कस्तो अचम्म ! छोरा जोगाउन ४ बर्षदेखी हातखुट्टा बाधेर भैसीको गोठमा, त्यहि खाने त्यहि मुत्ने [भिडियो]

पाल्पाको निस्ते गाउपालिका १ डमरा का हिमाल बंशी ठकुरी उनलाई पशु जस्तै बाधेर गोठमा राखिएको छ । केही समय भारत बसेर आयका उनी उछृन्खल ब्याबहार देखाउने, घर, गोठ जलाउने, गाउलेलाई लखेट्ने गर्न थालेपछी उनलाई बाधेर राखिएको उनका बुबाले बताउछन । हुनत मानवलाई यसरी बानेर राख्नै पाईदैन तर उनका बुबा छोराको माया लाग्छ त्यसैले ज्यान जोगाउन यस्तो गरेको बताउछन । उनले धामी झाक्री, हस्पीटल तिर पनि लगेको तर उपचार नभएको बताउछन ।

अचम्मको कुरा त यो छ कि उनलाई गोठमा राखिएको छ । उनी त्याही खान्छन त्यही दिशा पिसाब गर्छन । उनको वरिपरि कोहि रहदैनन । नजिकै एउटा भैंसी छ, अनि बाख्राहरु, केही पर गोरु छन । तर उनी एक्लो छन । भारतबाट आउदानै अलिअली समस्या देखापरिसकेको थियो । पछि झनै बढी हुँदै गयो । भिडियो हेर्नुहोस ।