई एकैपटक कारवाही गरेका छन् ।

उनिहरु प्रहरीले पक्राउ गरी मुद्दा चलाएका अभियुक्तहरुलाई धरौटी र साधारण तारेखमा छाड्न आदेश दिएका कारण कारबाहीमा परेका हुन । कारबाही पर्नेमा विराटनगर उच्च अदालतका पाँचजना न्यायाधीशहरु रहेका छन । पाचै जनालाई न्यायपरिषद सचिवालयमा तानिएको छ । प्रधान न्यायाधीश राणाले गठन गरेको संयन्त्रले न्यायिक निगरानीका क्रममा गडबडी भेटिएपछि उनीहरु सामुहिक रुपमा तानिएको स्रोतले जनाएको छ ।