मुन्द्रेको कमेडी क्लवको नयाँ भाग, फुलन्देकी आमाले नचाईन राजेशलाई ! [भिडियो]

काठमाडौं- यो हप्ताको मुन्द्रेको कमेडी क्लबमा निकै रमाईलो भयो । राजेश पायल राईको उपस्थिति रहेको यस भागमा फुलन्देकी आमाले निकै हसाईन । फुलन्दीकी आमा पात्र दर्शकले सबैभन्दा बढी रुचाईएकी पात्र हुन् । दर्शकहरु उनको रोल हेर्न निकै आतुर हुन्छन् । कतिपयले उनको समय नै कम भएको भन्ने गरेका छन् । जे होस् कम समय मानै दर्शकको मन जित्न सफल मुन्द्रेको कमेडी क्लवले भरपुर मनोरञ्जन दिदै आएको छ ।

 

 

नेपाल टेलिभिजनमा जितु नेपालले सञ्चालन गर्ने “मुन्द्रेको कमेडी क्लब” हरेक सोमबार राति ९ बजे प्रसारण हुन्छ । नेपाल टेलिभिजनबाट प्रसारण हुने हास्य टेलिचलचित्र ‘जिरे खुर्सानी’ बन्द भएपछि चलचित्रमा जमेका उनी ‘मुन्द्रेको कमेडी क्लब’ शोमार्फत सानो पर्दामा फर्किएका छन्।

दीपाश्री निरौला सभापति रहेको कार्यक्रममा नेपालका चर्चित हास्य कलाकारहरूको पनि सहभागिता रहेको छ । कार्यक्रममा जितु र दीपासँगै राजाराम पौडेल, राजेन्द्र नेपाली, उमेश राईलगायतका हास्य कलाकारहरूको अभिनय देख्न सकिन्छ।