धादिङ -नेपालमा पछिल्लो समय हत्या, हिंसाका घटना दिनानुदिन बढेको छ अझै महिला हिंसा झनै बिकराल देखिन्छ । यस्तै सुन्दा अचम्म लाग्ने घटना धादिङमा घटेको छ ।  निलकण्ठ नगरपालिका- १४ धुवाँकोट अम्वोटेमा बुवाले खुर्पा प्रहार गरेर आफ्नै छोरीलाई गम्भीर घाइते बनाएका छन्। खुर्पा प्रहार गर्ने ब्यक्ती बलराम वस्ती हुन । उनले छोरी सुनिता ओस्तीलाई खुर्पा प्रहार गरेर घाइते बनाएका हुन । छोरी सुनिताको निधारमा गहिरो चोट लागेको छ ।  अहिले उनको उपचार भइरहेको आफन्त बासुदेव भट्टले जानकारी दिए।

 

 

घटनाका प्रत्यक्षदर्शीका अनुसार सामान्य वादविवाद भएपछि बलराम वस्तीले छोरीलाई खुपार्ले हानेको थिए। सुनिताको जिल्ला अस्पताल धादिङवेशीमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको छ।

घाइते सुनिता र उनकी आमा हेटौडामा बस्थे।उनी त्यही रोजगारी गर्थिन्।उनी नागरिकता बनाउन घर आएको समयमा वादविवाद हुँदा खुर्पा प्रहार भएको बुझिएको छ। नागरिकता बनाउन बुबा बलराम वस्तीले नै बोलाएपछि हेटौडामै रहेका आमाछोरी सोमबार मात्रै धुवाँकोट घर आएका थिए। बलरामलाई नियन्त्रणमा लिएर अनुसन्धानन सुरु गरिएको धादिङका प्रहरी प्रमुख राजकुमार बैदवारले जानकारी दिए । अन्नपूर्ण पोस्टका लागि मनिष दुवाडी ।