काठमाडौं : पछिल्लो समय चलचित्र सुनकेसरीमार्फत चर्चामा रहेकी नायिका ऋचा शर्मा छातीमा समस्या आएपछि बिहीबार थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी छन्।

उनलाई इमरजेन्सीमा राखेर उपचार गरिएको पारिवारिक सो्रतले जनाएको छ।

उनलाई प्रेसर र रुघाखोकीलगायतका समस्या रहेको उपचारमा सम्लग्न चिकित्सको भनाई उद्धृत गर्दै अस्पतालका महाप्रबन्धक आरपी मैनाली जानकारी दिए।

ऋचाले सामाजिक सञ्जालमार्फत् आफ्नो अवस्था सामान्य रहेको र चासो राख्ने सबैजनालाई धन्यवाद दिएकी छन्। सामान्य छातीको दुखेको र सबै रिपोर्ट सामान्य रहेको उनले बताइन्।  

अन्नपूर्ण पोस्ट